- संगालोखबर सम्वाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालमा आँखा सम्बन्धि सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आइ सेन्टर प्राइभेट लिमिटेडबीच आँखा सम्बन्धित उपचार सेवामा कुमारी बैंक लि.का ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

Advertisement

सम्झौता पत्र अनुसार दृष्टि दि भिजन आइ सेन्टरबाट प्रदान गरिने आँखा उपचार सम्बन्धि सेवा शुल्क कुमारी बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २० प्रतिशतसम्म र आँखा सम्बन्धि प्याकेज शल्यक्रिया सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकका मार्केटिङ्ग प्रमुख नवीनमुनि बज्राचार्य र दृष्टि दि भिजन आइ सेन्टरका निर्देशक डा. रोहित सैजुले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कुमारी बैंकले देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ । बैंकले आगामी दिन अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धतासमेत जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!