निर्वाचनको मिति सार्न मुसलमान समुदायको आग्रह

निर्वाचनको मिति सार्न मुसलमान समुदायको आग्रह

पर्सा। स्थानीय तह दोस्रो चरण निर्वाचनको मिति सार्न पर्साका मुसलमान समुदायले सरकारसँग आग्रह गरेको छ । राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धन पर्साले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति सार्न अनुरोध गरेका हुन् । गठबन्धन पर्साका अध्यक्ष अब्दुलखैर अन्सारीले प्रजिअ केशवराज घिमिरेमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा यही जेठ १३ गतेदेख...
माओवादी केन्द्रः चार नगरपालिकामा प्रमुख–उपप्रमुख उम्मेदवारको टुङ्गो

माओवादी केन्द्रः चार नगरपालिकामा प्रमुख–उपप्रमुख उम्मेदवारको टुङ्गो

इलाम । स्थानीय तहको दोस्रो तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) इलामले चार नगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार तय गरेको छ । माओवादी केन्द्रले नगरपालिका प्रमुखमा छविलाल आचार्य र उपप्रमुखमा प्रेमकुमारी गुरुङ तथा देउमाई नगरपालिका प्रमुखमा रामकुमार राई र उपप्रमुखमा शान्ता बस्नेतलाई उम्मेदवार चयन गरेको प्रचारप्रसार विभाग प्रमुख जीवन शर्माले बताउनुभयो । यस्तै सूर्योदय नगरपा...
चाँगुनारायणः दुई वडामा एमाले विजयी

चाँगुनारायणः दुई वडामा एमाले विजयी

भक्तपुर। मतगणना रोकिएको छ दिनपछि सहमतिका आधारमा पुनःमतगणना भएको चाँगुनारायण नगरपालिकाका दुई वडामा नेकपा(एमाले)को समूह विजयी भएको छ । आज बिहान सार्वजनिक भएको मतपरिणामानुसार चाँगुनारायण–४ मा बुद्धलाल महर्जनको समूह विजयी भएको छ । महर्जनले एक हजार २६९ उहाँका निकटतम प्रद्विन्द्वी नेपाली काँग्रेसका गोपाल पोखरेलले ८९९ मत प्राप्त गर्नुभएको छ । विजयी हुने महिला सदस्यमा सपना तामाङ, दलित महिला सदस्य ...
उच्च रक्तश्रावका कारण गर्भवतीको मृत्यु

उच्च रक्तश्रावका कारण गर्भवतीको मृत्यु

जुम्ला । उच्च रक्तश्रावका कारण तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी एक महिलाको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीया ज्ञानु भट्टराई छन् । भट्टराईलाई बिहीबारदेखि व्यथा लागेको र तत्काल अस्पताल आउन नमानेका कारण शुक्रबार उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको मृतकका श्रीमान् जग्गीप्रसादले जानकारी दिनुभयो । भट्टराईलाई जुम्ला अस्पताल पु¥याउँदै गर्दा मृत्यु भ...
काममा समन्वय नहुँदा जनतालाई सास्ती

काममा समन्वय नहुँदा जनतालाई सास्ती

जनकपुरधाम। एकीकृत सहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काममा समन्वय नगर्दा जनताले खानेपानी, टेलिफोन र विद्युत्को सास्ती महिनौँदेखि भोग्नु परिरहेको छ । आयोजनााले समन्वय गरी काम नगर्दा टेलिफोनको अप्टिकल फाइवरलाई क्षति पु¥याई डेढ हजार जनालाई सञ्चारविहीन बनाएको र बन्द भएको टेलिफोन मर्मत हुने वा नहुने अन्योलको अवस्था सिर्जना भएको छ । नेपाल टेलिकम जनकपुर कार्यालय प्रमुख नारायण का...
खोटाङमा माओवादी केन्द्रबाट प्रमुख पदमा पाँच महिला उम्मेदवार

