एजेन्सी । फलफुल मानव शरिरमा पाेषक तत्व दिलाउने आहारमा पर्दछ । यसले हाम्रो शरीरलाई चाहिने भिटामिन उब्लब्ध गराउनुको साथै अनुहारमा चमक ल्याउन सहयोग गर्दछ ।

Advertisement

फलफुल खाएपछि हामी त्यसको बोक्रालाई फोहरमा मिल्काई दिन्छौ किनकी हामीलाई यसको फाईदाबारे ज्ञान छैन जुन यसप्रकार छन् –

मेवाको बोक्रा – मेवाको बोक्रा तास्दा एक किसीमको सेतो चोपयूक्त तरल पदार्थ आउछ यो सहितको बोक्राले धोएको अनुहारमा केहि समय दलेर छाड्ने र अनुहार सुके पछि अनुहार धोएमा मुलायम तथा चम्किलो महसुस् हुन्छ । यो प्रकृया हप्तामा दुई पटक गरेमा धेरै फरक अनुभव गर्न सकिन्छ ।

खरबुजाको बोक्रा – खरबुजा यस्तो मौसमी फल हो जुन गर्मी महिनामा मात्र पाइन्छ । यसले हाम्रो शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्ने गर्दछ । खरबुजाको बोक्राको पेष्टलाई अनुहारमा लगाउँदा दादको समस्या हट्छ भने यसले छालालाई विशेष चम्किलो पनि राख्छ ।

सुन्तलाको बोक्रा – सुन्तलामा भिटामिन सि पाईन्छ । यो हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ । सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स टाढा भाग्छ र छालाका विभिन्न समस्याबाट छुटकारा पाइन्छ ।

केराको बोक्रा – केराको बोक्राबाट प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ । यसमा भिटामिन बी ६ र बी १२ पाईनुका साथसाथै म्याग्नेसियम र कार्बोहाइड्रेट पाईन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले स्ट्रेसलाई कम गर्ने गर्दछ । केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!