पर्सा, ६ बैशाख । श्रीमान्कै कुटाइबाट फेरि पर्सामा एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी विर्ता निवासी पन्नालाल दासको कुटाइबाट आज उनकी ३२ वर्षीय श्रीमती अञ्जु देवीको मृत्यु भएको हो ।

Advertisement

गत चैत १५ गते वीरगञ्ज–११ श्रीपुर निवासी डा सचितानन्द यादवको कुटाइबाट श्रीमती सुनिता यादवको मृत्यु भएको थियो । पारिवारिक विषयलाई लिई भएको झगडामा दासको कुटाइबाट अञ्जुको मृत्यु भएको माइती पक्षले आरोप लगाएको प्रहरीले जनाएको छ ।

अञ्जुको शवलाई सद्गत गर्न घाटतर्फ लैजाने क्रममा माइती पक्षले दिएको जानकारीको आधारमा कारवाही गर्दा शवलाई छाडी श्रीमान्सहितका ससुराली पक्ष फरार भएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

उनले अञ्जुको शरीरमा घाउ देखिएपछि शवलाई नारायणी अस्पतालमा परीक्षण गराइएपछि माइतीपक्षको जिम्मा लगाएको बताए । घटनामा संलग्न रहेका श्रीमान् दासलगायतकाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!