धादिङ (मलेखु)। निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ आज मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएको छ ।

Advertisement

गल्छी गाउँपालिका–४ तर्फ कच्चीबाटोमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिव पौडेल पनि घाइते हुनुभएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ ।

घाइतेको बैरेनीमा रहेको सेनाको ६ नं बाहिनीमा प्राथमिक उपचारपछि सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडाँैको ग्रान्डी अस्पतालमा भर्ना गरिएको गल्छी गाउँपालिकाका एमाले नेता नरेश खतिवडाले जानकारी दिनुभयो ।

घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ । अध्यक्ष श्रेष्ठको करङको हड्डी भाँचिएको र मोटरसाइकल चालक पौडेलको हातको पाता खुस्केको अवस्थामा उद्धार गरिएको थियो ।

श्रेष्ठ गल्छी गाउँपालिका–४ को चिनियाँखर्क, ज्यामिरचौर, कार्कीडाँडाका मतदातालाई घरदैलोमै पुगेर धन्यवाद दिने र मतदाताको सुझाव लिने कार्यक्रममा गाउँ गएको गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिनाले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!