बर्दिबासमा ६ सय १६ डेंगुका बिरामी: नियन्त्रणमा सम्बन्धित निकायको पुगेन ध्यान

बर्दिबासमा ६ सय १६ डेंगुका बिरामी: नियन्त्रणमा सम्बन्धित निकायको पुगेन ध्यान

बर्दिबास, २५ कात्तिक । दुई महिनायता महामारीको रुप लिएको डेंगु अझै नियन्त्रण हुन सकेन बर्दिबासमा शुक्रबार सम्म ६ सय १६ डेंगुको बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यलय महोत्तरीले जनाएको छ । रोग नियन्त्रण महाशाखा काठमाडौंले जाडो सुरु भएसंगै डेंगु नियन्त्रण हुने बताए पनि तराई क्षेत्रमा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला जनस्वास्थ्य कार्यलय महोत्तरीका जनस्वास्थ्य निरीक्षक सन्तोष कुमार ठाकुरले...
गोंगबुमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोंगबुमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, २५ कात्तिक । राजधानीको गोंगबुमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार(हिजो) बेलुकी ७ बजे बा १ क ६९५० नम्बरको पानी ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँके, नेपालगंज घर भई गोंगबु बस्दै आएका २२ बर्षीय कृष्ण खड्काको  मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाइते भएका खड्काको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो । ट्याङकर चालकलाई महा...
नारायणगढ–मुग्लिन सडक आज सात घण्टा बन्द

नारायणगढ–मुग्लिन सडक आज सात घण्टा बन्द

चितवन, २५ कात्तिक । चितवनको नारायणगढ–मुग्लिक सडकखण्डअन्तर्गत सेतीदोभानमा रहेको जोखिमयुक्त ढुंगो पन्छाउन आज सात घण्टा सवारी बन्द हुने भएको छ । नारायणगढ–मुग्लिक सडक आयोजनाका अनुसार उक्त सडकखण्डको सेती दोभानमा खस्न लागेको चट्टान रहेकाले जोखिम बढेको भन्दै आज १० देखि ५ बजेसम्म सवारी रोकेर ढुंगा पन्छाउने काम गरिने छ । आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले वैकल्पिक सडक प्रयोग गर्न अनुरोधसमेत गर्नुभएको छ ...
बाँकेमा जनप्रतिनिधिमाथि घरमै गोली प्रहार

बाँकेमा जनप्रतिनिधिमाथि घरमै गोली प्रहार

बाँके, २४ कात्तिक । चुनावको मुखमा अज्ञात समूहले जनप्रतिनिधिमाथि गोली प्रहार गरेको छ। अज्ञात समूहले राप्ती–सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर वलीमाथि कोहलपुरमा गोली प्रहार गरेको हो। निर्माण व्यवसायी समेत रहेका वडा अध्यक्ष ओलीमाथि विहीबार राति कोहलपुरस्थित उनको निवासमा गोली प्रहार भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार ...
घुससहित कञ्‍चनपुर जिल्ला प्राविधिक कार्यालयका प्रमुख पक्राउ

घुससहित कञ्‍चनपुर जिल्ला प्राविधिक कार्यालयका प्रमुख पक्राउ

कञ्‍चनपुर, २४ कात्तिक । कञ्‍चनपुर जिल्ला प्राविधिक कार्यालयका प्रमुख केदार शर्मा छ लाख घुसको रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालयको टोलीले घुस लिदै गर्दा उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट नगद  ६ लाख रुपैयाँ सहित रु १४ लाखको चेकसमेत नियन्त्रणमा लिएकोछ। घुसको रकमसहित कर्मचार...
चार युवतीलाई भारत लान खोज्ने युवक पक्राउ

चार युवतीलाई भारत लान खोज्ने युवक पक्राउ

गौशाला, २४ कात्तिक । भारतको बाटो हुँदै कुबेत पठाइदिने प्रलोभन देखाएर एक युवाले चार युवतीलाई भारत लैजाँदै गरेको अवस्थामा महोत्तरी प्रहरीले गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका– ८ बस्ने सूर्यबहादुर कालिकोटेका छोरा २६ वर्षीय टेकबहादुर कालिकोटे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । पक्राउ परेका युवक कालिकोटेले सिन्धुपाल्चोक जिल्...
प्रधानमन्त्रीको आपत्तिपछि १८ दिनदेखि थन्काएर राखिएको चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण

प्रधानमन्त्रीको आपत्तिपछि १८ दिनदेखि थन्काएर राखिएको चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण

