Advertisement

काठमाडौँ, ४ बैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन मौसम खराब हुने जनाएको छ । इरान, पाकिस्तान र भारत हुँदै सोमबार भित्रिएको पश्चिमी वायुले मौसम प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

विभागको अनुसार बुधबारबाट पश्चिमी वायु झन् सक्रिय हुने भएकाले मेघ गर्जन, चट्याङ, गड्याङगुडुङ र असिनासँगै वर्षा हुनेछ । बुधबार दिउँसो देशैभरी सामान्यदेखि पूर्ण बदली हुने र पश्चिम क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरुमा चट्याङ तथा हुरी बताससहित हल्का वर्षा र असिना पर्नेछ ।

देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, बिहिबार देशैभरी आंशिकदेखि सामान्य बदली भई पश्चिमी क्षेत्रका केही स्थानमा र पूर्वी तथा मध्य क्षेत्रका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!