काठमाडौं । दुई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को व्यवसायिक लाभलाई लिएर गृहसचिव लोकदर्शन रेग्मीले ‘अस्वभाविक’ अडान राख्दा सिंगो संगठनको साउन महिनाको तलब रोकिएको छ ।

Advertisement

३६ हजार फौज रहेको संगठनको जवान तथा जुनियर अधिकृतहरु यतिबेला तराईमा बाढीप्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

सशस्त्रको साधारण समूह (इन्फेन्ट्री) का डीएसपीद्वय दीपेन्द्र कुँबर र पूर्णबहादुर साउदलाई सचिव रेग्मीले सार्वजनिक वित्तीय व्यवस्थापन तालिममा पठाउने क्रममा ४० जनाको नयाँ समूहकृत दरबन्दी रोकेका हुन् ।

उक्त दरबन्दी रोकिएकै कारण प्रहरी किताबखानाले सशस्त्रको साउन महिनाको तलबी प्रतिवेदन भदौ ३ सम्म पास गर्न सकेको छैन । सशस्त्रमा समान्यतया महिनाको अन्तिम नियमित मासिक तलब गइसक्छट । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!