Dhanuka Katel

मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३ हैबुङबाट चोरीको मोटरसाइकलसहित एक व्यक्ति पक्राउ परेका छन् ।

Advertisement

मेलम्ची नगरपालिका भोटेचौरका भीमबहादुर तामाङको बा८३प ९४३० नंको २२० सिसीको पल्सर मोटरसाइकलसहित मेलम्ची नगरपालिका–११ कटुञ्जेका२२ वर्षीय राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

मेलम्ची इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज ढुङ्गानाका अनुसार पक्राउ परेका तामाङलाई बिहीबार रातिदेखि हिरासतमा राखी अनुसन्धान गर्दा चोरी गरेको पुष्टि भएपछि थप अनुसन्धानसहित म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय लगिएको ढुङ्गानाले जानकारी दिनुभयो ।

चोरीमा संलग्न हुनेहरुको सञ्जाल ठूलो भएको र यस विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement