चितवनमा कारागारबाटै थुनुवा फरार

चितवनमा कारागारबाटै थुनुवा फरार

चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबरजस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
देशभरका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाईदै

देशभरका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाईदै

काठमाडौं । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो । गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशैंका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले बताए । यसअघि कोरोना भाइरसका कारणल...
छ वर्षीया बालिका हत्या प्रकरण : सहमतिपछि महोत्तरीको अवस्था सामान्य हुँदै

छ वर्षीया बालिका हत्या प्रकरण : सहमतिपछि महोत्तरीको अवस्था सामान्य हुँदै

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको महोत्तरीमा सम्बद्ध पक्षबीच चारबुँदे सहमति भएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको हो । बुधबार साँझ बर्दिबासमा नागरिकस्तरमा गठित वार्ता समिति र प्रमुख जिल्...
बैँकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने पक्राउ

बैँकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई आज पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बैँकमा कार्यरत चौकीदारलाई खुकुरी प्रहार गरी फरार भएका भनिएका काठमाडौँ थापा गाउँका शशि थापालाई आज अपराह्न बानेश्वरबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रमेश विष्टल...
वीरगञ्जमा पेस्तोलसहित शिक्षक पक्राउ

वीरगञ्जमा पेस्तोलसहित शिक्षक पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिकाबाट गएराति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ। ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लु...
अनियमितताको समाचार सार्वजनिक भएपछि नगरपालिकामा अख्तियारको छापा

अनियमितताको समाचार सार्वजनिक भएपछि नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो । अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको छ । नगरपालिकाले कात्तिक २६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा दुई करोड २१ लाख ३४ हजार खर्च भएको वि...
लैङ्गिक हिंसाविरुद्ध देशका १० स्थानमा असल अभ्यास कार्यक्रम

लैङ्गिक हिंसाविरुद्ध देशका १० स्थानमा असल अभ्यास कार्यक्रम

काठमाडौं । ‘लैङ्गिक हिंसाका मुद्दामा मौनताको संस्कृतिलाई तोडौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्ध देशका १० स्थानमा असल अभ्यास कार्यक्रम शुरु भएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र हामी सबैको ऐक्यबद्धता’ नाराका साथ नोभेम्बरभर मन्त्रालयको नेतृत्वमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । गत चैतमा नेपालमा कोरोना महामारी शुरु भएपछि ७० प्रतिशत महिलाले रोजगारी गु...
अझै रोकिएन बालश्रम

अझै रोकिएन बालश्रम

काठमाडौं । बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ । बालश्रमप्रति अझै पनि समाजमा चेतना नपुगेको तथा बालश्रमलाई सामाजिक रूपमा स्वीकार गरिएको, बालबालिकाका लागि सहयोगको कार्यक्रमको अभावलगायतका कारणले कतिपय क्षेत्रमा बालश्रम व्याप्त रहेको देखिएको छ । दशकौँदेखि नेपालमा बालश्रमविरुद्ध चेतना, जागरण र सहयोगका कार्यक्रम सरकारी र विकासका साझेदार संस्...
कुर्सीबाट लड्दा पूर्वगाविस अध्यक्षको मृत्यु

कुर्सीबाट लड्दा पूर्वगाविस अध्यक्षको मृत्यु

दाङ । दाङमा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो । कुर्सीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृत्...
उदाउदो सूर्यलाई अघ्र्य दिएपछि सकियो छठ पर्व

उदाउदो सूर्यलाई अघ्र्य दिएपछि सकियो छठ पर्व

धनुषा । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतब...
भारतमा नेपालीलाई नशालु पदार्थ खुवाएर लुटपाट

भारतमा नेपालीलाई नशालु पदार्थ खुवाएर लुटपाट

कञ्चनपुर । नशालु पदार्थ खुवाई भारतको उत्तराखण्डको ऋषिकेशमा एक नेपालीलाई लुटिएको छ । सुर्खेत घर भएका ४१ वर्षीय तीर्थबहादुर सारु मगरलाई चिसो पेय पदार्थमा नशालु वस्तु खुवाई अपरिचित व्यक्तिले भारतीय रुपियाँ ८५ हजार लुटेर लगेका हुन् । भारतको रुदप्रयागमा दुई महिनाअघि मजदूरी गर्न गएका मगरलाई घर फर्कने क्रममा ऋषिकेशमा पुगेका बेला लुटिएपछि आज नेपालीको सहयोगमा गड्डाचौकी ल्याइएको छ । सशस्त्र प्रहरीले बेखर...
मुक्तिनाथ बैंकले पायो युरोपियन माइक्रोफाइनान्स अवार्ड

