विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुँने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्ने भएको हो ।
एसईई २०७७ को सो नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरमार्फत हेर्न सकिनेछ । नेपाल टेलिकममार्फत १६०० र एनसिएलबाट १६०० मा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ ।
परीक्षाफल www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट हेर्न सकिने बोर्डले जनाएको छ ।