- रबिन कटेल/संगालोखबर

धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले बुधबार धनकुटा नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । दोस्रो चरणमा जेठ ३१ गते हुन लागेको निर्वाचनका लागि एमालेले नगरपालिकाको मेयर, उप–मेयरसहित १० वटै वडाका ५२ जना उम्मेदवार घोषणा गरेको हो ।

Advertisement

एमालेले धनकुटा नगरको मेयरमा चिन्तन तामाङ्गलाई उठाएको छ । त्यस्तै उप–मेयरमा सकुन्तला बस्नेतलाई उम्मेदवार बनाईएको छ । एमालेले १ नम्बर वडा अध्यक्षमा निरेन तामाङ्ग, खुल्ला सदस्यमा लालचन्द्र गोङ्वा तामाङ्ग, वाङ्द तामाङ्ग, महिला सदस्यमा कल्पना थापा र दलित महिला सदस्यमा फूलमाया वि.क.लाई उठाएको छ ।

त्यस्तै २ नं वडा अध्यक्षमा चन्द्रलाल तामाङ्ग, खुल्ला सदस्यमा टिका दर्लामी मगर, सान वहादुर राई, महिला सदस्यमा रमा वराल (लामिछाने) र दलित महिला सदस्यमा द्रोपदा सिवा दर्नाललाई एमालेले उम्मेदवार बनाएको छ । यता ३ नं को वडा अध्यक्षमा मुकुन्द भण्डारी उम्मेदवार बनेका छन । खुल्ला सदस्यमा मेख ब. राई, बावुराम मिश्र, महिला सदस्यमा वदुमाया लिम्वु र दलित महिला सदस्यमा सुलोचना वसेल उम्मेदवार छन ।

त्यस्तै ४ नं वडा अध्यक्षमा जमसेर राई, खुल्ला सदस्यमा वीरबहादुर तामाङ्ग, होम प्रसाद अधिकारी, महिला सदस्यमा घुममाया राई (सीमा) र दलित महिला सदस्यमा तुलसा विश्वकर्मालाई एमालेले उम्मेदवारको रुपमा अघि सारेको छ । त्यस्तैगरी ५नं वडा अध्यक्षमा रामबहादुर श्रेष्ठ, खुल्ला सदस्यमा उमेश राई, खगेन्द्र खतिवडा, महिला सदस्यमा निर्मला राई (श्रेष्ठ) र दलित महिला सदस्यमा गीता परियार उम्मेदवार बनेका छन ।

यता ६ नं वडा अध्यक्षमा तुलसी प्रसाद ढुंगाना, खुल्ला सदस्यमा मानवहादुर राई (बुध), रविन खड्गी, महिला सदस्यमा सर्मिता राई र दलित महिला सदस्यमा नेत्रकुमारी रोक्कालाई एमालेले उम्मेदवार बनाएको छ । ७ नम्बर वडा अध्यक्षमा जंगबहादुर राई, खुल्ला सदस्यमा रामकुमार डंगोल, सन्देश राई, महिला सदस्यमा चन्द्रकुमारी राई र दलित महिला सदस्यमा शान्ता रसाईली उम्मेदवार भएका छन ।

८.नं वडा अध्यक्षमा अमृत बहादुर राई, खुल्ला सदस्यमा बिश्लाल राई, पुर्णस्वरी राई, महिला सदस्यमा जहानश्वरी राई उम्मेदवार बनेका छन । यस वडामा भने एमालेका तर्फबाट दलित महिला सदस्यका उम्मेदवार नभएको एमाले नगर कमिटि अध्यक्ष अर्जुन छाराले जानकारी दिए ।

यता ९ नं वडा अध्यक्षमा अनिस राई उम्मेदवार भएका छन । खुल्ला सदस्यमा टंक ब. भट्टराई, जितेन्द्र वास्तोला, महिला सदस्यमा दीलकुमारी राई र दलित महिला सदस्यमा पार्वती दियालीलाई एमालेले उम्मेदवारका रुपमा अघि सारेको छ ।

त्यस्तैगरी १० नं वडा अध्यक्षमा कमलबहादुर कार्की, खुल्ला सदस्यमा कुल ब. राई (अनम), चन्द्र बहादुर दर्लामी मगर, महिला सदस्यमा कल्पना राई र दलित महिला सदस्यमा सुनिता वि.क. उम्मेदवार छन  । एमाले नगरकमिटिको अयोजनामा भएको उम्मेदवार घोषणा सभामा जिल्ला अध्यक्ष राजेन्द्र राईले उम्मेदवार घोषणा गरेका थिए ।

त्यसअघि सयौं नेता कार्यकर्ताको सहभागितामा ब्यानर, झण्डासहित नौमती बाजा बजाउँदै र नारा लगाउँदै निश्किएको जुलुशले धनकुटा बजारको परिक्रमा गरेको थियो ।

एमालेका तर्फबाट धनकुटा नगरपालिकाका उम्मेदवारहरुको नामावली हेर्नुहोस् >>>

उम्मेदवार घोषणा अघि धनकुटा बजारमा एमालेले निकालेको जुलुश र उम्मेदवार घोषणाको भिडियो हेर्नुहोस् >>>

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!