संगालोखबर सम्वाददाता

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धन सम्बद्ध दलका नेताहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकता समावेश छन् । कोरोनाबाट उत्पन्न महाविपत्तिबाट मुक्ति, राष्ट्रियहितको सम्वर्द्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रमलाई समावेश गरिएको छ । त्यस्तै, सामाजिक रुपान्तरण, तत्कालिक राहत पुनःनिर्माण तथा पुनःस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलगायतलाई प्रतिवेदनमा प्राथमिकताका साथ समावेश गरिएको छ ।

कोरोना रोकथाम र नियन्त्रणका विषयलाई मुख्य रुपमा समेटिएको छ । सत्तारुढ गठबन्धन मजवुत बनाउँने बिषय पनि समावेश छ । आर्थिक क्षेत्रसँग सम्बन्धित विचारधीन सबै ऐन तीन महिनाभित्र पारित गर्ने उल्लेख गरिएको छ । त्यस्तै, सरकारी र निजी क्षेत्रको सहकार्यका आधारमा लगानीमैत्री वातावरणको निर्माण गर्ने, विकास सहायतालाई राष्ट्रिय क्षेत्रमा प्रवाह गर्ने र आवश्यक ऐन, नियमहरू संशोधन गर्ने पनि साझा न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!