प्रहरीको गाडीबाट हामफाल्दा थुनुवाको मृत्यु

प्रहरीको गाडीबाट हामफाल्दा थुनुवाको मृत्यु

रुपन्देही, २७ कात्तिक । रुपन्देहीमा प्रहरीको गाडीबाट हाम फाल्दा एक थुनुवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतको सिद्धार्थनगर थाना नौतनवाका २५ वर्षीय विजयकुमुार खटिकको मृत्यु भएको हो। जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी अनुसन्धानका लागि ना१ग ६१३ नं.को जीपमा लैजाँदै गर्दा आइतबार साँझ ५ बजे लुम्बिनी रोडमा गाडीबाट हाम फालेका थिए। त्यसक्रममा अर्को गाडीले ठक्कर दिँदा उनको...
राप्रपालाई बोकेर कांग्रेसले गणतन्त्रप्रतिको प्रतिबद्धता भूल्न खोज्यो : प्रचण्ड

राप्रपालाई बोकेर कांग्रेसले गणतन्त्रप्रतिको प्रतिबद्धता भूल्न खोज्यो : प्रचण्ड

चितवन, २७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गणतन्त्रप्रतिको प्रतिबद्धता भुल्न खोजेको आरोप लगाएका छन्। पश्चिम चितवनको पार्वतीपुरमा सोमबार भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले राजतन्त्र पक्षधर राप्रपालाई बोकेर अघि बढ्नु कांग्रेसको गल्ती भएको बताएका हुन्। राजा फाल्न र गणतन्त्र ल्याउन संघर्ष गरेको कांग्रेसले हलोमा भोट हाल्दा बिपी र गणेशमानकोस...
नेपालकी ११५ वर्षीया वृद्धा संसारभर हुँदैछिन् चर्चित, यस्तो छ कारण

नेपालकी ११५ वर्षीया वृद्धा संसारभर हुँदैछिन् चर्चित, यस्तो छ कारण

काठमाडौं, २७ कात्तिक । नेपालकी एक वयोवृद्ध महिला अहिले संसारभरका थुप्रै सञ्चारमाध्यममा ‘भाइरल’ बनिरहेकी छन् । उनी अस्वभाविक रूपमा ठूला–ठूला मिडियाका लागि समाचारको हेडलाइन बनिरहेकी हुन् । अहिले लगातार संसारभर नाम कहलिएका सञ्चारमाध्यमहरूले ती वृद्धबारे समाचार संप्रेषण गरिरहेका छन् । ती वृद्ध हुन्, धादिङमा जन्म भई हाल सिन्धुपाल्चोक गिरानचौर–१ मा बसोबास गर्ने ११५ वर्षीया बाटुली लामिछाने । उनी सुर्त...
रोल्पा बन्दले जनजीवन प्रभावित

रोल्पा बन्दले जनजीवन प्रभावित

रोल्पा, २७ कात्तिक । नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन बिहानदेखि प्रभावित भएको छ । बन्दका कारण बिहानदेखि रोल्पाका बजार, यातायात, कलकारखाना र शिक्षण संस्था ठप्प रहेका छन् । जिल्ला इञ्चार्ज दलबहादुर खत्री र सेक्रेटरी सन्तोष सुवेदी लगायतका नेता कार्यकर्ता गिरप्तारीको विरुद्ध बन्द आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले बताएको छ । सदरमुकाम लि...
मध्यरातमा आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ

मध्यरातमा आपत्तिजनक अवस्थामा वडाध्यक्ष पक्राउ

गौशाला, २७ कात्तिक ।  जलेश्वर नगरपालिकाका एक वडा अध्यक्ष गएराति आफ्नै दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष सिंह र दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महि...
आमा डब्लम हिमालबाट हामफाल्दा किर्तिमानी रसियन बेसजम्परको मृत्यु