खोटाङमा माओवादी केन्द्रबाट प्रमुख पदमा पाँच महिला उम्मेदवार

खोटाङ । नेकपा (माओवादी केन्द्र)ले खोटाङका पाँच स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाएको छ । माओवादी केन्द्रका अनुसार जिल्लाका रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा पूर्वसांसद दुर्गाजयन्ती राई, लामीडाँडा गाउँपालिकामा डा चेतकुमारी गुरुङ, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाइली, बराहपोखरी गाउँपालिका प्रमुखमा निशाना राई र जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणा राईलाई उम्मेदवार बनाइएको छ । ...
धनकुटाको मजुवामा ट्रिफर दुर्घटना

धनकुटाको मजुवामा ट्रिफर दुर्घटना

धनकुटा। धनकुटाको छथर गाउँपालिका–६ स्थित मजुवामा आज अपरान्ह ट्रिफर दुर्घटना हुँदा चालक घाईते भएका छन । निगालेबाट गिटी लिएर सिधुवातर्फ आउँदै गरेको ना.३ ख.७५८३ नम्बरको ट्रिफर मजुवामा पल्टिदा ट्रिफर चालक सिधुवाका २८ बर्षीय पारस राई घाईते भएका हुन । घाईते राईलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । सिधुवा स्थित निगाले सिमेन्ट उद्योगका लागि गिटी लिएर आउँदै...
महानगरपालिकामा एमाले विजयी

महानगरपालिकामा एमाले विजयी

पोखरा। पोखरा लेखनाथ महानगरपालिकाका प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार ११८ मत ल्याई विजयी हुनभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गर्नुभएको छ । यसैगरी महानगरपालिका उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४४८ मत ल्याई विजयी हुनुुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत प्राप्त गर्नुभएको छ ।
जथाभावी बाटो काट्नेलाई दुईसय जरिवाना

जथाभावी बाटो काट्नेलाई दुईसय जरिवाना

काठमाडौ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई रु २०० जरिवाना गर्ने भएको छ । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौँ उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जथाभावी बाटो...
चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ

चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ

मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३ हैबुङबाट चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ परेका छन् । मेलम्ची नगरपालिका भोटेचौरका भीमबहादुर तामाङको बा८३प ९४३० नंको २२० सिसीको पल्सर मोटरसाइकलसहित मेलम्ची नगरपालिका–११ कटुञ्जेका२२ वर्षीय राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मेलम्ची इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गानाका अनुसार पक्राउ परेका तामाङलाई बिहीबार ...
कामपा–११ मा काँग्रेस र १२ मा एमाले विजयी

कामपा–११ मा काँग्रेस र १२ मा एमाले विजयी

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ र १२ को मत परिणाम सार्वजनिक भएको छ । जसमा ११ नम्बर वडाको अध्यक्ष पदमा नेपाली काँग्रेसका हीरालाल तण्डुकार एक हजार १८० मत प्राप्त गरी विजय हुनुभएको छ । त्यस्तै महिला सदस्यमा आशा श्रेष्ठ रौनीयार, दलित महिला सदस्य यशोमती परियार, खुल्ला सदस्यमा दिनेश राउत क्षेत्री र सरोजकुमार मुल्मीले विजय हासिल गर्नुभएको छ । वडा नं १२ मा एमाले विजयी यस्तै वडा नं १२ क...
प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना

प्रतिस्पर्धी बन्दै भरतपुर महानगरको मतगणना

चितवन । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतर्फ गइरहँदा थप प्रतिस्पर्धी बन्दै गएको छ । आज मध्यान्हसम्म झन्डै ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेकोमा गणना गर्न बाँकी करिब २२ हजार मत छ । हालसम्म नेकपा (एमाले)का देवी ज्ञवाली करिब एक हजार ६०० ले अगाडि हुनुहुन्छ । उपप्रमुखमा भने का...
दुर्लभ भाले घडियाल गोही म¥यो

