- एजेन्सी

काबुल । विद्रोही समूह तालिबानले अफगानिस्तान आफ्नो कब्जामा लिएको छ । तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका छन् ।

Advertisement

झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएका बेला साँझ तालिवानहरु राष्ट्रपति कार्यालय प्रवेश गरेका हुन् । यता, राष्ट्रपति असरफ घानी भने देश छोडेर भागेका छन् । राष्ट्रपति घानीले रक्तपात रोक्न आफू बाहिरिएको बताएका छन् । उनी अहिले कहाँ छन् भन्ने औपचारिक जानकारी दिइएको छैन ।

तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर खिचेका तस्वीरहरु सार्वजनिक भएका छन् । आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताएका थिए । तर, राष्ट्रपति असरफ देश छोडेर भागेपछि उनीहरू साँझ राष्ट्रपति कार्यालयमा छिरेका हुन् ।

राष्ट्रपति कार्यालयमा तालिबान लडाकु पसेसँगै अफगानिस्तानमा अमेरिकासमर्थित सरकारको अन्त्य भएको छ । अब तालिबानहरू सम्मिलित अन्तरिम सरकार बन्ने बताइएको छ । तर, यसको विस्तृत खाका आइसकेको छैन । यता, तालिबानका प्रवक्ताले अफगानिस्तानमा युद्ध समाप्त भएको बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!