अपडेटः कैलाली बस दुर्घटनामा ३ काे मृत्यु, ३२ घाइते

अपडेटः कैलाली बस दुर्घटनामा ३ काे मृत्यु, ३२ घाइते

काठमाडौं, २६ कात्तिक । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका-३ धपेनी भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना हुँदा  ३ जनाकाे ज्यान गएकाे छ भने ३२ जना घाइते भएका छन् । मृतक तीनै जना महिला हुन् ।
कैलालीमा बस दुर्घटना, २७ जना घाइते

कैलालीमा बस दुर्घटना, २७ जना घाइते

भीमदत्तनगर, २६ कात्तिक । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले जानकारी दिए । उहाँले घाइतेमध...
कञ्चनपुरमा कार्यकारी अधिकृत नहुँदा विकास निर्माण अलपत्र

कञ्चनपुरमा कार्यकारी अधिकृत नहुँदा विकास निर्माण अलपत्र

कञ्चनपुर, २६ कात्तिक । भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृत नभएपछि विकास निर्माणका कार्य अघि बढाउन सकिएको छैन् । कार्यकारी अधिकृत नभएपछि नगरपालिका कार्यालयले उपभोक्ता समिति र निर्माण कम्पनीसँग सम्झौता गर्न सकेको छैन । नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कार्यकारी अधिकृत नभएकाले उपभोक्ता समिति र ठेक्का सम्झौता हुन नसकेको बताए । नगरपालिकाले चालू आवका लागि पहिलो नगर सभाबाट पारित बजेटअनुसार विकास न...
जाजरकोटको जंगलमा ढुंगाले लागेर बालिकाको मृत्यु

जाजरकोटको जंगलमा ढुंगाले लागेर बालिकाको मृत्यु

जाजरकोट, २६ कात्तिक । यहाँको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ मा ढुंगा लागेर आज बिहान १० वर्षीया प्रतीक्षा शर्माको मृत्यु भएको छ । घाँस लिन स्थानीय जंगलमा गएका बेला माथिबाट आएको ढुंगाले लागेर घाइते भएकी शर्माको दल्लीस्थित स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र

रौतहट, २६ कात्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा रौतहटस्थित राष्ट्रिय वन तीव्ररुपमा विनाश हुन थालेको छ । जिल्लाका सुुरक्षा निकायको ध्यान निर्वाचनतर्फ केन्द्रित हुँदै गएको अवस्थामा तस्करहरुले विभिन्न बहानामा तीव्ररुपले वन विनाश गर्न थालेका हुुन् ।  तस्करको एउटा गिरोह रातिराति सालका गोलिया काठ चोरिरहेका छन् भने अर्कोतर्र्फ एउटा ठूलो समूह दैनिक दर्जनौँ हरिया रुख काटेर दाउराका...
रामचन्द्र पौडेलको ‘प्रधानमन्त्री’ सपना यस्तो छ

रामचन्द्र पौडेलको ‘प्रधानमन्त्री’ सपना यस्तो छ

दमौली बजारको केन्द्रमा चार तलाको घर छ । त्यही घरको छतमा शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रचारमा निस्कने हतारोमा थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार ताप्लेजुङको चुनावी सभामा जान पौडेललाई आग्रह गरेका थिए । तर, आफ्नो क्षेत्रको कार्यक्रम छुटाउन सक्दिनँ भन्दै उनले देउवाको अनुरोध अस्वीकार गरे । र, व्यास नगरपालिकामा मत माग्न हिँडे । पौडेलमाथि मुलुकभर कांग्रेसल...
एमाले र माओवादी केन्द्रबीच मंसिर ९ मा पार्टी एकीकरण

एमाले र माओवादी केन्द्रबीच मंसिर ९ मा पार्टी एकीकरण

काठमाडौं– वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको हो । निर्वाचन आयोग...
पार्टी नमिलेपछि श्रीमतीलाई घरनिकाला

