- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाल प्रहरी अब शान्ति मिसनमा जान नपाउँने भएको छ । द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघमार्फत् लैजाने गरिएको शान्ति मिसनमा नेपाल प्रहरी जान नपाउँने भएको हो । विगत २८ वर्षदेखि खटिँदै आएको नेपाल प्रहरीको मिसन खोसिएको हो ।

Advertisement

हाइटी, सुडानलगायत द्वन्द्वग्रस्त मुलुकहरुमा स्थानीय तहको शान्ति, सुरक्षा र कानुन कार्यान्वयन सिकाउन नेपाल प्रहरी परिचालन गरिदै आएको थियो । सुडानको डार्फरमा अन्तिमपटक भन्दै खटिएको मिसन राष्ट्रसंघले स्थगित गरेर फिर्ता गरेको छ । मिसनविहीन भएपछि नेपाल प्रहरीका करिब ८० कर्मचारी नेपाल फर्कदैछन् ।

यता, नेपाली सेनाको भने मिसन कायम छ । यसै वर्ष नेपाली सेना शान्ति मिसनमा योगदान गर्ने विश्वकै दोस्रो स्थानमा परेको छ । सन् १९५८ यता करिब ६० बर्षको अवधिमा एक लाख ३५ हजार नेपाली सैनिक विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति मिसनमा गएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!