एजेन्सी । अमेरिकाकी एक २४ वर्षीया युवतीले ६८ वर्षे श्रीमान् आफ्नै हजुरबुवा भएको थाहा पाएपछि चकित परेकी छिन् ।

गत तीन महिनादेखि विवाह सम्बन्धमा रहेका ती जोडीले मायमीको गोल्डेन बीचस्थित फ्लोरिडामा रहेको उनको घरमा भएको पुरानो फोटो एल्बम हेर्दा आफूहरु हजुरबुवा नातिनी भएको थाहा पाएको बताएका छन् ।

Advertisement

उक्त एल्बममा उनका श्रीमानको पहिलो विवाहबाट जन्मिएका सन्तानहरुको फोटो थियो । ती फोटोमध्ये एउटामा युवतीका आफ्नै बुवाको फोटो भएकमो फ्लोरिडा सन पोष्टले बतायो ।

ती वृद्धका अनुसार पहिलो श्रीमतीले छोडेर अपरिचित ठाउँमा गएपछि उनले आफ्ना सन्तानलाई कहिले पनि देख्न पाएनन् । ‘यत्तिका वर्षसम्म मैले उनलाई कतै पनि भेट्न सकिनँ,’ उनले भने ।

उनले आफ्नी पूर्व श्रीमती र सन्तानहरुको खोजी गर्न नीजि अनुसन्धानकर्ताहरुलाई पनि नियुक्त गरेको तर उनीहरुले पनि श्रीमती र सन्तानबारे केही पत्ता लगाउन नसकेको दाबी गरे ।

उनले त्यसपछि पुनः विवाह गरे जसबाट उनका थुप्रै सन्तान भए । तर दोस्री श्रीमतीसँगको सम्बन्ध पनि विच्छेद भएपछि उनी आर्थिक रुपमा दुर्बल भए ।

तर भाग्यको खेल, त्यसको दुई वर्ष पछि उनले चिट्ठामा हज्जारौं मिलियन डलर जित्न सफल भए । सन् २०१५ मा ती वृद्धले आफ्नो लागि नयाँ श्रीमती खोज्ने निर्णय गरे । स्थानीय डेटिङ एजेन्सीसँग समन्वय गरी उनले नयाँ श्रीमतीको खोजी गर्न सुरु गरे ।

‘उनीहरुसँग थुप्रै राम्रा महिलाहरुको वेबसाइट र प्रोफाइल थियो तर उनको फोटो देखेपछि मलाई अर्कै महसुस भयो । उनी मसँग परिचित छिन् जस्तो लागेको थियो ।’

‘उनी रेष्टुरेन्टभित्र छिर्ने बित्तिकै मैले उनलाई विवाह गर्ने निर्णय गरिसकेको थिएँ,’ उनले थपे । उक्त भेटमा उनीहरुले आफ्नो परिवार बारे निकै संक्षिप्त कुराकानी गरेको बताए ।

कुराकानीकै क्रममा उनले थाहा पाए कि ती युवतीलाई उनका बुवा (वृद्धका छोरा) ले गर्भवती भएका कारण घर निकाला गरिदिएका थिए । त्यसपछि उनले ती धनी वृद्धासँग विवाह गरेर आफ्नो बाँकीको जिन्दगी उनैसँग बिताउने निर्णय गरेको उनले बताइन् ।

‘मेरो दुईवटा विवाह टुटिसकेको छ । तेस्रो विवाह नटुटोस् भनेर कटिबद्ध छु,’ उनले भने । ‘जब मैले मेरो बुवालाई फोटोमा देखें । म निकै निराश भएँ ।

यद्यपी, हामीबिचको सम्बन्ध यति गहिरो भइसकेको छ कि यो कुराले हामीलाई छुटाउन सक्दैन,’ ती युवतीले भनिन् । उनीहरुबिचको सम्बन्ध स्पष्ट भएपनि उनीहरु सँगै बसिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!