पार्टी नमिलेपछि श्रीमतीलाई घरनिकाला

कालिकोट, २५ कात्तिक । फरक पार्टीमा आस्था राखेको भन्दै मुगुको कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँका ३१ वर्षीय निमा तामाङले श्रीमतीलाई घर निकाला गरेका छन्। तामाङकी २६ वर्षीया श्रीमती कर्मा छुइकित तामाङ नेकपा एमालेकी गाउँस्तरकी कार्यकर्ता हुन्। तामाङले चुनावमा कांग्रेसलाई सहयोग नगरेको भन्दै श्रीमती निमालाई नाबालक छोरा–छोरीसहित श्रीमतीलाई घर निकाला गरेका हुन्। निमाकी आमा स्थानीय चुनावमा एमालेको तर्...
महराले भने : केरुङबाट लुम्बिनी आउने रेललाई दाङ ल्याउँछु

महराले भने : केरुङबाट लुम्बिनी आउने रेललाई दाङ ल्याउँछु

दाङ, २५ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले केरुङबाट लुम्बिनी आउने रेल दाङ ल्याउने बताएका छन्। नेपाल राष्ट्रिय वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले घोराहीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै महराले लुम्बिनीसम्म आउने रेलमार्गलाई दाङ ल्याउन आफूले पहल गर्ने बताएका छन्। चीन भ्रमणका क्रममा रेल नेपाल ल्याउनका लागि त्यहाँको सरकारसंग सम्झौता गरेको बताउँदै उनले दाङ...
पर्यटनमन्त्री देवसँग आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

पर्यटनमन्त्री देवसँग आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, २५ कात्तिक । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवसँग स्पष्टिकरण माग गरेकाे छ ।  सरकारी सवारी साधनको दुरूपयोग गरी सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा प्रमुख अतिथिका रूपमा सहभागी भएकाे भन्दै उनसँग अायाेगले  २४ घण्टे स्पष्टीकरण माग गरेको गरेकाे हाे  । आज  एक दैनिक पत्रिकामा प्रकाशित ‘विद्यालयमै सभा ...
पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित

पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित

यू–१९ एसिया कप अन्तर्गतको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएको छ। वर्षाले प्रभावित खेलमा ४० ओभरमा १ सय ८१ रनको लक्ष्य पाएको बंगलादेशले ८ विकेटको क्षतिमा अन्तिम बल बाँकी रहँदा लक्ष्य भेटायो। बंगलादेशका लागि मोहम्मद नमिन सेखले ५२ रन जोडे। त्यस्तै होसन दुब्रोले ३३ तथा पिनक घोषले २४ रन बनाए। नेपालको लागि सन्दीप लामिछाने र कमल सिंह ऐरीले समान २ विकेट लिए भने अनिलकुमार स...
विपी कोइरालाकी भान्छे, फेवानगरकी प्रतिस्पर्धी

विपी कोइरालाकी भान्छे, फेवानगरकी प्रतिस्पर्धी

पोखरा, २५ कात्तिक । भर्खरै विघटित प्रतिनिधिसभाकी सदस्य हुन् शारदा पौडेल। पोखराको पुरानो बस्ती बगरकी बासिन्दा पौडेल आउँदो निर्वाचनमा कास्कीबाट ठूला दलबाट उम्मेदवार बनेकी एक्ली महिला हुन्। अघिल्लो पटक संविधानसभा सदस्य बनेकी उनलाई नेपाली कांग्रेसले कास्की–३ (१) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ। उनको प्रतिष्पर्धी छन्, वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवारी पाएका फेवाताल पारिका...
बाल यौन दुराचारको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ

बाल यौन दुराचारको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ

काठमाडौँ, २५ कात्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिकलाई पक्राउ गरेको छ। ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दैै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ क्रियुजेसेनलाई यौन दुराचार अपराधअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट मुद्दा दर...
बंगलादेशमा पुग्ने रोहिंगाको संख्या ६ लाख १३ हजार- आइओएम

बंगलादेशमा पुग्ने रोहिंगाको संख्या ६ लाख १३ हजार- आइओएम

जेनेभा, २५ कात्तिक । आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या ६ लाख १३ हजार पुगेको जनाएको छ । गएको अगष्ट २५ तारिखदेखि म्यानमारको राखिन राज्यमा सुरु भएको उनीहरुमाथिको हिंसाका कारण देश छोडेर भाग्ने शरणार्थीको संख्या छ लाख नाघेको हो । उनीहरु बंगलादेशको कोक्स् बजारमा बसोबास गरिरहेका छन् । बंगलादेश सरकारले उनीहरुलाई सो क्षेत्रमा शरणार्थ...
उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ३५ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २५ कात्तिक । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २३५ औँ हप्तामा आज पशुपतिनाथ मन्दिर अघिको वाग्मती नदी किनार र कैलाश डाँडामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६०...
दिल्लीमा श्वास फेर्नु दिनमा २५ खिल्ली चुरोट खाए बराबर