दुर्लभ भाले घडियाल गोही म¥यो

रत्ननगर ९,चितवन। चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदीमा बस्दै आएको घडियाल गोही महाजालमा अड्किएर मरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार चितवनको गोलाघाट क्षेत्र आसपासमा बस्दै आएको एकमात्र वयस्क भाले घडियाल गोही जालमा अड्किएर मरेको हो । विश्वमा घडियाल गोहीलाई दुर्लभ मान्ने गरिन्छ । खोरिया मुहान क्षेत्रमा जालमा अड्किएर मरेको अवस्थामा दुर्लभ गोही फेला पार...
मटितेल छर्केर आगो लगाउँदा ज्यान गयो

मटितेल छर्केर आगो लगाउँदा ज्यान गयो

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जिउमा आगो लगाउँदा एक महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ । आगोबाट पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले...
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दहमा डुबेर मृत्यु

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दहमा डुबेर मृत्यु

रसुवा। गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक यात्रुको आज बिहान निधन भएको छ । प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार निधन हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की टोलकी ४० वर्षीया रोजीना कार्की हुनुहुन्छ । उहाँ आफन्तजनसँग तीन दिनअगाडि तीर्थ गर्न जानुभएको थियो । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा उहाँको नीलकण्ठ दहमा डुबेर निधन भएको थियो । शव दहब...
मतदातालाई धन्यवाद दिन जाँदा गाउँपालिका अध्यक्ष सवार मोटरसाईकल दुर्घटना

मतदातालाई धन्यवाद दिन जाँदा गाउँपालिका अध्यक्ष सवार मोटरसाईकल दुर्घटना

धादिङ (मलेखु)। निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ आज मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएको छ । गल्छी गाउँपालिका–४ तर्फ कच्चीबाटोमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिव पौडेल पनि घाइते हुनुभएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ । घाइतेको बैरेन...
जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

नुवाकोट । नुवाकोटमा जङ्गली च्याउ खाएर मेघाङ– ३ देउरालीका पाँचजना विरामी भएका छन् । बिरामी हुनेमा वीरबहादुर तामाङ, उहाँको श्रीमती सुमित्रा तामाङ र छोरा कमला तामाङ रहेका छन् । सोही च्याउ खाएर छिमेकी घरका शुकुमाया तामाङ र उनको नातिनी चाँदनी तामाङ पनि बिरामी परेको देउराली प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धनञ्जय मिश्रले जानकारी दिनुभयो । बिरामीमध्ये वीरबहादुर, सुमित्रा र शुकुमायाको अवस्था गम्भीर...
१६ जिल्लामा स्थानीय तहको सीमा र संख्या हेरफेर

१६ जिल्लामा स्थानीय तहको सीमा र संख्या हेरफेर

काठमाडाै‌। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नतिसहितको विवरण बिहीबार निर्वाचन आयोगलाई बुझाएको छ । मन्त्रालयका सचिव दिनेश थपलियाले सम्पूर्ण विवरण आयोगलाई बुझाउनुका साथै राजपत्रमा छाप्नका लागि पठाइसकिएको बताए । राजपत्रमा प्रकाशित भएपछि नयाँ स्थानीय तहहरू कार्यान्वयनमा आउनेछन् । स्थानीय तहको कुल संख्या अब ७ सय ४४ बाट बढेर ७...
दुलही नलगेपछि दुलाहासहित जन्ती गाउँलेको कब्जामा

दुलही नलगेपछि दुलाहासहित जन्ती गाउँलेको कब्जामा

बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध–विच्छेद) दिएका छन् । भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन् । मुस्लिम परम्पराअनुसार बुधबार राति निकाह (विवाह) सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैक...
घुस लिँदालिँदै जिल्ला शिक्षा अधिकारी र इन्जिनियर पक्राउ