आमा डब्लम हिमालबाट हामफाल्दा किर्तिमानी रसियन बेसजम्परको मृत्यु

काठमाडौँ, २७ कात्तिक । रसियाका किर्तिमानी बेस जम्पर भालेरी रोजोभको नेपालमा रहेको आमा डब्लम हिमालबाट हामफाल्ने क्रममा निधन भएको छ । ५२ वर्षीय रोजोभ सात महादेशका सात अग्ला हिमालबाट हामफाल्ने योजनामा थिए । यो अभियानको आयोजना गर्ने सेभेन समिट क्लबका मिङ्मा गेलु शेर्पाले भने, ‘उनले हिमालबाट हामफाले पनि हिमालको भित्तामा ठोक्किए । उनको घटनास्थलमा नै मृत्यु भयो ।’ उनको शव काठमाडौँ ल्याई सकिएको पनि ...
रसुवामा दुई व्यवसायीको भिडन्त : नयाँ शक्तिको मत निर्णायक !

रसुवामा दुई व्यवसायीको भिडन्त : नयाँ शक्तिको मत निर्णायक !

रसुवा, २७ कात्तिक । मतदानको मिति नजिक आउँदै गर्दा रसुवामा वाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच कडा टक्कर पर्ने देखिन थालेको छ । दुवै पक्षले आफ्नो जित सुनिश्चित भएको दावी गर्दै नेता, कार्यकर्ता र उम्मेदवार सहित गाउँ गाउँमा भोट माग्ने अभियानलाई तिव्र बनाउनुका साथै चुनावी सभा गरेर शक्ति प्रर्दशन गरिरहेका छन् । केरुङ नाकाको कारण सधैं चर्चामा आइरहने रसुवा जिल्लामा यो पटकको निर्वाचन विगतको भन...
इराक र इरानको सीमा क्षेत्रमा ७.२ रेक्टरको भूकम्प: ६१ जनाको मृत्यु, ३ सय बढी घाइते

इराक र इरानको सीमा क्षेत्रमा ७.२ रेक्टरको भूकम्प: ६१ जनाको मृत्यु, ३ सय बढी घाइते

बगदाद, २७ कात्तिक। इरान र इराकको सीमावर्ती क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प जाँदा ६१ जनाको मृत्यु भएको छ । ३ सय बढी व्यक्ति घाइते भएका बीबीसीले लेखेको छ  । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार भूकम्पबाट कयौं हताहत भएका छन् । भूकम्पका कारण बिजुली आपूर्ति बन्द भएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु इराकको हलब्जाबाट दक्षिण-पश्चिम ३२ किलोमिटर टाढा पर्दछ । ...
नेता कार्यकर्ता भोज खाइरहँदा चेपाङ मतदाता भोकै

नेता कार्यकर्ता भोज खाइरहँदा चेपाङ मतदाता भोकै

धादिङ, २६ कात्तिक ।  धादिङमा माओवादीका प्रभावशाली नेता शालिग्राम जम्मर कट्टेल र एमालेका स्थायी कमिटी सदस्य राजेन्द्रप्रसाद पाण्डे प्रदेशसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ । माओवादी छाडेर कांग्रेस प्रवेश गरेका बालुवा खानी सञ्चालक शिव सुवेदी र ठेकेदार मधुकुमार श्रेष्ठ लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभामा उम्मेदवार बन्नुभएको छ । उहाँहरु कार्यकर्तालाई लिएर दिनदिनै चुनावी प्रचारमा हिँड्...
पूर्व प्रधानमन्त्रीको निधन  भएको ३० घण्टापछि राष्ट्रपतिले निकालिन् शोक वक्तब्य !

पूर्व प्रधानमन्त्रीको निधन भएको ३० घण्टापछि राष्ट्रपतिले निकालिन् शोक वक्तब्य !

काठमाडौं, २६ कात्तिक । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको ३० घण्टापछि राष्ट्रपति कार्यालयले शोक विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा विष्टको निधनबाट राष्ट्रपति  विद्यादेवी भण्डारी  स्तब्ध र दुःखी भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ– देशभक्त नेताको छवि बनाउनु भएका उहाँले जीवनपर्यन्त निर्भिकताका साथराष्ट्र र सार्वभौमिकता रक्षाका लागि निर्वाह गर्नुभएको भूमिका सदास्मरणीय रहिरहनेछ।’ यस...
‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ

‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ

काठमाडौँ, २६ कात्तिक । पाँच वर्षभित्र सेवाग्राहीको मागअनुसार विद्युतीय सवारी चालक अनुमति पत्र ‘स्मार्ट कार्ड’ उपलब्ध गराइसक्ने यातायात व्यवस्था विभागको योजना कार्यान्वयनमा कठिनाइ भएको छ । चालक अनुमति पत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तनका लागि लाखौँले राजश्व तिरेका छन् ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र लिनका लागि मोटरसाइकललाई रू ७००, कार जिपलाई रू एक हजार र ठूला सवारीका लागि रू दुई हजार शुल्क तोक...
वर्षमान पुनलाई लक्षित गर्दै रोल्पामा गोली प्रहार

वर्षमान पुनलाई लक्षित गर्दै रोल्पामा गोली प्रहार

रोल्पा, २६ कात्तिक । चुनाव प्रचारमा हिँडेका नेकपा माओवादीका नेता वर्षमान पुनलाई लक्षित गर्दै अज्ञात समूहले गोली चलाएको छ। चुनावी कार्यक्रममा सहभागि हुन राङसेबाट इरिवाङ जाँदै गरेका पुनमाथि अज्ञान समूहले दुइखोली खोला नजिक एक राउन्ड गोली चलाएको थियो। त्यसको जवाफमा उनको सुरक्षामा खटिएका प्रहरीले ८ राउन्ड गोली चलाएका थिए। इरिवाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दको गाउँ हो। ...
‘सिएनएन हिरो’  अनुराधा कोइराला कांग्रेस प्रवेश

‘सिएनएन हिरो’ अनुराधा कोइराला कांग्रेस प्रवेश

काठमाडौं, २६ कात्तिक । ‘सिएनएन हिरो’बाट सम्मानीत समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । आईतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका हुन् । चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको ...
लोकतान्त्रिक शक्तिहरुबीचको एकताले काँगेसको जित सुनिश्चत : लेखक

लोकतान्त्रिक शक्तिहरुबीचको एकताले काँगेसको जित सुनिश्चत : लेखक

कंचनपुर, २६ कात्तिक । काँग्रेस नेता रमेश लेखकले जिल्लामा भएको लोकतान्त्रिक शक्तिहरुबीचको एकताले काँगेसको जित सुनिश्चत भएको दावी गरेका छन् । कंचनपुर ३ बाट प्रतिनीधिसभाका लागि उम्मेदवार रहेका नेता लेखले विगतक निर्वाचनमा जस्तै यसपाली पनि काँग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताए । हिजो मात्र कंचनपुरमा काँग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच चुनावी तालमेलवारे संयुक्त पत्रकार सम्मेलन भएको थिय...
सिंहदरबारमा सवारी दुर्घटना

सिंहदरबारमा सवारी दुर्घटना

काठमाडौं, २६ कात्तिक ।  सिंहदबारको पुनर्निमाण प्राधिकरण नजिक सवारी दुर्घटना भएको छ । भर्खरै त्यहाँ बालजु औद्योगिक विकास क्षेत्र लिमिटेड कार र अर्को एक निजी कार एकआपसमा ठोक्किएका हुन् । बा ५ प १३० नम्बरको निजी र औद्योगिक विकास क्षेत्र लिमिटेको बा १ ञ २०४७ नम्बरको कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । यद्यपि, दुर्घटनामा कोही घाइते भने भएका छैनन् । गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय आउ...
अवहेलनाको क्रास देखाएर भष्टाचारमा लिप्न हुने अधिकार न्यायालयलाई छैनः डा. केसी

अवहेलनाको क्रास देखाएर भष्टाचारमा लिप्न हुने अधिकार न्यायालयलाई छैनः डा. केसी

काठमाडौं, २६ कात्तिक । डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश आउनुलाई संक्रमणकालीन जित मात्र भनेका छन् । साथै उनले अध्यादेश जारी गरेकोमा राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । डा. केसीले आइतबार पत्रकार सम्मेलन गरेर भनेका छन्, ‘अध्यादेश आउनु हाम्रो अभियानको संक्रमणकालीन जित मात्र हो । पूर्ण ऐनको रुप दिन बाँकी नै रहेकाले आउने संसदबाट ऐनको रुपमा दिन सबै दललाई अपील गर्दर्छौं ।’ उनल...
आफ्नै श्रीमतिको हत्या गर्ने युवक पक्राउ