काठमाडौँ, २४ कात्तिक । लामो समयदेखि थन्किएर बसेको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमाणीकरण गरेकी छिन् । डा. गोविन्द केसीको माग अनुसार मन्त्रिपरिषदले पठाएको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति कार्यालयमा विगत १८ दिनदेखि थन्किएको थियो । मन्त्रिपरिषद्ले कात्तिक ६ गते पारित गरेको अध्यादेश सोही दिन राष्ट्रपति कार्यालयमा पठाइए पनि राष्ट्रपति भण्डारीबाट आज मात्रै प्...
हतियार नबुझाएपछि प्रहरीको निगरानी शुरु

हतियार नबुझाएपछि प्रहरीको निगरानी शुरु

रसुवा, २४ कात्तिक । निर्वाचन अवधिभर गाउँघरमा रहेको हतियार राज्यलाई बुझाउन आग्रह गर्दा बेवास्ता गर्ने स्थानीयवासीलाई नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर राखी हतियार बुझाउन आग्रह गरे पनि बेवास्ता गरेका कारण सूक्ष्म दृष्टिले निगरानी बढाइ हतियार खोजीको अनुसन्धान शुरु गरिएको हो । घरमा बन्दुक रा...
‘क्यानडा पठाइदिन्छु’ भन्दै ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ

‘क्यानडा पठाइदिन्छु’ भन्दै ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ

काठमाडौँ, २४ कात्तिक । कन्सल्टेन्सीको आवरणमा क्यानडा, टर्की, मकाउ लगायका देशहरुमा पठाइदिन्छौँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मित्रपार्कमा एक्सा वाई इन्टरनेसनल प्रालि नामक कन्सल्टेन्सी सञ्चालकहरु अशोक कुमार यादव र ईश्वरी शिवभक्ति यादव रहेका छन् । सप्तरी विष्णुपुरका यादव र रौतहटकी ईश्वरी शिवभक्ति यादवले रुपन्देही तिलोत्तमा नगरपालिका–८ का विवेश भुसाल सहित ४ ज...
चुनावमा हुने अधिक खर्चको श्रोत खोज्न सरकारलाई आयोगको निर्देशन

चुनावमा हुने अधिक खर्चको श्रोत खोज्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं, २४ कात्तिक । निर्वाचन आयोगले निर्वाचनमा हुने अधिक खर्च नियन्त्रण गर्ने दायित्व सरकारको भएको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन प्रचार अभियानमा अधिक खर्च भएको पाइएको स्विकार गर्दै नियन्त्रणका लागि अनुगमनको काममा तीव्रता दिन सरकारलाई पुनः सचेत पनि गराएका छन् । शुक्रबार काठमाडौंमा आयोजित उद्योगी/व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ने...
जर्नादन शर्मालाई लक्षित गरी बम प्रहार

जर्नादन शर्मालाई लक्षित गरी बम प्रहार

रुकुम, २४ कात्तिक । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा २ वटा बम प्रहार गरिएको हो । बम प्रहार भएपनि कुनै घटना भने हुन पाएन । चौरजहारी उपत्यकाको चुनावी सभा, घेरदैलो र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथि सडकमाथिबाट सुतली बम प्रहार भएक...
सुनकाे भाउ बढयाे

सुनकाे भाउ बढयाे

काठमाण्डौ, २४ कात्तिक । सुनको भाउ आज बढेको छ । हिजो बिहिबार प्रतितोला ५६ हजारमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चादीँको मुल्य भने स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मलेसियाका लागि नेपाली राजदूत विवादमा तानिए

मलेसियाका लागि नेपाली राजदूत विवादमा तानिए

काठमाडौं, २४ कात्तिक । मलेसियाका लागि नेपाली राजदूत निरन्जनमान सिंह बस्न्यात विवादमा तानिएका छन् । अवैधानिक  नेपाली कामदारलाई स्वदेश फर्कने प्रक्रिया महंगो बनाएपछि उनी विवादमा तानिएका हुन् । यस विषयमा दूतावासले सार्वजनिक सूचना प्रकाशित गरेपछि उनी विवादमा तानिएका हुन् । मलेसियामा  कार्यरत नेपाली श्रमिक तथा सघं–संस्थाहरु राजदूत बस्न्यातको कदम प्रति आपत्ति जनाएका छन् । राजदूतमाथि कमिशनको खेलमा प्र...
विषादी सेवनबाट एकको मृत्यु

