एजेन्सी, २ असोज । भारतको उडिसाको भद्रक शहरमा एक व्यक्तिले आफ्नो एक वर्षको छोरोलाई हालसालै २५ हजार भारुमा एक निःसन्तान दम्पत्तिलाई बेचीदिएका छन् ।

Advertisement

छोरो बेचेर प्राप्त भएको रकमबाट उनले एउटा मोबाइल फोन, केही गहना र कपडा किनेका छन् । साथै, बाँकी रहेको पैसा रक्सीमा खर्च गरेका छन् ।

घटना बाहिर आएपछि प्रहरीले पान्डिया मुखी नाम गरेका उक्त व्यक्ति र उनको छिमेकी बलराम मुखीलाई गिरफ्ता गरेको छ । प्रहरीले यो घटनामा बच्चा बेच्ने कार्यको मध्यस्तता गर्ने बिचौलियालाई पनि पक्राउ गर्ने तयारी गरिरहेको छ । जिल्ला बाल कल्याण कार्यालयले बच्चालाई बचाए उनको आमासम्म फिर्ता ल्याउन सफल भएको छ ।

भद्रकका प्रहरी अधिकारी अनूप साहूका अनुसार घटनामा संलग्नहरुलाई पक्राउ गरी उनीहलाई अदालतमा पेश गरिएको छ। उनीहरुलाई जेल सजायँ सुनाइएको छ । बच्चा र बच्चाको आमालाई अहिले एक सुधार गृहमा राखिएको बीबीसीले जनाएको छ ।

बालक खरिदकर्ताले केही वर्षअगाडि आफ्नो सन्तान दुर्घटनामा गुमाएका थिए । हाल निसन्तान रहेका सोमनाथ सेठीले विचौलियालाई कुल ४५ हजार तिरेका थिए, जसमध्येबाट बच्चाको पिताले २५ हजार पाएका थिए ।

बच्चाको पिताले २५ हजारबाट २ हजार रुपैयाँ बच्चाको मामा बलरामलाई दिएर बच्चा बेच्न राजी बनाएका थिए । बच्चाका पिताले प्रहरीको अनुसन्धानको क्रममा आफूले पैसाको लागि नभए बच्चाको उज्ज्वल भविष्यको लागि बेचेको बताएको प्रहरीले जनाएको छ । यद्यपि उनका छिमेक र चिन्नेजान्ने मानिसहरुले रक्सीको लागि उनले यस्तो घिनलाग्दो काम गरेको आरोप लगाएका छन् ।

बच्चाको आमाले सोधपुछको क्रममा बच्चा बेचिएकोबारे आफूलाई केही थाहा नभएको र आफ्नो लोग्नेले ढाँटेर यस्तो काम गरेको पछि थाहा भएको बताइन् ।

उनले आफ्नो पतिले दुवै बच्चालाई नुहाइदिन भनेको र नुहाएपछि लिएर हिँडेको जानकारी दिइन् । नयाँ मोबाइल र सामग्री ल्याएपछि शंका लागेर सोध्दा बच्चा एकदम राम्रो ठाउँमा रहेको जानकारी पतिले दिने गरेको उनको स्पष्टीकरण थियो । उनले भाव विह्वल हुँदै भनिन्, ‘म मेरो बच्चालाई पाल्न सक्छु, मेरो लोग्नेलाई जसरी पनि कार्बाही होस् ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!