घुस लिँदालिँदै जिल्ला शिक्षा अधिकारी र इन्जिनियर पक्राउ

पर्सा। भवन निर्माणको बिल फछ्र्यौट गरेबापत घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका वडा नं १ मा अवस्थित जिल्ला शिक्षा कार्यालयबाट आज अपराह्न घुस रकम लिँदै गरेको अवस्थामा आयोगको कार्यालय काठमाडौँबाट आएको टोलीले जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर झालाई र...
प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई

प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय निर्वाचन सफल भएकोमा प्रधानमन्त्रीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज साँझ टेलिफोन गरी प्रधानमन्त्री मोदीले निर्वाचनप्रति खुसी व्यक्त गर्दै बधाई दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीले देशलाई स्थानीय तहको निर्वाचनमार्फत शान्ति, सुशासन र ...
मलेसियामा अलपत्र ५१ नेपालीको उद्धार

मलेसियामा अलपत्र ५१ नेपालीको उद्धार

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले पेकेनेनास जोहरबारु घरफिर्ती केन्द्रमा अलपत्र परेका ५१ नेपाली कामदारको उद्धार गरेको छ । नेपाली दूतावास क्वालालम्पुरको टोलीले गत वैशाख २६ गते घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई उद्धार गर्ने उद्देश्यले भेटघाट गरेको थियो । केन्द्रबाट हवार्इ टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका सिन्धुली, सुनसरी, बागलुङ, पाँचथर, रौतहटलगायत जिल्लाका ५१ जनालाई उद्धार गरी दूत...
स्थानीय चुनाव आयो (कबिता)

स्थानीय चुनाव आयो (कबिता)

स्थानीय चुनाव आयो.....परिवर्तन रमाईलो गरायो । दुईदशक स्थानीय चुनाव खाली थियो बल्ल-बल्ल पहिलो चुनाब संविधानले दियो नयाँ हाम्रो संविधानले परिवर्तन ल्यायो दरवारको अधिकार गाउँ सहर आयो स्थानीय चुनाव आयो.....परिवर्तन रमाईलो गरायो । दलित छानौ अल्पसंख्यक महिलालाई छानौ चुनाव चिन्ह कुन चाहि हो अरुवाट जानौ शान्त स्वभाव बिवेकशिल शान्त छवि भाको आजसम्म समाजको सेवा गर्दै आको स्थानीय चुनाव आयो...
मधेसकेन्द्रित दलबीच निर्वाचनमा साझेदारीबारे छलफल

मधेसकेन्द्रित दलबीच निर्वाचनमा साझेदारीबारे छलफल

काठमाडौँ। मधेसकेन्द्रित प्रमुख तीन दलले स्थानीय तहको निर्वाचनमा साझेदारी गर्नेबारे बहस सुरु गरेका छन् । आगामी जेठ ३१ मा हुने स्थानीय तहको निर्वाचनमा कसरी सहकार्य गरेर जाने भन्नेबारे राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल लोकतान्त्रिक फोरम र सङ्घीय समाजवादी फोरम नेपालबीच आज छलफल भएको हो । भक्तपुरको सानोठिमीस्थित राजपा नेता महन्थ ठाकुरको निवासमा आज अबेरसम्म भएको तीन शीर्ष नेताको छलफलले कुनै निष्कर्ष...
कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी

कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी

कैलाली । नेपाली कांँग्रेस जिल्ला पार्टी कार्यालयमा आज असन्तुष्ट पक्षले ताला लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निकटकालाई मात्र एकलौटी रुपमा टिकट वितरण गरिएको र पार्टीमा लामो समयदेखि योगदान दिएको भन्दा योगदान नदिएका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बनाएको भन्दै तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ । धनगढी उपमहानगरपालिका–१ बाट अध्यक्षका आकाङ्क्षी उम्मेदवार कृष्णबहा...
सुनसरीमा भएका छुट्टा-छुट्टै घटनामा दुईको मृत्यु