विषादी सेवनबाट एकको मृत्यु

गौशाला, २४ कात्तिक । महोत्तरीे सोनमा गाउँपालिकामा विषादी सेवनबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका– ६ का ६० वर्षीय बुधन बिन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घरायसी विवादका कारण गएराति धानमा छर्किने रोगर नामक विषादी सेवन गरेका बिनको उपचारका क्रममा अञ्चल अस्पताल जनकपुरमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । यसअघि सम्सी स्वास्थ्य...
जनकपुरमा पेस्तोल र लागु औषससहित ५ जना पक्राउ

जनकपुरमा पेस्तोल र लागु औषससहित ५ जना पक्राउ

धनुषा, २४ कात्तिक । धनुषाको सवैलाबाट कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले भारतबाट ल्याउँदै गरेको कटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको हो । प्रहरीले सवैला नगरपालिका वडा नं.८ निवासी सकुर मियाँ र अनिल पासवानलाई पेस्तोलसहित पक्रउ गरेको हो । उनीहरुबाट एक थान पेस्तोल, एस.एल.आरमा लाग्ने तीन राउण्ड गोली र ज.८ प. ५०९६ नम्बरको मोटरसाईकल बरामद गरे...
जी मनी ट्रान्सले नेपालमा सेवा शुरु गर्दै

जी मनी ट्रान्सले नेपालमा सेवा शुरु गर्दै

काठमाडौं, २४ कात्तिक ।  जापानको  रेमिट्यान्स  कम्पनी  सिटी  एक्सप्रेस मनी  ट्रान्सफर र  कोरियन  कम्पनीको संयुक्त लगानीमा स्थापित जी मनी ट्रान्सले  नोभेम्बर  ११,  २०१७  बाट आफ्नो  सेवा शुरु गर्दैछ । दक्षिण कोरिया सरकारले यही जुलाई महिनामा प्राईभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन खुल्ला गरेको थियो । रेमिट्यान्स सेवा सञ्चालनको अनुमतिको लागि थुप्रै  कम्पनीहरुले आवेदन दिएकोमा  अनुमति...
सिस्नु, ढिँडो र कोदोको रोटीका भरमा उम्मेदवार

सिस्नु, ढिँडो र कोदोको रोटीका भरमा उम्मेदवार

गुल्मी, २४ कात्तिक । कार्तिक १६ गते मनोनयन दर्ता गरेर चुनावी प्रचारमा हिँडेदेखि नै गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य उमेदवार प्रदीपकुमार ज्ञवाली र सोही क्षेत्र प्रदेश ‘क’ का उमेदवार सुदर्शन वरालको साधारण जीवनशैली देखेर मतदता र उनिहरुसँगै खटिएका कार्यकर्ताहरु छक्क परेका छन् । नेता ज्ञवाली र बरालको चुनावी यात्राका क्रममा वलेटक्सार, वम्घा हुँदै हर्मिचौर अर्वेनी, पर्तिघाट, खड्गकोट , पार...
घरदैलेमा हिडेका प्रचण्डसँग स्थानीयले राखे यस्ता माग

घरदैलेमा हिडेका प्रचण्डसँग स्थानीयले राखे यस्ता माग

चितवन, २४ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताएका छन् । वाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारसमेत रहनुभएका दाहालले आज यहाँका मतदातासँगको भेटघाटका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् । आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका ला...
हतियारसहित उम्मेदवार पक्राउ

हतियारसहित उम्मेदवार पक्राउ

जनकपुरधाम, २४ कात्तिक । स्थानीय तहको निर्वाचनमा उम्मेदवार रहेका दुई जनासहित अन्य व्यक्तिलाई विभिन्न अपराधमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । धनुषा जिल्ला प्रहरी कार्यालयद्वारा आज पक्राउ गरी सार्वजनिक गरिएकामध्ये एकजना स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार र अर्को नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए । पक्राउ भएकामध्ये धनुषा जिल्ला गणेशम...
जिप र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

बाँके, २३ कात्तिक। नेपालगञ्जमा गएराति भएको सडक दुर्घटनामा परि एकजनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन् । नेपालगञ्जको कारकाँदो चोक नजिकै भे १ ज ७२८ नम्बरको जिपमा भे ६ प ३९६ नम्बरको मोटरसाइकल ठोक्किँदा बाँके जिल्ला कोहलपुर नगरपालिका–३ किरणनालाका ४२ वर्षीय टोपबहादुर बस्नेतको मृत्यु भएको छ । सडक पार गर्दै गरेको गाडीमा मोटरसाइकल ठोक्किएर मोटरसाइकलमा पछाडी सवार बस्नेत गम्भीर घाइते भई नर्सिङहोमम...
वाम गठन्धनको घोषणापत्र आज सार्वजनिक हुँदै

