सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरूद्ध
सिरहा । सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–६ स्थित गोलबजारमा शनिबार राती पौने ८ बजे दुई समूहबीच झडप भएको हो ।
झडपमा छुरा प्रहारबाट २६ बर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै निकेश सदा गंभीर घाइते भएका छन् । दुई पक्षका ६–७ जनाबीच झडप भएको हो । उनीहरू अहिले फरार छन् । के कारण घटना भएको भन्ने विषय खुलेको छैन । प्रहरीले घटनामा संलग्नको खोज...




























