पोखरा,४ बैशाख । ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी पक्राउको विरोधमा पोखराबाट प्रकाशित भएका पत्रिकामा कालो पोतेर विरोध गरिएको छ। पत्रिकाको सम्पादकीयमा कालो पोतेर ‘पत्रकारिता साइवर अपराध होइन, प्रेस स्वतन्त्रता ग्यारेन्टी गर’ लेखिएको छ।

पोखराबाट प्रकाशित हुने पत्रिकाको बुधबारको अंकमा सम्पादकीयको ठाउँमा कालो पोत्न, अनलाइनमा कालो ब्यानर स्कीप एड गर्न, एफएममा पूर्वसूचना दिई विहान ६ बजे ९० सेकेन्ड प्रशासन बन्द गर्न पत्रकार महासंघ कास्कीले आग्रह गरेको थियो।

प्रेस स्वतन्त्रताका लागि सांकेतिक विरोधमा ऐक्यवद्धता जनाइदिनसमेत पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले आग्रह गरेका छन्। सम्पादक गिरीलाई जिल्ला अदालत काठमाडौंले मंगलबार तीन दिन म्याद थप गरेको छ।

विपेन्द्रराज बतासले ठगी गरेको समाचार चैत २२ को अंकमा समाचार लेखेका गिरीलाई प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले नियन्त्रणमा लिएको थियो। पत्रिका प्रेस काउन्सिलमा दर्ता नभएको आरोपमा गिरीलाई पक्राउ गरे पनि ताण्डप र अनलाइन दुवै काउन्सिलमा दर्ता छन्।

पत्रकारलाई साइवर क्राइमको कानून देखाएर तर्साउन खोजेको भन्दै पत्रकार महासंघ र अनलाइन पत्रकारहरुले माइतीघर मण्डलामा प्रदर्शन गर्दै विरोध गरेका छन् भने सामाजिक सञ्जालमा पत्रकारिता साइवर अपराध होइन लेखेका छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!