वाम गठन्धनको घोषणापत्र आज सार्वजनिक हुँदै

काठमाडौं, २१ कात्तिक । वाम गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि तयार पारेको चुनावी घोषणापत्र आज  सार्वजनिक गर्ने भएको छ । घोाषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको आफ्नो गाउँ आफैँ बनाऔँ,   नेपालको पानी जनताको लगानी, घरघरमा बिजुली जनजन जनमा सेयर जस्ता  नारालाई समावेश गरेको बताइएको छ । आगामी दश वर्षभित्र २० हजार मेगावाट विद्युत्, आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमी रेलमार्ग...
सुन्दरनगरीमा नेताका चर्का चुनावी नारा

सुन्दरनगरीमा नेताका चर्का चुनावी नारा

पोखरा , २० कात्तिक । राणाकालमा राज्यभित्रको राज्य रहेको कास्कीभन्दा पोखरा चर्चित छ यतिबेला। राजधानीबाट ९० माइलको हवाई दूरी रहेको पोखरा नेताहरुको रात्री बसाईको चर्चित गन्तव्य रहेपनि राजनीतिको केन्द्र बन्नै सकेन । राणाहरुकै राज्य भए पनि शक्तिकेन्द्रको रुपमा पाल्पा र व्यापारमा बाग्लुङ अनि बन्दीपुरको छायाँमा पर्‍यो, पोखरा। ७ हजार मिटर अग्ला ११ वटा हिमचुचुरासहितको कास्कीले पुष्पकमल प्रचण्ड ‘प्रचण्ड’...
सरकारी अधिकारीमाथि छानविन थाल्यो

सरकारी अधिकारीमाथि छानविन थाल्यो

काठमाडौं, २० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनमा २ सय जना उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन थालेको छ । अवकासप्राप्त र वहालवालासहित ठूलो संख्याका उच्च अधिकारीविरुद्ध अख्तियारले अनुसन्धान थालेको हो । सुरक्षा निकाय, सिंचाइँ, खानेपानी, सडक, भौतीक पूर्वाधार तथा यातायात, अर्थ, स्वास्थ्य मन्त्रालय अन्तर्गतका उच्च अधिकारीको सम्पत्ति छानविन थालेको स्रोतले जानकारी दिएक...
फोटो स्टुडियोमा नक्कली लाइसेन्सको धन्दा, दुई जना पक्राउ

फोटो स्टुडियोमा नक्कली लाइसेन्सको धन्दा, दुई जना पक्राउ

काठमाडौं, २० कात्तिक । नक्कली सरकारी कागजातहरु, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र र नेपाली सेनाका परिचयपत्र  बनाउने गिरोहका दुई सदस्यलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ्ग स्थायी घर भएका शालिकराम अधिकारी र संखुवासभाका यज्ञराज कार्की रहेका छन् । काठमाडौंको महराजगञ्जमा ‘कल्की फोटो स्टुडीयो’ सञ्चालन गर्दै आएका अधिकारीले स्टुडियोबाटै नक...
सर्वोच्चको आदेश लिएर विमान उडाउँदा दुर्घटना !

सर्वोच्चको आदेश लिएर विमान उडाउँदा दुर्घटना !

भैरहवा, २० कात्तिक । सोमबार दिउँसो नेपाल एयरलाइन्सको विमान परीक्षण उडानका क्रममा भैरहवा विमानस्थलमा दुर्घटनामा पर्‍यो । विमानभित्र रहेका पाइलटलाई भाग्यवस केही भएन । चालकको मुख्य सिटमा बसेका व्यक्ति थिए- निगमले अयोग्य ठहर्‍याएर बर्खास्त गरेका निपेन्द्र भट्टराई । काठमाडौंबाट आएको विमान भैरहवा विमानस्थलमा ल्याडिङ गर्ने क्रममा सामान्य दुर्घटनामा परेको हो । यस विमानका मुख्य चालक बरिष्ठ क्याप्टेन भट्ट...
समृद्ध राष्ट्र बनाउनु वाम गठबन्धनको लक्ष्य-प्रचण्ड

