- रबिन कटेल/संगालोखबर

धनकुटा। जिल्ला कारागार धनकुटामा डेढबर्ष थुनामा बसेपछि निर्दोश सावित भएर पाँच जना थुनुवा जेल मुक्त भएका छन । धनकुटाको फलाटेको एक घरमा लुटपाट गरेको अभियोगमा पक्राउ परी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाईएका तीन पुरुष र दुई महिला १८ महिना कारागारमा बसेपछि निर्दोश साबित भएका हुन ।

निर्दोश ठहरिएर थुनामुक्त हुनेमा धनकुटाको पाख्रीवास–११ का मोहन बस्नेत, सोही स्थानका मोहन कार्की, ईलाम नयाँ बजार–९ का रञ्जु भनिने रणमाया राई, हिमाल भनिने टंक बहादुर खड्का र ईलाम जोगमाई–२ की मनु अधिकारी छन ।

Advertisement

२०७२ साउन ३१ गते राति फलाटेको एक घरमा गर-गहनासहित बिभिन्न सामग्री लुटपाट भएको थियो । सोही लुटपाटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

धनकुटा जिल्ला कारागार । तस्वीर-संगालोखबर

पक्राउ पछि जिल्ला अदालत धनकुटामा डाका मुद्धा दायर गरिएका उनीहरुलाई अदालतले ०७२ मंसिर २४ गते आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठायो ।

तर, आरोप प्रमाणीत नभएपछि अदालतले उनीहरुलाई डेढ बर्ष पछि गत बुधवार थुनामुक्त गर्न आदेश जारी गरेको हो । १८ महिना  थुनामा बसेका थुनुवालाई अदालतले निर्देश ठहर गर्र्दै सफाई दिएपछि थुनामुक्त गरिएको जिल्ला कारागार धनकुटाका प्रमुख ईश्वरी प्रसाद रेग्मीले जानकारी दिए ।

अदालतको आदेश ढिला भएकाले उनीहरु लामो समयसम्म कारागारमा बस्नुपरेको रेग्मीले बताए । यता थुनामुक्त भएका टंक बहादुर खड्काले बिना गल्ति लामो समयसम्म सजाय भोग्न बाध्य बनाईएको भन्दै दु:ख ब्यक्त गरेका छन ।

‘बिना गल्ति यत्रो समयसम्म जेल जीबन बिताउँनु पर्यो ।’ कारागार मुक्त भएपछि खड्काले भने ‘ढिलै भएपनि सत्यको जित भएको छ, यसमै सन्तोक मान्छौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!