चीनबाट १८ हजार अक्सिजन सिलिण्डर आउँदै

चीनबाट १८ हजार अक्सिजन सिलिण्डर आउँदै

विराटनगर । चीनले नेपाललाई १८ हजार अक्सिजन सिलिण्डर सहयोग स्वरुप प्रदान गरेको छ । नेपाल सरकारको पहलमा चीन सरकारले अक्सिजन सिलिण्डर प्रदान गरेको हो । सहयोग स्वरुप प्राप्त भएका सिलिण्डर नेपाल ल्याइदैछ । चीनले पठाएको सिलिण्डर आइतवार तातोपानी नाका आइपुगेको उपप्रधानमन्त्री इश्वर पोख्रेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जनाएका छन् । उनका अनुसार केही दिन भित्रै अक्सिजन सिलिण्डर काठमाडौं ल्याउँने तयारी भ...
नेपालमा कोरोनाबाट एकैदिन २२५ जनाको मृत्यु

नेपालमा कोरोनाबाट एकैदिन २२५ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट आज एकैदिन २२५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुँनेको संख्या ४ हजार ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ को पीसीआर परीक्षण गर्दा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । यता, पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएको मन्त्...
शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा अक्सिजन उत्पादन शुरु

शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा अक्सिजन उत्पादन शुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो । उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने छ । यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँ...
निषेधाज्ञामा यस्तो देखियो काठमाडौं

निषेधाज्ञामा यस्तो देखियो काठमाडौं

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेपछि त्यसलाई रोकथामका लागि बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । तस्वीर: वावु राई
भूकम्पले ढालेको धरहरा ठडियो, प्रधानमन्त्रीले गरे उद्घाटन

भूकम्पले ढालेको धरहरा ठडियो, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । २०७२ सालको विनासकारी भूकम्पले भत्काएको काठमाडौंको सुन्धारास्थित धरहरा पुननिर्माणपछि शनिवार उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा परिषरमा आयोजित एक कार्यक्रमकाबीच २२ तले धरहरा उद्घाटन गरेका हुन् । ०७२ वैशाख १२ गतेको भूकम्पले ९ तले धरहरा भत्किएको थियो । सोही धरहराको स्वरुपमा अहिले तीन अर्ब ४८ करोड खर्चिएर २२ तले धरहरा बनाइएको हो । धरहरामा चढ्नका लागि दुई वटा लिफ्ट पनि...
गृहमन्त्री थापाको सांसद पद गुम्यो, गृहमन्त्रीबाट पनि पदमुक्त

गृहमन्त्री थापाको सांसद पद गुम्यो, गृहमन्त्रीबाट पनि पदमुक्त

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) को राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गरेर थापाको पद खारेज भएको जनाएको छ । राष्ट्रियसभा सदस्य पद गुमेसँगै उनी मन्त्री पदबाट पनि स्वत पदमुक्त बनेका हुन् । पूर्व माओवादी नेता थापा एमाले प्रवेश गरेका थिए । सर्वोच्च अदालतले नेकपाको एकता बदर गरेर पूर्व एमाले र माओवादी केन्द्र ब्यूँताउने निर्णय गरेपछि थापा माओवादी के...
धरान आउँदै गरेको बस कोहलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु, ३७ घाइते

धरान आउँदै गरेको बस कोहलपुरमा दुर्घटना, पाँच जनाको मृत्यु, ३७ घाइते

विराटनगर । सुर्खेतबाट धरान आउँदै गरेको यात्रुबाहक बस शुक्रबार साँझ बाँकेको कोहलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ३७ जना घाइते भएका छन् । कोहलपुर नगरपालिका–१२ रोहिणी खोला आर्मि ब्यारेक नजिक साँझ करिब ७ बजे मे १ ख ३३४७ नम्बरको बस र विपरित दिसावाट जाँदै गरेको ना.अ.क–४१ नम्बरको टिपर जुधेका हुन् । दुर्घटनामा परी एक जनाको घटनास्थलमै र चार जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलप...
सप्तरीमा हात्तीले आक्रमण गर्दा किसानको मृत्यु

