काठमाडौं । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरी क्लिनिकबिच सम्झौता भएको छ । कुमारी बैंकका मार्केटिंग प्रमुख नवीनमुनि बज्राचार्य र क्लिनिकका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
मेडी क्वेस्ट ल्याबरोटोरीका विभिन्न स्वास्थ्य उपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने सम्झौता–पत्रमा उल्लेख छ ।
कुमारी बैंकले देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।