संगालोखबर सम्वाददाता

काठमाडौं । पुर्नस्थापित प्रतिनिधि सभाको बैठक आज बस्दै छ । सर्वोच्च अदालतको आदेशबाट व्यूँतिएको प्रतिनिधि सभाको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्न लागेको हो ।

Advertisement

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । तर, सर्वोच्चको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गर्दै प्रतिनिधिसभा पुनस्थापना गरेको हो । बैठकमा नेकपा एमाले प्रतिपक्षमा बस्नेछ । दुई तिहाइ मत ल्याएर सत्तामा पुगेको एमालेको सरकार अदालतको आदेशले ढलेपछि एमाले प्रतिपक्षमा बस्न लागेको हो ।

ओली नेतृत्वको सरकारले ल्याएका केही विधेयकहरुलाई प्रतिनिधिसभाको बैठकमा प्रक्रियामा लगिने बताइएको छ । ओली सरकारले बजेटसँग सम्बन्धितसहित १६ वटा अध्यादेश जारी गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!