
धनकुटा । गृह मन्त्रालयले बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ ।
मन्त्रिस्तरीय निर्णय अनुसार धनकुटा, पाँचथर, उदयपुर, कास्की, धनुषा, मकवानपुर, अछाम, सिन्धुली, नवलपरासी पश्चिम, बारा लगायत जिल्लाका सिडिओको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
धनकुटाका सिडिओ डा.कृष्णबहादुर घिमिरे सरुवा भएर सहायक सिडियोको रुपमा सुनसरी जाँने भएका छन् । यता, गृह मन्त्रालयका सह–सचिव केशव प्रसाद बिमली धनकुटाको सिडिओ भएर आउँने भएका छन् । अछाममा सिडिओ रहेका भोजराज श्रेष्ठ धनकुटाको सहायक सिडिओ भएर आउँदैछन् ।
उदयपुरका कामु सिडिओ ध्रुबबहादुर खड्का मोरङको सहायक सिडियोको रुपमा सरुवा भएका छन् भने मोरङका सहायक सिडिओ अनुज भण्डारी सहायक सिडिओको रुपमा सिराहा गएका छन् ।
पाँचथरका सिडिओ मुरारी वस्ती राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयका सह–सचिव अर्जुनकुमार शर्मा पाँचथरको सिडिओको रुपमा सरुवा भएका छन् ।
हेर्नुहोस् नामावली…
















