पत्रपत्रिका खवर

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८/०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत भर्ना खोलेको भन्दै आयोगले तत्काल भर्ना नलिन परिषद्लाई पत्राचार गरेको थियो ।

Advertisement

सोही पत्रको आधारमा हिजो बुधबार सीटीईभीटीले सार्वजनिक सूचना जारी गरी विद्यार्थी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को दफा ४२ बमोजिम प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन नहुने भएकाले चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको बैठकबाट शैक्षिकसत्र २०७७/०७८ देखि उक्त तहका कार्यक्रम सञ्चालन नगर्ने नगराउने निर्णय भई उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित विश्वविद्यालयमार्फत जानकारी गराइसकिएको अवस्थामा भर्ना लिन नमिल्ने उल्लेख गर्दै पठाएको थियो ।

सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, स्तर निर्धारण महाशाखाको अर्को सूचना जारी नभएसम्मका लागि भर्ना प्रक्रिया स्थगन गर्ने निर्णय गरेको थियो । – आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!