दिल्लीमा श्वास फेर्नु दिनमा २५ खिल्ली चुरोट खाए बराबर

एजेन्सी, २५ कात्तिक । भारतको राजधानी नयाँ दिल्ली पछिल्लो केही दिन देखि देखिएको अत्यधिक वातावरण प्रदुषणको चपेटमा परेको छ। बाक्लो तुवालो र प्रदुषणका कारण केही दिनदेखि त्यहाँका समान्य जीवन नै प्रभावित हुन पुगेको छ। त्यहाँका स्कुलहरु नराम्रोसँग बन्द गरिएका छन्। वातावरण सम्बन्धि अध्यन गर्ने संस्था ‘विकर्ली अर्थ’का अनुसार नयाँ दिल्लीमा श्वास फेर्नु दिनमा २५ खिल्ली चुरोट खाए बराबर भएको जनाएको छ। प्रदु...
दैलेखमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

दैलेखमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु

सुर्खेत, २५ कात्तिक । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको देउती यातायात प्रालिको बा४ख ५०१० नं को गाडी शुक्रबार राति दैलेखको सियाकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा वीरेन्द्रनगर–९ का ३१ वर्षीय पारश तिवारी, दैलेख नौमूलेका ५६ वर्षीय रत्नबहादुर सिजाली र नौमूलेकै ४५ वर्षीय जिसी राना रहेका छन् । दुर्घटनामा परी १० जना घाइते भएका छन्। घाइतेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस...
आफैमाथि हानिएको बम हेरेपछि अनन्तले भने- तर्साउने खालको रहेछ

आफैमाथि हानिएको बम हेरेपछि अनन्तले भने- तर्साउने खालको रहेछ

रोल्पा, २५ कात्तिक । हिजो रोल्पाको सुकीदहको सुखाओढार बजारमा वामगठबन्धनको चुनावी सभा थियो। सभा सकिएपछि हामी विहान त्यहीँ बस्यौँ। सभाकै क्रममा रोल्पामा वामगठबन्धनको तर्फबाट प्रतिनिधि सभा उमेदवार रहनु भएका वर्षमान पुन ‘अनन्त’ र रोल्पा ख’ का उम्मेदवार दीपेन्द्र पुन ‘सिजल’ बीच कुराकानी भएछ, ‘रुकुममा जनार्दन शर्मा ‘प्रभाकर’ माथि वम प्रहार भएछ। रोल्पामा पनि यस्ता घटना हुनसक्छन्।’ आज विहानै चिया–रोटी ...
बाबुद्वारा छोरी र दुई नातिनीको हत्या

बाबुद्वारा छोरी र दुई नातिनीको हत्या

रोल्पा, २५ कात्तिक । रोल्पा नगरपालिका– ७ गोरबोट घापाका ४३ वर्षीय लीलबहादुर पुनले आफ्नो छोरीसहित दुई नातिनीको शुक्रबार राति हत्या गरेका छन् । २५ वर्षीया छोरी पेवावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी निया केसीको बञ्चरो प्रहार गरेर लीलबहादुरले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो । छोरी पेवावतीले बिरामी ब...
‘काठमाण्डू-केरुङ रेलमार्ग बनाउन २८० अर्ब’

‘काठमाण्डू-केरुङ रेलमार्ग बनाउन २८० अर्ब’

काडमाण्डौ, २५ कात्तिक । चीनको केरुङबाट काठमाण्डू जोड्ने भनिएको बहुचर्चित रेलमार्ग निर्माणका लागि करिब २८० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको अधिकारीहरुले बताएका छन्। नेपाल आएको चिनियाँ रेलवे विभागको एउटा उच्चस्तरीय टोलीले पाँच दिनसम्म नुवाकोट, काठमाण्डूसहितका विभिन्न स्थानको स्थलगत अध्ययन गर्दै त्यस्तो आकलन गरेको हो। चीनको केरुङ्बाट नेपालको रसुवा हुँदै काठमाण्डू, पोखरा र लुम्बिनी ज...
पूर्व सुरक्षा सल्लाहकारमाथि अनुसन्धान