आफ्नै श्रीमतिको हत्या गर्ने युवक पक्राउ

काठमाडौं, २६ कात्तिक । आफ्नै श्रीमतिलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको कानपुर गाविस–२ का ३२ वर्षीय रामलाल विश्वकर्मा छन् । काठमाडौंको जोरपाटी गाविस–२, नयाँ बस्तीमा डेरा गरी बसेका वेला उनले आफ्नी १८ वर्षीय श्रीमति रविना विकलाई हतियार प्रहार गरी हत्या गरेका थिए । कर्तव्य ज्यान मुद्दाको अनुसन्धानपछि लउनलाई पोखराको लेखनाथ महानगरपालिकामा लुक...
अनौठो बाँदरः जसले बाइकबाट चोरेर पेट्रोल पिउँछ

अनौठो बाँदरः जसले बाइकबाट चोरेर पेट्रोल पिउँछ

जनावरहरु पनि अनौठो आनीबानीका हुँदा रहेछन् । यस्तै अनौठो बाँदर हालै भारतको हरियाणास्थित पानीपतको एक बजारमा हालै देखा परेको छ । यो बाँदर पेट्रोल चोर बाँदर हो । यसले स्थानीय व्यस्त बजारको पार्किङहरुमा पार्क गरिएका मोटरसाइकलबाट पेट्रोल चोरेर पिउने गरेको छ । मोटरसाइकल ठड्याएको ठाउँमा गएर उसले बाइकको इन्धन पाइप दाँतले टोकेर प्वाल पार्दछ । त्यसपछि उक्त पाइपबाट बग्ने बाइकको पूरै पेट्रोल खाइदिन्छ । यो...
अवैधानिक कामदार घर फर्किन डेढ महिना बाँकी

अवैधानिक कामदार घर फर्किन डेढ महिना बाँकी

मलेसिया, २६ कात्तिक । मलेसियन सरकारले अवैधानिक श्रमिकहरुलाई घर फिर्ता गर्नको लागि दिएको समय अब करीव डेढ महिना मात्र बाँकी छ । यसै बीचमा नेपाली दूतावास मलेसियाले अवैधानिक नेपालीहरुलाई घर फर्काउनको लागि अध्यागमन प्रकृयामा आवश्यक प्रकृया पूरा गर्न हारफासे रिसोर्स एसडीएन बीएचडी भन्ने मलेसियन सँस्थालाई जिम्मा दिएको छ । घर पठाउने बहानामा विचौलियाहरुले अत्यधिक रकम लिएर अलपत्र पार्ने गरेको गुनासो बढ्न...
ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ, २६ कात्तिक । ट्याक्सीको ठक्करबाट एक जना मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको छ । सिंहदरबार चोक नजिक बा २ ज २३४४ नंको ट्याक्सीले ठक्कर दिँदा बा ३३ प ७४३ नं को मोटरसाइकल चालक धादिङ रुबीभ्यालीका २१ वर्षीय रुप घलेको मृत्यु भएको हो । ठक्कर दिँदा घाइते भएका घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको महागरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक उमेश रञ्जितकारल...
शिक्षक सेवा आयोगमा तालाबन्दी

शिक्षक सेवा आयोगमा तालाबन्दी

काठमाडौं, २६ कात्तिक । शिक्षा ऐन नवौ संशोधनले ७ लाख भन्दा बढि लाइसेन्स होल्डर र ६५ लाख भन्दा बढि उच्च शिक्षा अध्ययनरत विद्यार्थीमाथि अन्याय भइएको भन्दै तदर्थ विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोगमा तालाबन्दी गरेको छ । संशोधनप्रति आपति प्रकट गर्दै समितिले गत कार्तिक २३ गते २४ घन्टे अल्टिमेटम बुझाएको थियो । तर, त्यसकोसुनुवाइ नभएकोले शिक्षकसेवा आयोग अनिशिचत कालका लागि तालावन्दी गरिएको समितिले...
भारतको पाँच विकेट झर्यो, खेलमा फर्कदै नेपाल

