- नबनित खड्का/संगालोखबर

धनकुटा। धनकुटाको छथर गाउँपालिका–६ स्थित मजुवामा आज अपरान्ह ट्रिफर दुर्घटना हुँदा चालक घाईते भएका छन ।

निगालेबाट गिटी लिएर सिधुवातर्फ आउँदै गरेको ना.३ ख.७५८३ नम्बरको ट्रिफर मजुवामा पल्टिदा ट्रिफर चालक सिधुवाका २८ बर्षीय पारस राई घाईते भएका हुन ।

धनकुटाको मजुवामा पल्टिएको ट्रिफर । तस्वीरः नबनित खड्का/संगालोखबर

घाईते राईलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । सिधुवा स्थित निगाले सिमेन्ट उद्योगका लागि गिटी लिएर आउँदै गर्दा ट्रिफर दुर्घटना भएको हो ।

सडकको भित्तामा रोकिराखिएको स्काभेटर रहेकाले त्यसलाई तर्काएर छेउबाट जाँने क्रममा ट्रिफर सडकबाट बारीमा पल्टिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!