मुक्तिनाथ बैंकले पायो युरोपियन माइक्रोफाइनान्स अवार्ड

धनकुटा । मुक्तिनाथ विकास बैंकले युरोपियन माइक्रोफाइनान्स अवार्ड पाएको छ । साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गर्दै आएको बचत सेवा र त्यसले पारेको सकारात्मक परिवर्तनलाई मूल्यांकन गरेर अवार्ड प्रदान गरिएको हो । लक्जमवर्गमा बिहिबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले गरेको अध्ययनका आधारमा मुक्तिनाथ बैंक बिजयी बनेर पुरस्कृत भएको हो...
कोरोनाका कारण बन्द भएका विद्यालय स्थानीय सरकारले नै खोल्न सक्ने

कोरोनाका कारण बन्द भएका विद्यालय स्थानीय सरकारले नै खोल्न सक्ने

काठमाडौं । कोभिड– १९ का कारण बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ मा कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति...
तिहारको मूख्य दिन आज भाईटीका, ११:३७ बजे उत्तम साईत

तिहारको मूख्य दिन आज भाईटीका, ११:३७ बजे उत्तम साईत

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजु...
कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाईदै

कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाईदै

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अन्तर्गत आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाईदैछ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्ने गरेको भएपनि यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । आज बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने चलन ...
आज काग तिहार, कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदै

आज काग तिहार, कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदै

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदू...
बैतडीमा बस पल्टिँदा नौ जनाको मृत्यु, ३४ घाइते

बैतडीमा बस पल्टिँदा नौ जनाको मृत्यु, ३४ घाइते

बैतडी । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गएराती बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना.५ ख.५१४१ नम्बरको बस राति करिब साढे १० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी सात पुरुष र दुई महिलाको मृत्यु भएपनि उनीहरुको शनाखत हुँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी र स्थानीयवासीले घाइतेहरुलाई उद्धार गरेर ...
दुःखीलाई दुःखीले नै दिएको ‘१५५ रुपैयाँ’

दुःखीलाई दुःखीले नै दिएको ‘१५५ रुपैयाँ’

काठमाडौं । सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिइन् । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी अर्की महिला सहयोगको हात फैलाउँदै थिइन् । “मेरी छोरी बिरामी छिन्, उपचार गर्न केही सहयोग गर्नुहोस् न”, भीडमा उनले अनुग्रहसहित बोलिन् । भीडमा हुनेखाने देखिएका धेरैले उनको अनुग्रह अस्वीकार गरे झैँ मुन्टो बटारे । कतिपयले कति आउँछन् यस्ता मग...
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

विराटनगर । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण गर्दा २ लाख २ हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन् भने ३८ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बुधबार २ हजार ५६९ जना संक्रमित थपिएका छन् भने १ हजार ६६६ जना निको भएका छन् । हालसम्म ...
जागिर छाडेर दूग्ध व्यवसायमा, वार्षिक ३० लाख आम्दानी

जागिर छाडेर दूग्ध व्यवसायमा, वार्षिक ३० लाख आम्दानी

सल्यान । प्राविधिक जागिर छोडेर दूग्ध व्यवसाय सञ्चालन गरेका एक व्यावसायीले वार्षिक ३० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । वागचौर नगरपालिका–७ का प्रेमबहादुर डिसीले व्यवसाबाट स्वरोजगार हुँदै १५ जना स्थानीयलाई  रोजगारीसमेत दिएका छन् । दैनिक ४० लिटरबाट दूध संकलन गरेका व्यवसायी डिसीले अहिले दैनिक तीन हजार लिटरभन्दा बढी दूध संकलन गर्दै आएका छन् । अहिले उनको जीवन डेरी उद्योगकोबाट पहिलोपटक जिल्ला...
सरकारले सच्यायो निर्णय: सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क

सरकारले सच्यायो निर्णय: सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क

काठमाडौं । सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । सरकारले यसअघि केही निश्चत बर्ग बाहेक अन्यले आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो । संकटका बेला सरकार पछि हटेको भन्दै नागरिकस्तरबाट बिरोध भईरहेका बेला सरकारले सो नि...
यस वर्षको तिहारमा विदेशी फूल नआउने