भारतको पाँच विकेट झर्यो, खेलमा फर्कदै नेपाल

मलेसियामा जारी यू–१९ एसिया कपमा नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याइरहेको भारतको पहिलो विकेट कमलसिंह ऐरीले लिएका छन्। विस्फोटक पारी खेलिरहेका ओपनर हिमांशु रानालाई ऐरीले बोल्ड गरेका हुन्। ३८ बलमा ४६ रन जोडेका रानाले ७ चौका र १ छक्का प्रहार गरे। समाचार तयार पारुञ्जेल भारतले १३ ओभरमा १ विकेट गुमाएर ६७ रन बनाएको छ। उसका मन्जोट कोर्ला १८ रनमा खेलिरहेका छन् भने अर्थव तेडी भर्खरै क्रिजमा आएका छन्। त...
प्रहरी अस्पतालले सुरु गर्यो सर्वसाधारणका लागि स्वास्थ्य सेवा

प्रहरी अस्पतालले सुरु गर्यो सर्वसाधारणका लागि स्वास्थ्य सेवा

काठमाडौं, २६ कात्तिक । नेपाल प्रहरी अस्पतालले आईतबारदेखि सर्वसाधारणका लागि पनि स्वास्थ्य सेवा दिन सुरु गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महाराजगंजस्थित नेपाल प्रहरी अस्पताल परिसरमा एक कार्यक्रमका बीच सर्वसाधाणका लागि स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन् । सेवाको शुभाम्भ गर्दै प्रहरी महानिरीक्षक अर्यालले संवैधानिक व्यवस्था अनुसार नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन अस्पतालले पनि स...
लमहीमा ट्रक र जीप ठोक्किँदा २ को मृत्यु, १० घाइते

लमहीमा ट्रक र जीप ठोक्किँदा २ को मृत्यु, १० घाइते

देउखुरी, २६ कात्तिक । दाङ देउखुरीको लमही नगरपालिकामा अाइतबार बिहान ट्रक र जीप ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको ना ४ ख ७५५५ नम्बरको ट्रक र भालुबाङबाट लमही आउँदै गरेको ना १ ज १३४५ नम्बरको जीप लमही नगरपालिका १ नर्तीमा ठोक्किएका हुन् । दुर्घटनामा राप्ती गाउँपालिका ५ निवासी ३६ वर्षीया रामपती चौधरी र घोराही अम्बापुर निवासी २५ वर्षीया गंगा रेग्...
ट्वीटरमा रोकियो अकाउन्ट भेरिफिकेसन

ट्वीटरमा रोकियो अकाउन्ट भेरिफिकेसन

माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताको अकाउन्ट भेरिफिकेसन गर्ने फिचरलाई तत्कलका लागि बन्द गरेको छ । ट्वीटरले हालै एउटा नीति बनाएको थियो, जस अनुसार जो कोहीले पनि आफ्नो अकाउन्टलाई भेरिफाइ गर्ने वा ब्लु टिक लिनका लागि निवेदन दिन सक्थे । यसअघि यो केवल सेलिब्रेटी, सरकारी तथा मिडयासँग सम्बन्धित मानिसहरुका लागि मात्र उपलब्ध थियो । ट्वीटरका संस्थापक सिइओ ज्याक डर्सीले ट्वीट गर्दै भनेका छन्ः ...
जाडोमा किन खाने मेथी ? यी हुन् ११ फाइदा

जाडोमा किन खाने मेथी ? यी हुन् ११ फाइदा

भनिन्छ, मौसमी फलफूल, सागसब्जी नै शरीरका लागि अनुकुल हुन्छ । किनभने यस्ता फलफूल, सागसब्जी त्यही बेला उत्पादन हुन्छन्, जतिबेला हाम्रो शरीरलाई चाहिन्छ । जस्तो कि, अहिले मेथीको साग । यो सिजनमा पाइने सागसब्जीमा एक हो मेथीको साग । विभिन्न स्वास्थ्यबर्द्धक गुणहरुका कारण मेथीको साग अत्यन्त लाभदायक मानिन्छ । मेथीका यी ११ फाइदा के छ त ? १. धेरैजसो मानिसहरुलाई पेटसम्वन्धि मस्याले हैरान पार्छ । यसमा कब्जि...
‘भोक लाग्यो’ भन्ने देवीरामको दुःख