सप्तरीमा हात्तीले आक्रमण गर्दा किसानको मृत्यु

सप्तरी । हात्तीको आक्रमणबाट आज सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए । हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि अहिले घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय क...
प्रतिकूल समयमा पनि धेरै काम गरेका छौं : प्रधानमन्त्री ओली

प्रतिकूल समयमा पनि धेरै काम गरेका छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा प्रतिकूल समयका बावजुद पनि सरकारले असाधारण काम गरेको दावी गरेका छन् । नयाँ वर्ष २०७८ साल सुरुवातको अवसरमा आज विहान देशवासीलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् । काम भइरहदा पनि केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको उनले बताए । तरपनि सरकारले जनतामा आशा जगाउने काम गरेको उनको भनाई छ । प्रतिदिन पाँच किलोमिटर भन्दा बढी बा...
चितवनमा ट्याक्टर दुर्घटना: पाँच जनाको मृत्यु, १९ घाइते

चितवनमा ट्याक्टर दुर्घटना: पाँच जनाको मृत्यु, १९ घाइते

चितवन । राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्रयाक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्रयाक्टर आज साँझ ७ः३० बजे पुलबाट झण्डै २०० मिटर तल खसेको हो । घाइतेको उद्धार गरी अस्पताल ...
काठमाडौंमा घेडे जात्रा मनाइदै

काठमाडौंमा घेडे जात्रा मनाइदै

काठमाडौं । आज घोडे जात्रा । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्रा काठमाडौं उपत्यकामा धुमधामपूर्वक मनाइदैछ । जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतको उपस्थितीमा हुँने कार्यक्रममा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्नेछन् । सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायत प्रदर्शन गर्ने कार्यक...
लहानमा गोली हानेर सुन चाँदी व्यवसायीको हत्या

लहानमा गोली हानेर सुन चाँदी व्यवसायीको हत्या

सिरहा । सिरहाको लहान नगरपालिका–२३ गढीया चौकमा गएराती सुनचाँदी व्यवसायीको हत्या भएको छ । हतियारधारी समूहले गोली हानेर सुनचाँदी पसल गर्दै आएका स्थानीय ४० वर्षीय प्रदीप विश्वकर्माको हत्या गरेको हो । प्रदीपकी श्रीमती अमितामाथि पनि धारिलो हतियार प्रहार भएको छ । आक्रमणमा संलग्न समूहको पहिचान खुलेको छैन । डकैती गर्न मध्यराती भर्याङ हालेर घरभित्र प्रवेश गरेको समूहलाई रोक्न खोज्दा उनीहरुमाथि आक्रमण भएको...
कुमारी बैंकले देशभर विभिन्न कार्यक्रम गरेर मनायाे बार्षिकाेत्सव

कुमारी बैंकले देशभर विभिन्न कार्यक्रम गरेर मनायाे बार्षिकाेत्सव

काठमाडाैं । कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु गरेर मनाएको छ । बार्षिकाेत्सवकाे अवसरमा काठमाडौंको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको शुभारम्भ बैंकका संचालक समिति अध्यक्ष अमीर प्रताप राणाले गरे । पशुपति क्षेत्र विकास कोष, काठमाडौ महानगरपालिका, वडा नं. ८ कार्यालयको सहकार्यमा आयोजित कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य ...
दुई करोडको लगानीमा ड्रागन खेती

दुई करोडको लगानीमा ड्रागन खेती

कञ्चनपुर । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ ।  पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो । “प्रतिबिघा प्रतिवर्ष रु ३५ हजार तिर्ने सम्झौता गरी १० वर्षका लागि जग्गा भाडामा लिएर ड्रागन खेती गर...
नेपाल फर्कने तयारी गर्दै थिए, कोरियामै अस्ताए गगन

