संगालोखबर सम्वाददाता


काठमाडौं । काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थी, उनीहरुका अभिभावक र कलेज प्रशासनबीच सहमति जुटेको हो ।

अभिभावक, विद्यार्थी र कलेज प्रशासनबीच सहमति जुटेपछि विद्यार्थी भर्ना प्रकृया सुरु भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार कलेजका प्रमुख सल्लाहकार डा.केपी शर्मा र आन्दोलनरत पक्षबीच भएको छलफलमा सहमति जुटेको हो ।

Advertisement

सहमति अनुसार कलेजले होस्टेल शुल्क ५ सय घटाउँने भएको छ । यसअघि मासिक १२ हजार ५ सय लिइदै आएको होस्टेल शुल्क अब १२ हजार कायम गर्ने सहमति भएको जेनेरल मेनेजर दाहालले जानकारी दिए ।

यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टलमै विद्यार्थी बसाउँन तयार भएको छ । त्यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्न अभिभावकहरु तयार भएर विद्यार्थी भर्ना धमाधम हुँन थालेको जेनेरल मेनेजर दाहालले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!