यस वर्षको तिहारमा विदेशी फूल नआउने

काठमाडौं । यस वर्षको तिहारमा स्वदेशमै उत्पादित सयपत्री फूल प्रयोग हुने भएको छ । लामो समयदेखि भारतबाट आयातित सयपत्री फूलबाट तिहार मनाइँदै आएकामा यस वर्ष स्वदेशमै उत्पादित सयपत्रीले पुग्ने भएको छ । तिहारका लागि बर्सेनि सयपत्री खरिद गर्न लाखाै‌ रुपैयाँ बाहिरिने गरेको थियो । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले पछिल्लो समय सयपत्रीको व्यवसाय बढेकाले स्वदेशमै उत्पादित पू...
जति मूल्य हाले पनि पाइँदैन चामल

जति मूल्य हाले पनि पाइँदैन चामल

डोल्पा । अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुई महिना बिते पनि अझै पुगेको छैन । छार्काताङसोङ गाउँपालिकामा दुई वर्षदेखि सरकारी अनुदानको चामल पुगेको छैन । शे–फोक्सुण्डो गाउँपालिकामा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल नपठाएको १८ महिना बितेको छ । कम्पनीले नियमित चामल नपठाएपछि स्थानीय बासिन्दा महङ्गो मूल...
कोरोनाबाट पूर्वसभामुख महरा पत्नीको निधन

कोरोनाबाट पूर्वसभामुख महरा पत्नीको निधन

काठमाडौं । कोरोना संक्रमण पुष्टि भएर उपचाररत पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको बुधबार निधन भएको छ । कोरोना संक्रमण र निमोनिया भएकी ५९ बर्षीया सीताको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान करिब साँढे ६ बजे निधन भएको परिवार स्रोतले जनाएको छ । उनी १५ दिनदेखि भेन्टिलेटरमा थिईन् । दाङमा भएका बेला श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको...
तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल

तत्काल नआउने भयो बंगलादेशबाट रासायनिक मल

काठमाडौं । धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ । गत भदौ दोस्रो साता दुई देशका राष्ट्रप्रमुखबीच भएको टेलिफोन कुराकानीमा मौखिक सहमति भए पनि अझै समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छैन् । मौखिक सहमति भएको दुई महिना बितिसक्दासमेत प्रक्रिया नटुगिङ्दा गहुँमा हाल्न मल अभाव हुने ...
बालिकालाई बन्धक बनाई बलात्कार गर्ने पक्राउ

बालिकालाई बन्धक बनाई बलात्कार गर्ने पक्राउ

धनुषा । जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गर्ने भारत विहार सीतामढी जिल्ला बथनाहा ग्राम  पञ्चायत भुतही–५ का  ५१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ ग...
रबि लामिछाने दम्पतीमा कोरोना संक्रमण

रबि लामिछाने दम्पतीमा कोरोना संक्रमण

काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको लामिछानेले जानकारी दिएका छन् । दुबै जनामा संक्रमण पुष्टि भएको लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकीता दुबैमा कोरोना पोजेटिभ देख...
आज विजयादशमी, १०ः१९ बजे टीकाको उत्तम साईत

आज विजयादशमी, १०ः१९ बजे टीकाको उत्तम साईत

काठमाडौं । दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले  देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ । टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको समि...
दशैंको ९ औं दिन : बलीसहित दुर्गा भवानीको पुजा गरेर महानवमी मनाईदै

दशैंको ९ औं दिन : बलीसहित दुर्गा भवानीको पुजा गरेर महानवमी मनाईदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देव...
केएमसीमा दशैं विदामा पनि धमाधम कोरोना परीक्षण

केएमसीमा दशैं विदामा पनि धमाधम कोरोना परीक्षण

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले दशैं विदामा पनि पीसीआर परीक्षण गर्ने भएको छ । धेरैजसो पीसीआर ल्याबहरु दशैंका कारण शुक्रबारबाट बन्द भएको भएपनि केएमसीले भने दशैंको विदामा पनि कोरोना परीक्षण जारी राखेको हो । कोरोनाको महामारीका बेला पीसीआर परीक्षण रोकिँदा सर्वसाधरणलाई समस्या हुँने भएकाले दशैं विदामा पनि २४ सैं घण्टा पीसीआर ल्याब खुल्ला गर्ने व्यवस्था मिलाईएको काठमाडौं मेड...
कोरोना संक्रमणमुक्त हुनेको दर ६९ प्रतिशत, मृतकको संख्या ८०० नाघ्यो

कोरोना संक्रमणमुक्त हुनेको दर ६९ प्रतिशत, मृतकको संख्या ८०० नाघ्यो

काठमाडौं । देशभर हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलव २ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ । देशभर बिहीबार ३ हजार ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं...
error: Content is protected !!