पूर्व सुरक्षा सल्लाहकारमाथि अनुसन्धान

एजेन्सी, २५ कात्तिक । ह्वाइट हाउसका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिन फेरि समाचारमा छाएका छन्। रुसी अधिकारीहरुसँगको सम्पर्कबारे उपराष्ट्रपतिलाई दिग्भ्रमित पारेको आरोपमा राजीनामा दिन बाध्य पारिएका उनी प्रशासनका पहिलो अधिकारी थिए। अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार लाखौं डलर लिएर टर्कीका एक विपक्षी धर्मगुरुलाई नियन्त्रणमा लिने र उनलाई टर्की फर्काउने षड्यन्त्रमा संलग्न रहेको आरोपबारे फ्...
‘मेगा अष्ट्रेलिया शैक्षिक मेला’प्रति विद्यार्थीको आकर्षण बढ्दो (फोटो फिचर)

‘मेगा अष्ट्रेलिया शैक्षिक मेला’प्रति विद्यार्थीको आकर्षण बढ्दो (फोटो फिचर)

कात्तिक २५, काठमाडौं । काठमाडौंमा सञ्चालन भएको मेगा ‘अष्ट्रेलिया शैक्षिक मेला २०७४’प्रति विद्यार्थीहरुको आकर्षण देखिएको छ । मेलामा उल्लेख्यरुपमा विद्यार्थीहरु सहभागी छन् भने अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा जानकारी लिइरहेका छन् । शुक्रबारदेखि सुरु भएको मेला आज (शनिबार) पनि जारी छ । मेलाको उद्घाटन समारोहमा शिक्षा मन्त्रालयका प्रतिनिधि तारा निरौलासहित क्विजफोर्ड ...
साउदी अरबले लेबनानविरुद्ध युद्ध चर्काएको हिज्बुल्लाह नेता हसनको आरोप

साउदी अरबले लेबनानविरुद्ध युद्ध चर्काएको हिज्बुल्लाह नेता हसनको आरोप

एजेन्सी, २५ कात्तिक । हिज्बुल्लाह नेता हसन नसरल्लाहले साउदी अरबले लेबनानविरुद्ध युद्ध चर्काएको आरोप लगाएका छन् । लेबनानी प्रधानमन्त्री साद अल हरिरीले पदबाट राजीनामा दिएको केही दिनपछि नेता नसरल्लाहको यस्तो भनाई सार्वजनिक भएको हो । हिज्बुल्लाह नेता नसरल्लाहले साउदी अरबलाई प्रधानमन्त्री हरिरीलाई जबरजस्ती रोकेर राखेको आरोप समेत लगाएका छन् । उनले साउदी अरवले इजरायलविरुद्ध युद्ध गर्न लेबनानलाई भड्काई...
उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न रोक

उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न रोक

काठमाडौं, २५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश, २०७४’ जारी गरेकी छिन् । मन्त्रिपरिषद्ले कात्तिक ६ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश १८ दिनपछि शुक्रबार जारी भएको हो । अध्यादेश जारी भएसँगै उपत्यकामा दस वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न पाइने छैन । हाल सञ्चालनमा रहेका विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिने पाउन...
पूर्वप्रधानमन्त्री विष्टको ९० वर्षको उमेरमा निधन

पूर्वप्रधानमन्त्री विष्टको ९० वर्षको उमेरमा निधन

काठमाडौं, २५ कात्तिक ।  पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको  ९० वर्षको उमेरमा निधन भएको छ । शनिबार विष्टको ज्ञानेश्वस्थित आफ्नै निवासमा निधन भएको हो । उनका छोरा विनोद विष्टले निधनको पुष्टि गरेका छन् । उनका अनुसार आजै आर्यघाटमा लगेर अन्तिमसंस्कार गरिनेछ । बिष्ट तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।
वर्षमान पुन चढेको गाडीमा बिस्फोट

वर्षमान पुन चढेको गाडीमा बिस्फोट

रोल्पा, २५ कात्तिक ।  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त चढेको गाडी विद्युतीय धरापमा परेको छ । रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा माओवादी नेता पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको हो । बम कसले राखेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । तर विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विद्युतीय धराप थापेको हुन सक्ने आशंका छ । पुनको दवावमा आफ्ना जिल...
सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध

सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध

काठमाडौँ, २५ कात्तिक । साँझा शिक्षा ई–पार्टी, नेपाल नामक सामाजिक संस्थाले हालसम्म करिब १४० सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध गराएको छ । राष्ट्रिय पाठ्यक्रममा आधारित अन्तक्र्रियात्मक डिजिटल राखेर शैक्षिक सामग्रीसहित ती ल्यापटप उपलब्ध गराइएको हो । शिक्षक, विद्यार्थी र समुदायका सदस्यमा पढ्ने बानीको विकास गर्न विभिन्न साहित्यिक पुस्तक, पत्रपत्रिकामा आधारित ई–पुस्तकालय तयार पारेको सो संस्थ...
मतदाता पढाउन आयोगले खटायो २० हजार कर्मचारी

मतदाता पढाउन आयोगले खटायो २० हजार कर्मचारी

काठमाडौं, २५ कात्तिक । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतदातालाई मतदान प्रक्रियाबारे सिकाउन निर्वाचन आयोगले २० हजार कर्मचारी खटाएको छ। स्थानीय निर्वाचनमा मतदाता शिक्षा नपुग्दा धेरै मत बदर भएपछि आयोगले यसपाली गाउँगाउँ पुग्ने गरी कर्मचारी परिचालन गरेको हो। पहिलो चरणको निर्वाचन १५ दिन बाँकी हुँदा आयोगले शनिबारबाट मतदाता शिक्षा सुरु गरेको हो। यो प्रक्रियामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदा...
बाँकेका बाढीपीडित भन्छन्, ‘सुरक्षित बास देऊ, भोट लैजाऊ’

बाँकेका बाढीपीडित भन्छन्, ‘सुरक्षित बास देऊ, भोट लैजाऊ’

बाँके, २५ कात्तिक । सुरक्षित र स्थायी बसोबासको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिने राप्ती नदी पीडितले स्पष्ट पारेका छन्। उनीहरुले ‘सुरक्षित बास देऊ, भोट लैजाऊ’ भन्ने अभियान चलाएका छन्। राजनीतिक दलबाट धेरै पटक धोका खाइसकेकोले यस पटक सुरक्षित बसोबासको ग्यारेन्टी गरेमात्र भोट दिने राप्ती–सोनारी गाउँपालिका–२, टिकुलीपुरकी मञ्जु विकले बताइन्। उनले स्थानीय तह निर्वाचनका बेला सुरक्षित बासको ब्यवस्थ...
कहाँ बस्छ प्रदेशसभाको पहिलो बैठक? यी हुन् प्रदेशका २१ अधिकार

कहाँ बस्छ प्रदेशसभाको पहिलो बैठक? यी हुन् प्रदेशका २१ अधिकार

 काठमाडौँ, २५ कात्तिक । प्रदेशसभाको निर्वाचन नजिकै आइरहेको छ तर प्रदेशका कतिपय व्यवस्था अझै अन्योलमा देखिन्छ। संविधान बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनाअनुरूप नेपालमा पहिचान र सामथ्र्यका आधारमा सात वटा प्रदेश निर्माण भई ती प्रदेशको निर्वाचन मङ्सिर १० र २१ गते हुँदैछ। प्रदेशसभाको निर्वाचन भएपछि ३० दिनभित्र प्रदेशसभा बस्नुपर्ने व्यवस्था छ तर अहिलेसम्म प्रदेशसभा कहाँ–कहाँ राख्ने ...
लालपूर्जाविहिन नागरिकसँग प्रचन्ड

लालपूर्जाविहिन नागरिकसँग प्रचन्ड

चितवन, २५ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेद्वार प्रचण्डले  पश्चिम चितवनका बर्षौदेखि बसोबास गर्दै आएका लालपूर्जा बिहिन सुकुम्बासीको पक्षमा आफू रहेको बताउदै अब बन्ने बाम गठबन्धनको बलियो सरकारले यि समस्या समाधान गरिछाड्ने बताएका छन् ।  उनले भने–मलाइ थाहा छ तपार्इँहरूले जग्गाधनी पूर्जा पाउनुभएको छैन ,अब ढुक्क हुनुस् तपाइहरूले पूर्जा पाउनुहुन्छ। ’ सुकु...
error: Content is protected !!