पर्सा। भवन निर्माणको बिल फछ्र्यौट गरेबापत घुस रकम लिँदालिँदै पर्साका जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा कार्यालयका इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

Advertisement

वीरगन्ज उपमहानगरपालिका वडा नं १ मा अवस्थित जिल्ला शिक्षा कार्यालयबाट आज अपराह्न घुस रकम लिँदै गरेको अवस्थामा आयोगको कार्यालय काठमाडौँबाट आएको टोलीले जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर झालाई रङ्गेहात पक्राउ गरेको हो ।

पर्साको श्री नेरा प्रावि मैरनपुर, पर्साको तीनतले भवन निर्माणको बिल फछ्र्यौट गरेबापत जिसिअ तिवारीले रु ५० हजार र इन्जिनियर झाले रु २० हजार नगद लिएपछि घुस रकमसहित पक्राउ गरिएको अख्तियार टोलीले जनाएको छ ।

नेरा प्रावि मैनपुरको तीनकोठे भवन निर्माणको रु १९ लाख ५० हजारको बिल भर्पाई फछ्र्यौट गरेबापत जिसिअ तिवारी र इन्जिनियर झाले रकम माग गरेको पूर्वसूचनाका आधारमा छापा मारी घुस रकम बरामद गरिएको अख्तियार टोलीले बताएको छ ।

बरामद गरिएको घुस रकमको बरामदी मुचुल्का गरी जिसिअ तिवारी र इन्जिनियर झालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारका अधिकारीले बताएका छन् । पक्राउ परेका दुवै अधिकारीलाई आवश्यक कारबाहीका लागि आजै काठमाडौँ लैजाने आयोगले जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!