१५ कलेजलाई नर्सिङ भर्ना रोक्न निर्देशन

१५ कलेजलाई नर्सिङ भर्ना रोक्न निर्देशन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८/०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले तत्काल भर्ना नलिन परिषद्लाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा हिजो बुधबार सीटीईभीटीले सार्वजनिक सूचना जारी गरी विद्यार्थी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको छ ...
‘सिरियल किलर’ पक्राउ

‘सिरियल किलर’ पक्राउ

सप्तरी । हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङ्गा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । शृङ्खलाबद्ध बलात्कार र हत्याका मुख्य योजनाकार साविक ट...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

विराटनगर । सुनसरी र उदयपुरका दुई छुट्टाछुटै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ एक घाइते छन् । सुनसरीको कोशी गाँउपालिका–२ लौकहरीस्थित मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रयाक्टरको ठक्करबाट स्थानीय ४० बर्षीय मनोज यादव घाइते भएका थिए । जिल्ला अस्पताल ईनरुवामा उपचारकै क्रममा उनको मृत्यु भएको हो । ट्याक्टर चालक स्थ...
माओवादी केन्द्र प्रदेश १ सम्मेलनको तयारी तीव्र

माओवादी केन्द्र प्रदेश १ सम्मेलनको तयारी तीव्र

विराटनगर । आगामी मंसिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को सम्मेलनको तयारी तीव्र पारिएको छ । प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल) का अनुसार सम्मेलनमा १ हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयंसेवक गरी १५ सयको सहभागीता हुनेछ । सम्मेलनका लागि प्रदेशका १३७ स्थानीय तहबाट पार्टी सदस्य संख्याको आधारमा पालिकाहरूबाट ६ सय प्रतिनिधि चयन भइसकेका छन् ...
आज विवाह पञ्चमी मनाइँदै

आज विवाह पञ्चमी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिप...
धरानबाट लागुऔषधसहित एक जना पक्राउ

धरानबाट लागुऔषधसहित एक जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–२ भानुचोकबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१३ का २७ बर्षीय मिलन तामाङ छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले चेकजाँच गर्दा तामाङको साथबाट लागुऔषध फेला पारेको हो । डाईजेपाम ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, नाईट्रोजोपाम ५० ट्रयाब्लेट र स्पास्मो प्रोक्सिभन १८ ट्याब्लेटसहित उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्य...
चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

झापा । झापामा मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलामको सुर्योदय नगरपालिका–१ का २१ बर्षीय आशिष सुब्बा, सुर्योदय–८ का २१ बर्षीय विवेक घिमिरे र विर्तामोड नगरपालिका–३ विर्ताबजारका २६ बर्षीय रंजित राजवंशी छन् । झापामा मोटरसाइकल चोरीका घटना वृद्धि भएसँगै ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको टोलीले चोरीमा संलग्नको खोजी गरिरहेको थियो । सोही क्रममा चोरी भएको मे ६ प २५०...
लागुऔषध अफिमसहित दुई जना पक्राउ

लागुऔषध अफिमसहित दुई जना पक्राउ

झापा । झापा मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको फ्रोजपुरका २५ बर्षीय केयर सिंह र मौगाका सुखजित सिंह छन् । सोमबार साँझ भारतबाट नेपाल आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट ११ ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेक...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन आज प्रतितोला २०० रुपैयाँ घटेको हो । सोमबार ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज ९१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्यसमेत २०० रुपैयाँले घटेर आज ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि घटेको छ । सोमबार एक हजार २०० रुपैयाँमा कारो...
डेल्टाभन्दा ओमिक्रोन कम खतरनाक

डेल्टाभन्दा ओमिक्रोन कम खतरनाक

काठमाडौं । अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा. एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताए। सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षि...
अख्तियारद्वारा एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियारद्वारा एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नायब सुब्बा (नासु) पोखरेलले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत बनाउन आएका सेवाग्राहीलाई अनलाइन फर्म भर्न बिचौलियासम्म जान बाध्य बनाउने गरेको पाइएको आयोग...
लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसके पनि वैकल्पिक विधि प्रयोग गरी जनगणना गर्न लागिएको हो । विभागले जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र नि...
नेपालमै पहिलो पटक कुमारी बैंकले ल्यायो फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा

नेपालमै पहिलो पटक कुमारी बैंकले ल्यायो फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमै पहिलो पटक फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने उद्धेश्यले गतवर्षदेखि फोनलोन सुविधा संचालन गरेको कुमारी बैंकले अहिले यस्तो सुविधा थप गरेको हो । छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिन कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडस...
भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित एक जना पक्राउ