नेपाल फर्कने तयारी गर्दै थिए, कोरियामै अस्ताए गगन

काठमाडौं । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको गत सोमबार मृत्यु भयो। दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए। एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए। राति कोरियाली समयअन...
पत्रकार महासंघको अध्यक्षमा तीन जनाको उम्मेदवारी

पत्रकार महासंघको अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सि...
होलीमा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध

होलीमा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध

काठमाडौं । कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन र स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न पनि प्रहरीले विशेष अनुरोध गरेको छ । प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिँदै स्वास्थ्य मापदण्ड पालना गरा...
दाङमा गोली लागेर एक जनाको मृत्यु

दाङमा गोली लागेर एक जनाको मृत्यु

दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए । घटनास्थल पुग्न तीन–चार घण्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्कसमेत राम्रोसँ...
नक्कली नोट र नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ

नक्कली नोट र नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशबहादुर बस्नेतले नक्कली नोट बोकेका व्यक्ति कलङ्की तरकारी बजारमा तरकारी किन...
महोत्तरीमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटियो दम्पतीको शव

महोत्तरीमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटियो दम्पतीको शव

  महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका–५ का एक दम्पतीको शव खाल्डो खनेर जमिनमा गाडिएको अवस्थामा फेला परेको छ । पिपरास्थित सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवीको शव पिपरा–२ स्थित बाटो छेउमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनीहरु गत फागुन १० गते रातिदेखि बेपत्ता थिए । प्रहरीले खाल्डोबाट खनेर उनीहरुको शव निकालिएको छ । छोरा बुहारीले गीतादेवीले लगाएको कपडा, पोते र चुरा ...
केएमसीमा पूर्वउपराष्ट्रपति परमानन्द झाको शल्यक्रिया

केएमसीमा पूर्वउपराष्ट्रपति परमानन्द झाको शल्यक्रिया

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पूर्वउपराष्ट्रपति परमानन्द झाको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ । बुधबार ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पूर्वउपराष्ट्रपति झाको पित्तथैलीको पथरीया निकालिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ । पथरीयाको समस्याले सताएपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गराउँन पूर्वउपराष्ट्रपति झा मंगलबार केएमसी भर्ना भएका थिए । केएमसीका बरिष्ठ...
अछाममा चार्ज गर्दै चलाउँदा मोवाइल पड्किएर एक जनाको मृत्यु

अछाममा चार्ज गर्दै चलाउँदा मोवाइल पड्किएर एक जनाको मृत्यु

डोटी । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो । मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथक...
काठमाडौं-तराई जोड्ने द्रुतमार्गको बार्षिक भौतिक प्रगति १८ प्रतिशत

काठमाडौं-तराई जोड्ने द्रुतमार्गको बार्षिक भौतिक प्रगति १८ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा काठमाडौँ–तराई द्रुतमार्ग (फास्टट्र्याक) को भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलव ९५ प्रतिशत सम्पन्न भएको छ । यही अवधिमा वित्तीय प्रगति १९ दशमलव १२ रहेको छ । विसं २०८० को असारसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको चौमासिक लक्ष्यअनुसार भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६४ दशमलव नौ प्रतिशत रहेको छ । गत आवसम्ममा समष्टिगत भौतिक प्रगति १...
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्...
खुशी हुने मूलुकको सूचिमा नेपाल ८७ औं स्थानमा, दक्षिण एसियामा नेपाल पहिलो

खुशी हुने मूलुकको सूचिमा नेपाल ८७ औं स्थानमा, दक्षिण एसियामा नेपाल पहिलो

काठमाडौं । कोरोनाको त्रासको महामारी, आर्थिक संकट र राजनीतिक अस्थिरताको बीच पनि नेपाल खुसी हुने मुलुकको ८७औं स्थानमा रहेको छ । छिमेकी मुलुक भारतभन्दा नेपाली बढी खुसी हुने मुलुकको रूपमा देखिएको छ । नेपाल दक्षिण एसियामा नै सबैभन्दा बढी खुसी हुने देशको रूपमा स्थापित हुन सफल भएको छ । कोरोनाको विश्वव्यापी असरले अर्थतन्त्र नराम्रो गरी प्रभावित बन्यो । धेरै कलकारखाना प्रभावित भए र धेरैको रोजगारी पनि खो...
केएमसीको शिविरमा नुवाकोटका ३४ सय बिरामीको निःशुल्क उपचार

