धनकुटामा १७ बर्षीया किशोरीले जन्माईन पेट बाहिरै आन्द्रा भएको बच्चा (भिडियोसहित)
धनकुटा, ६ कात्तिक । धनकुटा अस्पतालमा आज पेट वाहिरै आन्द्रा भएको बच्चा जन्मिएको छ । धनकुटा–७ तुलसीकुवा टोलकी १७ बर्षीया रमा लिम्बुले पेट बाहिरै आन्द्रा भएको बच्चा जन्माएकी हुन् ।
सुत्केरी वेथा लागेपछि बिहान करिव ४ बजे उनलाई जिल्ला अस्पताल ल्याईएको थियो । अस्पताल ल्याईएको केही समयपछि नै उनले पेट बाहिर आन्द्रा निश्किएको छोरी जन्माएको धनकुटा अस्पतालकी नर्सिङ ईन्चार्ज सिला सुब्बाले संगालोखबरलाई जानकार...












