- रासस

काठमाडौँ। नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले कर्मचारीको मनोबल उच्च बनाउन र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम राख्न समयसापेक्ष रुपमा कर्मचारीका तलब वृद्धि हुनुपर्ने माग गरेको छ ।

सङ्घको केन्द्रीय पदाधिकारी टोलीले आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई उहाँकै कार्यकक्षमा भेटी कर्मचारीको तलब, उपदान, निवृत्तिभरण, जीवन बिमालगायत सेवासुविधा वृद्धि गर्न गर्न माग गरेको हो ।

सङ्घले पछिल्लो तथ्याङ्कअनुसारको पारिवारिक खर्च धान्ने तलबको व्यवस्था गर्नुपर्ने, साविक जीवन बिमालाई रु पाँच लाख पु¥याउनुपर्ने, दुर्गम भत्ता वृद्धि गर्नुपर्ने, पारवहन भत्ताबापत मासिक रु दुई हजारको व्यवस्था गर्नुपर्ने लगायतका १९ बुँदे ज्ञापनपत्र बुझाएको सङ्घका केन्द्रीय तथा आधिकारिक टे«ड युनियनका केन्द्रीय सदस्य विश्वबन्धु रेग्मीले जानकारी दिनुभयो ।

सो अवसरमा अर्थमन्त्री महरा तथा अर्थ सचिवद्वय शान्तराज सुवेदी र राजन खनालले सङ्घका नीतिगत मागको सोहीअनुसार पूरा गरिने र अन्य मागका सम्बन्धमा मन्त्रालय सकारात्मक रहेको बताउनुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!