धनकुटामा बढ्यो दशैंको चहलपहल (फोटो फिचर)
धनकुटा । धनकुटामा दशैंको चहलपहल सुरु भएको छ । घटस्थापनादेखि नै गाउँघरबाट किनमेल गर्न आउने ग्राहकको भीड बढ्दै गएपछि व्यापारी उत्साहित भएका छन् । यस्तै गाउँघरबाट खसीबोका बेच्न आउने व्यापारीहरू पनि बढिरहेका छन् ।
गत वर्षको तुलनामा यसपटक धनकुटामा दशैंको चहलपहल बढेको स्थानीय विक्रम पौडेलले बताए । केहिदिन अघिको अविरल वर्षाले केही असहज परिस्थिति निम्त्याए पनि विस्तारै जनजीवन सामान्य बन्दै गएको उनको ...






