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । स्थानीय ३० बर्षीय संजय राईलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो । भरुवा बन्दुक रहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलीले राईको घर खानतासी गर्दा १ थान भरुवा बन्दुक फेला परेको हो । बन्दुक भेटिएपछि राईलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जुम्लामा एमबिबिएस कक्षा सुरु

जुम्लामा एमबिबिएस कक्षा सुरु

जुम्ला । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन। स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरूआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो। सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने ध्येयले विसं २०६८ मा जुम्...
धमाधम बाहिरिँदै राजस्व छलीका अनेक रूप

धमाधम बाहिरिँदै राजस्व छलीका अनेक रूप

काठमाडौं । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो समय राजस्व छली गर्नेहरूले विभिन्न तरिका अपनाएर सरकारी पक्षलाई झुक्याउने प्रयास गर्दै आएका छन् । तर, राजस्व छलीमा संलग्न तथा शंकास्पद व्यक्ति र फर्महरूमा गरिएको निगरानीकै कारण राजस्व छली गर्नेको पहिचान गर्दै विभिन्न अदालतमा मुद्दा दायर गरी कानुनी दायरामा ल्याउने क्रम...
कांग्रेस प्रदेश १ को सभापतिमा थापा निर्वाचित, २ मतान्तरले घिमिरे पराजित

कांग्रेस प्रदेश १ को सभापतिमा थापा निर्वाचित, २ मतान्तरले घिमिरे पराजित

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका उद्धव थापा विजयी भएका छन् । गएराती सम्पन्न मतगणना अनुसार ८४४ मतसहित थापा सभापतिमा निर्वाचित भएका हुन् । उनले प्रतिद्धन्द्धी गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गरेका छन् । संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन् । सिटौला पक्षका नेता थापालाई सभापति शेरबहादुर देउवा पक्षले पनि समर्थन गरेको थियो ।...
श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

झापा । झापामा श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ । दमक नगरपालिका–१० का ४५ बर्षीय रामकुमार लिम्बुले कुटपिट गर्दा उनकी श्रीमती ४९ बर्षीया घनादेवी आचार्यको मृत्यु भएको हो । गत विहिवार लिम्बूको कुटाईबाट घनादेवी घाइते भएकी थिइन् । विराटनगरस्थित नोबेल अस्पतालमा केही समय उपचार गरेपछि थप उपचार सम्भव नहुने डाक्टरले बताएका थिए । उपचार सम्भव नभएपछि घर फर्किने क्रममा शुक्रबार राती ७ बजे उनको मृ...
राप्रपा महाधिवेशन: अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

राप्रपा महाधिवेशन: अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । राप्रपाको अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन बिजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना अनुसार एक हजार आठ सय ४४ मतसहित लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी थापाले एक हजार छ सय १७ मत पाएका छन् । चार सय १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । मतगणनामा लिङ्देनले सुरुवातदेखिनै आग्रता कायम गरेका थिए ।
नोबेलमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण

नोबेलमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण

बिराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्तर्गत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई अबिर र खादा लगाएर स्वागत गर्दै नोबेल मेडिकल कलेजका बारेमा जानकारी गराइएको छ...
सुनसरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ घाइते

सुनसरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ घाइते

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारीमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । मृत्यु हुँनेमा सिराहाको धनगढी नगरपालिका–८ का जिवछ यादव छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४९८८ नंम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा गंभीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको थिय...
हिले माविले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो हिरक जयन्ती

हिले माविले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो हिरक जयन्ती

धनकुटा । धनकुटाको हिलेस्थित हिले माध्यमिक विद्यालय स्थापना भएको ६० बर्ष पुगेको अवसरमा विद्यालयले सप्ताहव्यापी कार्यक्रम गरेर हिरक जयन्ती मनाएको छ । बिद्यालयले एक हप्तासम्म बिभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रम गरेर हिरक जयन्ती मनाएको हो । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन शनिवार बिद्यालयले एक कार्यक्रमकाबीच विद्यालयका छ जना पूर्व प्रद्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिका तीन जना पूर्व अ...
झापामा भेटिन थाल्यो डेङ्गु, पुनः महामारीको त्रास

झापामा भेटिन थाल्यो डेङ्गु, पुनः महामारीको त्रास

झापा । झापामा डेङ्गु रोगका विरामी फेला पर्न थालेका छन् । विर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चार जना डेङ्गुका विरामी भेटिएका हुन् । उनीहरु बिर्तामोडमा रहेको विर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन् । विगत दश दिनको अवधिमा १० जना डेङ्गु रोगीको उपचार गरिएको मनमोहन अस्पतालका डा.शुवेश शौरव बताउँछन् । विगतका बर्षमा महामारीको रुपमा फैलिएको डेङ्गु पुनः देखापर्ने क्रम ...
ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ बोखिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् ।ओरक्पाबाट कुन्जरीतर्फ गोलिया बोकेर जाँदै गरेको मे १ त ६८९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक फुङ्लादिनका २३ बर्षीय अमिन लिम्बु, २५ बर्षीय बसन्त लिम्बु, १५ बर्षीय समिर लिम्बु र १९ बर्षीय सुसन लिम्बु घाइते भएका थिए । घाइते बसन्त र अम...
चुलाचुलीलाई वालाचतुर्दशी कप फुटबलको उपाधि

चुलाचुलीलाई वालाचतुर्दशी कप फुटबलको उपाधि

धनकुटा । आयोजक चुलाचुली युवा क्लवले छथर जोरपाटी गाउँपालिकाको चुलाचुलिमा आयोजित पालिका स्तरीय वालाचतुर्दशी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा सिंधुवा बजारको सिंहदेवी क्लवलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै चुलाचुलीले उपाधि जितेको हो । निर्धारित समय २/२ गोलको बराबरीमा टुंगियो । थप गरिएको ३ मिनेटमा पनि दुवै टिमबाट गोल हुँन नसकेपछि खेल पेनाल्टी सुटआउटमा...
भारतमा भेटियो ओमिक्रोन भेरियन्ट, नेपालमा उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

भारतमा भेटियो ओमिक्रोन भेरियन्ट, नेपालमा उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्ररूपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।” उनका अनु...
दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गरिने

दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गरिने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए । उनका अनुसार सरकार जिटुजीमार्फत आगामी पाँच वर्षका लागि वार्षिक डेढ लाखदेखि दुई लाख मेट्रिक टनसम्म रा...
माओवादी केन्द्रको धनकुटा नगर अध्यक्षमा किराँती

माओवादी केन्द्रको धनकुटा नगर अध्यक्षमा किराँती

धनकुटा । नेकपा (माओवादी केन्द्र) को धनकुटा नगर कमिटी अध्यक्षमा हेमचन्द्र किराँती चयन भएका छन् । धनकुटाको सामुदायिक भवनमा शुक्रबार सम्पन्न प्रथम सम्मेलनबाट किराँती सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । सम्मेलनले किराँतीको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको नेकपा माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाले जानकारी दिए । सम्मेलनबाट नगर कमिटीको उपाध्यक्षमा सर्मिला राई,...
रकम दोब्बर दिन्छु भन्दै ठगी, दुई जना पक्राउ

रकम दोब्बर दिन्छु भन्दै ठगी, दुई जना पक्राउ

काठमाडौं । सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनको पछि लाग्दा नेपाली नागरिक ठगिएका छन् । कहिलै भेटघाट नभएका मान्छेको विश्वास गर्दा उनीहरुबाट रु एक करोड २२ लाख ठगिएको हो । यसरी ठगी गर्ने उनीहरुले मानिसहरुसँग रकम लिएर केही दिनमा दोब्बर फिर्ता गर्ने आश्वासन दिएका थिए । तर लामो समयसम्म पनि रकम फिर्ता नपाएपछि ठगिएका व्यक्ति प्रहरीसमक्ष पुगेका थिए । प्रहरीले सो कार्यमा संलग्न रहेको...
विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

विराटनगरबाट लागुऔषधसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१६ का १९ बर्षीय कैलाश मल्लिक छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका मल्लिकलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध नाईट्रोसन १०० ट्याब्लेट फेला पारेको हो । पक्राउ परेका मल्लिकको वि...
कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा

कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा

काठमाडौं । कक्षा १२ को परीक्षाफल प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार परीक्षाफल प्रकाशन गरेको हो । नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको छ । नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना विद्यार्थी परीक्षामा सहभागी थिए । जसमध्ये ७ हजार ६३ विद्यार्थीले ३.६ देखि ४.० जीपीए प्राप्त गरेका छन् । परीक्षाफल अनुसार ३.२ देखि ३.६ जीपीए ४८ हजार ४९ जना, ...
error: Content is protected !!