एजेन्सी, ३१ भदौ । शीर्षक पढेर अचम्ममा पर्नुभयो होला होइन ? तर यो खबर विल्कुलै सत्य हो । चीनले ठूलो मात्रामा अफ्रिकाबाट गधा खरिद गरिरहेको छ ।

Advertisement

चीनले हरेक वर्ष अफ्रिकी देशहरुबाट लाखौँको संख्यामा गधा आयात गर्दछ । आखिर यसरी खरिद गरेका लाखौँ गधासँग चीनको साइनो के छ ? के गर्छ उसले यसरी भित्राइएका गधालाई ? कारण यस्तो छ ।

चीनमा हरेक वर्ष ४० लाख गधाको आवश्यकता पर्दछ । यति ठूलो संख्याको आवश्यकता देशभित्रको उत्पादनले मात्र पूरा हुने कुरा भएन । त्यसैले अफ्रिकाबाट खरीद गर्दछ । ती मध्ये अधिकांस नाइजर र बुर्किनाफासोबाट ल्याइन्छ ।

यसरी भित्राइएका गधाहरुलाई चीनमा औषधि बनाउन प्रयोग गरिन्छ । वास्तवमा चीनले गधाको छालाबाट एक परम्परागत औषधिको उत्पादन गर्दछ । उक्त औषधिको नाम टिसिएम हो ।

यो औषधि बनाउनका लागि गधाको छालाबाट निस्कने गिलेटिनको प्रयोग हुन्छ । चीनमा यो औषधिको उच्च माग छ । हरेक वर्ष झण्डै ५ हजार टन टिसिएम औषधिको उत्पादन गर्दछ चीनले ।

यो औषधिको प्रयोग चीनमा रुघाखोकी, रक्तअल्पता तथा अनिद्रा जस्ता रोगको उपचारमा गरिन्छ । साथै फेसक्रिममा पनि यसको प्रयोग गरिएको हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!