सुनसरीमा भएका छुट्टा-छुट्टै घटनामा दुईको मृत्यु

इटहरी। सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा आज दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भारत बेगुराई बागोर घर भई हाल सुनसरीको इनरुवा–२ स्थित चप्पल कारखानामा कार्यरत २५ वर्षीय मेहम्मद नाजिम अन्सारीको आज बिहान सोही घरको छतबाट झरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी भोक्राहामा बा ४ ख ५२५५ नंको बसले एक पुरुषलाई ठक्कर दिँदा उ...
निजामती कर्मचारी युनियनद्वारा तलब वृद्धि गर्न माग

निजामती कर्मचारी युनियनद्वारा तलब वृद्धि गर्न माग

काठमाडौँ। नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले कर्मचारीको मनोबल उच्च बनाउन र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्न समयसापेक्ष रुपमा कर्मचारीका तलब वृद्धि हुनुपर्ने माग गरेको छ । सङ्घको केन्द्रीय पदाधिकारी टोलीले आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई उहाँकै कार्यकक्षमा भेटी कर्मचारीको तलब, उपदान, निवृत्तिभरण, जीवन बिमालगायत सेवासुविधा वृद्धि गर्न गर्न माग गरेको हो । ...
धनकुटा नगरमा एमालेका उम्मेदवार घोषणा (नामावली/भिडियोसहित)

धनकुटा नगरमा एमालेका उम्मेदवार घोषणा (नामावली/भिडियोसहित)

धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बुधबार धनकुटा नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । दोस्रो चरणमा जेठ ३१ गते हुन लागेको निर्वाचनका लागि एमालेले नगरपालिकाको मेयर, उप–मेयरसहित १० वटै वडाका ५२ जना उम्मेदवार घोषणा गरेको हो । एमालेले धनकुटा नगरको मेयरमा चिन्तन तामाङ्गलाई उठाएको छ । त्यस्तै उप–मेयरमा सकुन्तला बस्नेतलाई उम्मेदवार बनाईएको छ । एमालेले १ नम्बर वडा अध्यक्षमा निरेन ता...
पुल बनाउने मजदुरको करेन्ट लागेर मृत्यु

पुल बनाउने मजदुरको करेन्ट लागेर मृत्यु

सुरुङ्गा (झापा)। करेन्ट लागेर झापाको गौरीगञ्ज गाउँपालिकामा एक भारतीय नागरिकको मङ्गलबार बेलुका मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका–६ स्थित रामचन्द्र खोलाको पुल बनाउने मजदुर भारत घर भएका २० वर्षीय अर्पण मेचेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मेचेलाई ढलान मेसिन बन्द गर्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि लाइफला...
झापामा लिचीको दाना अड्किएर बालकको मृत्यु

झापामा लिचीको दाना अड्किएर बालकको मृत्यु

सुरुङ्गा (झापा) । लिचीको दाना अड्किएर आज झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ प्रजापति निवासी टेकनारायण बुढाथोकीका तीन वर्षीय छोरा रोशन रहेको पशुपति प्राथमिक विद्यालयका शिक्षक खेम कार्कीले जानकारी दिनुभयो । उनी सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत रहेको बताइएको छ ।
अब १३ स्थानीय तहको मतपरिणाम आउन बाँकी, हालसम्म १२ हजार ५६३ प्रतिनिधि निर्वाचित

अब १३ स्थानीय तहको मतपरिणाम आउन बाँकी, हालसम्म १२ हजार ५६३ प्रतिनिधि निर्वाचित

काठमाडौँ। पहिलो चरणको स्थानीय तह निर्वाचनबाट १२ हजार ५६३ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले औपचारिकरुपमा जानकारी गराएको छ । संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी)बाट प्राप्त जानकारीअनुसार आज साँझ ५ बजेसम्ममा २८३ वटा स्थानीय तहमध्ये २७० स्थानीय तहको मतगणना कार्य सम्पन्न उम्मेदवारको विवरण प्राप्त भएको छ । अब १३ स्थानीय तहको मतदानको पूर्ण विवरण प्राप्त हुन बाँकी नै रहेको आयोगल...
error: Content is protected !!