नुवाकोट । नुवाकोटमा जङ्गली च्याउ खाएर मेघाङ– ३ देउरालीका पाँचजना विरामी भएका छन् । बिरामी हुनेमा वीरबहादुर तामाङ, उहाँको श्रीमती सुमित्रा तामाङ र छोरा कमला तामाङ रहेका छन् ।

Advertisement

सोही च्याउ खाएर छिमेकी घरका शुकुमाया तामाङ र उनको नातिनी चाँदनी तामाङ पनि बिरामी परेको देउराली प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धनञ्जय मिश्रले जानकारी दिनुभयो ।

बिरामीमध्ये वीरबहादुर, सुमित्रा र शुकुमायाको अवस्था गम्भीर छ । उनीहरुको त्रिशूली जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि आज बिहानै थप उपचारको लागि काठमाडाँैस्थित ग्रिनसिटी अस्पताल लगिएको छ ।

जङ्गलबाट ल्ल्याएको च्याउ वीरबहादुरको घरमा पकाएर छिमेकीलाई समेत बाँढेर हिजो साँँझको खानासँगै खाएलगत्तै टाउको दुख्ने, बान्ता हुने र बेहोस भएपछि छिमेकीको सहयोगमा बिरामीलाई उपचारको लागि अस्पताल लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!