- संगालोखबर सम्वाददाता

जनकपुरधाम । प्रदेश नं.२ को नाम मधेश र राजधानी जनकपुर तोकिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकको दुई तिहाई बहुमतले नाम र राजधानी टुंगो लगाएको हो ।

Advertisement

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा), माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । ९९ जना सांसद सहभागि भएको मतदानमा ८० जनाले मधेश नामको पक्षमा मतदान गरेका हुन् ।

कांग्रेसले ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए । बहुमतबाट मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्कृय भएको सभामुख सरोज कुमार यादवले बताए ।

यता, प्रदेशसभा बैठकले स्थायी राजधानी जनकपुर टुंगो लगाएको छ । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मतदान गरेका हुन् । स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!