प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
काठमाडौं । संसद् विघटन गरेर तीव्र आलोचनाको पात्र बन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २० गते भारत भ्रमण गर्ने भएका छन् । चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उच्चस्रोतले जनाएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि ओली भारत भ्रमण गर्न लागेका हुन् ।
भ्रमणका लागि दुवै देशको कूटनीति र राजनीति संयन्त्रसमेत परिचालन भइसकेको बत...





