समृद्ध राष्ट्र बनाउनु वाम गठबन्धनको लक्ष्य-प्रचण्ड

चितवन, २० कात्तिक ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध राष्ट्र बनाउनुबाहेक वाम गठबन्धनको अरु कुनै लक्ष्य नरहेको स्पष्ट पारेका छन् । वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी जिल्ला शाखाले आज यहाँ अयोजना गरेको कार्यकर्र्ता प्रशिक्षणमा उनले भने“नयाँ केन्द्र निर्माण गरेर समृद्ध राष्ट्र बनाउन चाहेकाले, वाम गठबन्धनको त्यो भन्दा ठूलो लक...
युवकको लाश फेला

युवकको लाश फेला

गौशाला, २० कात्तिक । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका– ७ बस्ने रामपुकार यादवका छोरा १६ वर्षीय पुजन यादवको हत्या भएकोे अवस्थामा फेला पारिएको छ । यही कात्तिक १७ गते राति घरबाट हराएका युवक यादवको खोजतलाश गर्दै जाँदा गएराति १० बजे बलवा नगरपालिका– ११ स्थित अंकुशी खोलाको नहरको छेउमा रहेको सोगारथ महतोको धानखेतमा हत्या गरी फालिएको अवस्थामा शव फेला पारेको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बता...
नेपाल एयरलाइन्सको विमान दुर्घटना

नेपाल एयरलाइन्सको विमान दुर्घटना

काठमाण्डौ, २० कात्तिक । भैरहवाको गौतम वुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ । उडानको क्रममा धावन मार्गमा जहाजको पांग्रा पन्चर हुँदा जहाज दुर्घटनाग्रस्त भएको हो । आर ए नाइन एन ए के एस नम्बरको जहाज भैरहवाबाट यात्रु लिएर करिब साढे १२ बजे राजधानी जाँदै थियो । दुर्घटनाबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । धावनमार्गमा रोकिएको जहाज हटाउने क्रममा रहेकाले अहिले विमानस्थल बन...
भेटिए नयाँ २० ग्रह, जहाँ सम्भव हुनसक्छ मावन जीवन

भेटिए नयाँ २० ग्रह, जहाँ सम्भव हुनसक्छ मावन जीवन

वासिङटन, २० कात्तिक । ब्रम्हाण्डको रहस्यको खोजी गरिरहेका वैज्ञानिकहरुले जीवन सम्भव हुनसक्ने २० ग्रह पत्ता लगाएका छन् । नासाको केपलर टेलिस्कोपबाट पाइएको विवरणअनुसार सौर्य मण्डलभन्दा बाहिर रहेका २० ग्रहहरुमा जीवन सम्भव रहेको हुनसक्ने पाइएको हो । अहिले सार्वजनिक गरिएको विवरणअनुसार उक्त ग्रहहरुमा एलियनहरु पनि रहेको हुनसक्ने बताइएको छ । नयाँ ग्रहको विषयमा पाइएको यस किसिमको विवरणको कारण वैज्ञानिकहरु ...
वामगठबन्धनसँग भट्टराईले मागे २८, कांग्रेसबाट पाए एक सिट

वामगठबन्धनसँग भट्टराईले मागे २८, कांग्रेसबाट पाए एक सिट

लोकतान्त्रिक गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले चुनावी तालमेलमा पञ्चायती पृष्ठभूमिका राप्रपा र राप्रपा (प्रजातान्त्रिक) लाई जत्तिपनि महत्व नदिएको देखिएको छ। वामगठबन्धनसँग प्रत्यक्षतर्फ प्रतिनिधि सभामा २८ सिट माग गरेका भट्टराई कांग्रेससँगको तालमेलमा भने एक सिटमा चित्त बुझाउन बाध्य भएका छन्। प्रतिनिधि सभामा दुवै राप्रपालाई ८ स्थानमा सहयोग गरेको नेपाली कांग्रेसले नयाँशक्तिका संयोजक भट्टराईल...
दुम्सी मार्न थापेको धरापमा परिन् महिला

दुम्सी मार्न थापेको धरापमा परिन् महिला

पाल्पा, २० कात्तिक । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५, मुझुङस्थित दुम्सी मार्न थापेको धरापमा एक महिला परेकी छन् । मुझुङस्थित छेउखानकी २४ वर्षीया चिना बुढाथोकी धरापमा परी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय मुझुङका प्रमुख रेशमराज जिसीले जानकारी दिनुभयो । चिनाको पाल्पामा उपचार हुने सम्भावना नदेखिएपछि काठमाडौँको बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको छ । स्थानीय बासिन्दा तुलबहादुर बु...
error: Content is protected !!