पहिरोले घर पुर्दा चार जना बेपत्ता
रसुवा । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोलडाँडामा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा गए राति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन् ।
श्यामबहादुर भने घाइते अवस्थामा भेटिएकाले उनलाई उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ । सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर द...






























