मुम्बई । बलिउड अधिनेत्री करिना कपुर यतिखेर सैफअली खानसँग विवाह गरी घरजममा ब्यस्त छिन् । एक छोराको आमा समेत बनीसकेकी करिना खानपानमा उचित ब्यवस्थापन र फिटनेसका कारण उत्तिकै सुन्दर देखिन्छिन् जती पहिला थिइन् ।

Advertisement

बेबो नामले समेत परिचित करिनाले भारतिय एक टेलिभिजन कार्यक्रममा निर्णयकका लागि ८० करोड लिएको खवर बाहिरिएको छ । भारतीय टिभी रियालिटी सो ‘डान्स इन्डिया डान्स’को निर्णायकमा बस्न करिनाले ८० करोड भारतीय रुपैयाँको डिमाण्ड गरेको र उक्त रकममा सम्झौता मिलेको बताइएको छ ।

तीन महिनासम्म चल्ने डान्सिङ रियालिटी शोमा अब करिना निर्णायकको रुपमा रहनेछिन् साथै उनी यसै कार्यक्रम मार्फत टेलिभिजन कार्यक्रमहरुमा डेब्यू गर्दैछिन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!