केएमसीको शिविरमा नुवाकोटका ३४ सय बिरामीको निःशुल्क उपचार

नुवाकोट । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नुवाकोटको सूर्यगढी गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ४ सय २ जना बिरामीले निःशुल्क उपचार पाएका छन् । सूर्यगढी गाउँपालिकासँग सहकार्य गरेर केएमसीले सूर्यगढी गाउँपालिका–३ मा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बिहिबारदेखि शनिवारसम्म सञ्चालित शिविरमा ७ सय १ जनाको ल्याब टेष्ट, ५ सय ९५ जनाको भिडियो ए...
एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौं । एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा आज काठमाडौं–२६ स्थित कान्तिपथबाट एक जना पक्राउ परेका छन् । एटिएम मेसिन फुटाउँदै गर्दा भारतको गोरखपुर घर भई काठमाडौं ठमेलमा बस्ने २२ वर्षीय दिलसाद आलम पक्राउ परेका हुन् । बिहान साढे २ बजे कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबारले जनाएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाड...
काँग्रेस नेता नविन्द्रराज जोशीको निधन

काँग्रेस नेता नविन्द्रराज जोशीको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको शुक्रबार राती निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा नेता जोशीको निधन भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् । ५७ बर्षीय काँग्रेस केन्द्रीय सदस्य जोशीलाई मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा राखेर उपचार भइरहेको थियो । २०३६ सालबाट विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेक...
१३ करोड हिनामिनाका अभियुक्तलाई दुई लाख धरौटीमा छाड्न आदेश

१३ करोड हिनामिनाका अभियुक्तलाई दुई लाख धरौटीमा छाड्न आदेश

विराटनगर । १३ करोड भन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाका अभियुक्तलाई विशेष अदालतले दुई लाख रुपैयाँभन्दा कम धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले ठेकेदार मनोजकुमार भेटवाललाई एक लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । ४० करोड बढी सम्पत्ति हिनामिना भएकोमा भेटवालसँग १३ करोड २६ लाख विगो माग दाबी गरिएको छ । अख्तियार दुर...
काठमाडौं मेडिकल कलेजले चैतमा पाँच जिल्लामा निःशुल्क स्वास्थ्य शिविर गर्ने

काठमाडौं मेडिकल कलेजले चैतमा पाँच जिल्लामा निःशुल्क स्वास्थ्य शिविर गर्ने

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले चैत महिनामा उपत्यकाका तीनसहित आसपास क्षेत्रका पाँच जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । काठमाडौं, ललितपुर भक्तपुर, नुवाकोट र काभ्रेपलान्चोक जिल्लाका बिभिन्न स्थानमा फरक–फरक मितिमा शिविर गर्न लागिएको केएमसीले जनाएको छ । स्थानीय संघ सस्थाहरुसँग सहकार्य गरेर चैत ३ देखि ३० गतेसम्मको अवधिमा पाँच जिल्लामा ११ दिन निःशुल्क स...
बृद्धभत्ता चाँडै ४ हजार पुर्याउँने प्रधानमन्त्री ओलीको घोषणा

बृद्धभत्ता चाँडै ४ हजार पुर्याउँने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाएर चाँडै ४ हजार पुर्याउँने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अखिल नेपाल महिला संघले आयोजना गरेको भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् । ‘०५१ सालमा १ सय रुपैयाँबाट सुरु भएको बृद्धभत्ता ३ हजार पुर्याएका छौ,’ प्रधानमन्त्री ओलीले भने,‘बृद्धभत्ता ५ हजार पुर्याउँने हाम्रो उद्धेश्य छ । ४ हज...
error: Content is protected !!