‘भोक लाग्यो’ भन्ने देवीरामको दुःख

काठमाडौं, २६ कात्तिक । बाको सपना थियो, छोराले धेरै पढोस्, पण्डित बनोस् र कुलको इज्जत राखोस् । बाको चाहनाबमोजिम छोरोले धेरै पढ्यो, कुलको इज्जत पनि राख्यो तर पण्डित बनेन । छोरो त कलाकार पो भयो । हो, देवीराम पराजुलीले कक्षा ८ माथिको पढाइ तीनधारा पाठशालाको छात्रावासमा बसेर पूरा गरे । वाल्मिकी क्याम्पसमा आचार्य गर्दासम्म उनको बास छात्रावासमै भयो । संस्कृत पढेर उनी पण्डित त भएनन् तैपनि उनका बा बेखुशी ...
तालिवान कमान्डरसहित ३५ जनाको सुरक्षा कारबाहीमा मृत्यु

तालिवान कमान्डरसहित ३५ जनाको सुरक्षा कारबाहीमा मृत्यु

अफगानिस्तान, २६ कात्तिक । अफगानिस्तानको पूर्वमा रहेको कपिसा प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको कारबाहीमा एक जना प्रभावशाली कमान्डरसहित ३५ तालिवानी लडाकूको मृत्युभएको यहाँको सेनाले जनाएको छ । पूर्वी क्षेत्रका सैनिक प्रवक्ता शिर अका फकिरीले शनिबार दिएको जानकारी अनुसार कपिसाको तगाव जिल्लामा तालिवानले आश्रयस्थल बनाउदै आएको क्षेत्रमा स्थल तथा हवाई आक्रमण गरी उनीहरूको गढ भत्काइएको थियो । “कारबाहीमा...
सुनको भाउ घट्याे

सुनको भाउ घट्याे

काठमाण्डौ, २६ कात्तिक । साताको पहिलो दिन आज सुनको भाउ आज घटेको छ । शुक्रबार काठमान्डाैंमा प्रतितोला ५६ हजारमा १ सयमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चादीँको मुल्य पनि घटेको छ आज चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । पूर्वका झापा, माेरड, सुनसरीमा भने अाज...
हर्न बजाएको निहुँमा मकवानपुरमा गोली चल्यो !

हर्न बजाएको निहुँमा मकवानपुरमा गोली चल्यो !

काठमाडौं, २६ कात्तिक ।  मकवानपुरको नेवारपानी भन्ने स्थानमा प्रहरीले हवाईफायर गरेको छ । शनिवार राती नेवारपानीका स्थानीयवासी हाँडीखोलमा बनभोज खाएर फर्कने क्रममा हेटौंडा महानगरपालिका–३ को राई टोलमा हर्न बजाएको भन्दै विबाद भएको थियो ।  विवाद बढ्दै गएपछी गाडी चालकलाई हातपात गरेपछि स्थिति नियन्त्रणमा लिन सात राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले नेवारपानीका स...
आजबाट नारायणगढ मुग्लिन सडक पटक-पटक बन्द हुने

आजबाट नारायणगढ मुग्लिन सडक पटक-पटक बन्द हुने

चितवन, २६ कात्तिक । नारायणगढ मुग्लिन सडक हुँदै गाडीमा यात्रा गर्नेहरुले आजदेखि बीच बीचमा बन्दको झन्झट पनि बेहोर्नु पर्ने छ । अल्लिा वर्षहरुमा दिनमा लगातार छ घण्टासम्म बाटो बन्द गरेर निर्माणको काम हुने गरेको यो खण्डमा आज आइतबारदेखि केही समय गाडी रोक्दै खुलाउँदै सडकको काम हुने भएको छ । अर्को सूचना नआउँदासम्म आज बिहान सात बजेदेखि दिउँसो चार बजेसम्म पटक पटक यो सडकमा गाडी बन्द हुने छ । ‘बिहान सात बज...
error: Content is protected !!