संगालोखबर सम्बाददाता

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण ६७ वर्षको उमेरमा उनको मृत्यु भएको हो ।

Advertisement

उनमा दुई हप्ता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । नेपाल एपिएफ अस्पतालमा उपचारका क्रममा बुधबार साँझ उनको मृत्यु भएको हो । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन संविधानसभा सदस्यसमेत हुन् ।  उनी मिडिया सोसाइटीका पूर्व अध्यक्ष, बैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष साथै विज्ञापन बोर्डका सदस्य पनि हुन् ।

उनका श्रीमती, एक छोरी र तीन छोरा छन् । आजै पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!