चार महिनासम्म आएन शव, पहल गरिदिन अपिल

चार महिनासम्म आएन शव, पहल गरिदिन अपिल

धनकुटा । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका छथरजोरपाटी गाउँपालिका–५ परेवादिनका रामकुमार लिम्बूकोे गत असोजमा मृत्यु भयो । मृत्यु भएको चार महिना वितिसक्दासम्म पनि अझै उनको शव नेपाल आइपुगेको छैन । महिनौंसम्म पनि शव नआइपुगेपछि शव नेपाल ल्याउँन पहल गरिदिन रामकुमारको परिवारका सदस्यले अपिल गरेका छन् । मृतक रामकुमारकी श्रीमति विष्णुमायाले श्रीमानको शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरिन् । ‘उह...
धनकुटाको भीरगाउँमा घर जलेर नष्ट

धनकुटाको भीरगाउँमा घर जलेर नष्ट

धनकुटा । धनकुटा नगरपालिका–२ भीरगाउँमा आज विहान आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय नविन राईको घर जलेर नष्ट भएको हो । गाईबस्तुलाई खोले पकाउँने चुलोबाट बिहान करिब साढे १० बजे घरमा आगो सल्किएको हो । स्थानीयबासीले पानी छ्यापेर करिब एक घण्टापछि आगो निभाएका छन् । आगलागीमा परी घरसहित लत्ताकपडा, भाडा लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको घरधनी राईले जानकारी दिए । घरमा रहेका मौरीको ...
नहरमा डुबेर ३ बर्षीय बालकको मृत्यु

नहरमा डुबेर ३ बर्षीय बालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित नहरमा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा दोलखा घर भई त्रियुगा–७ बस्दै आएका मधुसुधन अधिकारीका ३ बर्षीय छोरा लेखनाथ छन् । दिउँसो करिव १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा डुब्दा बालक अचेत भएका थिए । अचेत अवस्थामा उनकी आमाले फेला पारेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...
झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–४ ओमशान्ति टोलबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड–५ का १८ बर्षीय अर्वाज खान छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले ३ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको...
सहिदकप फुटबलको उपाधिका लागि अजम्वरी र नाम्जे भिड्दै

सहिदकप फुटबलको उपाधिका लागि अजम्वरी र नाम्जे भिड्दै

धनकुटा । नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज अजम्वरी युवा क्लब र नाम्जे युवा क्लब भिड्ने भएका छन् । सहिदभूमि गाउँपालिका–१ सफाइटारमा जारी प्रतियोगिताको दिउँसो हुँने फाइनल खेलमा अजम्वरी र नाम्जे युवा क्लव आम्नेसाम्ने हुन लागेका हुन् । माहाङ युवा क्लब सहिदभूमि–७ लाई सेमिफाइनलमा १–० गोल अन्तरले पराजित गर्दै फेदीस्थित अजम्वरी युवा क्लब फाइनल पुगेको हो । यता, दोस्रो सेमिफाइनल खेलम...
लगातारको हिमपातले इलाममा जनजीवन कष्टकर

लगातारको हिमपातले इलाममा जनजीवन कष्टकर

इलाम । लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । गएका वर्षभन्दा यसपटक धेरै पटक हिउँ परेको छ । इलामका उच्च पहाडी क्षेत्रमा यसवर्ष पटक–पटक हिउँ झरेपछि सो क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको हो । चिसोका कारण विशेष गरेर घर बाहिरको काम गर्न मुस्किल भएको छ । मङ्गलबार साँझबाट हिउँ झरेपछि उच्च पहाडी क्षेत्रका बासिन्दालाई समस्या भएको हो । यसपटक विगतभन्दा निकै त...
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–५ भदौरेमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय १३ बर्षीय रोशन बि.क. छन् । ढुंगा लिन जाँदै गरेको प्रदेश २–०३–००१त ३२९४ नम्बरको ट्रयाक्टर सडकको किनारमा कोल्टे परेर पल्टिएको थियो । ट्रयाक्टर पल्टिदा बालक ट्याक्टरबाट लडेका थिए । उनलाई ट्याक्टरको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक रावाबेँ...
महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम बन्ने, उद्योग मन्त्रालयसँग मेयर नेपालले गरे सम्झौता

महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम बन्ने, उद्योग मन्त्रालयसँग मेयर नेपालले गरे सम्झौता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउँन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाको तर्फबाट मेयर पर्शुराम नेपाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत ...
आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

आज सोनाम ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चर...
धनकुटामा टेम्पु पल्टिँदा चालकको मृत्यु

धनकुटामा टेम्पु पल्टिँदा चालकको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–७ जिरोप्वइन्टस्थित कोशी लोकमार्गमा मंगलबार साँझ टेम्पु दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनकुटा बजारबाट जिरोप्वइन्टतर्फ जाँदै गरेको मे.१ ह ४४७४ नम्बरको अटोटेम्पु साँझ करिब ८ः३० बजे सडकको नालीमा पल्टिएको हो । दुर्घटनामा टेम्पु चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ हात्तिखर्कका ६० बर्षीय लाल बहादुर दर्लामी मगरको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्की...
केएमसी बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर

केएमसी बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू सेन्टर

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ । केएमसीले मंगलबार एक कार्यक्रम गरी १६८ बेड क्षमताको आइसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो । केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा र अस्पताल निर्देशक डा.सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरेका छन् । गत बर्षदेखि केएमसीको व्यवस्थापन फेरिएको छ । पूर्वी नेपा...
जग्गाको विषयमा विवाद हुँदा आमाको हत्या, छोरा पक्राउ

जग्गाको विषयमा विवाद हुँदा आमाको हत्या, छोरा पक्राउ

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा पक्राउ गरिएको हो । माघ १२ गतेदेखि घरबाटै अचानक हराएकी भनिएकी बृद्धालाई हत्या गरी जलाइएको सूचना पाएपछि सुक्ष्म अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय पथरीको टोलीले सोमबार दिउँसो श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका...
स्थानीय तहको निर्वाचन जेठ ४ गते एकै चरणमा

स्थानीय तहको निर्वाचन जेठ ४ गते एकै चरणमा

काठमाडौं । सरकारले २०७९ साल जेठ ४ गते बुधबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच समझदारी भएको हो । बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ ...
एमसीसीले सकसमा गठबन्धन

एमसीसीले सकसमा गठबन्धन

काठमाडौं । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले सत्ता गठबन्धन सकसमा परेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा बिनासंशोधन सम्झौता पारित गर्नुपर्ने पक्षमा छन्। यसले सत्ता साझेदार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल दबाबमा परेका छन्। प्रधानमन्त्री देउवाले यसअघि दुईपटक प्रयास गरे पनि माओवादी केन्द्र र एकीकृत समाजवादीको अडानका क...
घेराबन्दीमा प्रधानमन्त्री: स्थानीय तहकाे निर्वाचनमा अलमल कायमै

घेराबन्दीमा प्रधानमन्त्री: स्थानीय तहकाे निर्वाचनमा अलमल कायमै

काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेका मुख्य दुई दलले स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढाएका छन् । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री देउवामाथि अहिले नै स्थानीय तह निर्वाचनका लागि कम्फर्टेबल वातावरण नरहेको भन्दै पहिले कानुन संशोधन गरेर केही समयपछि निर्वाचन गर्नतर्फ अघि बढ्न दबाब बढाएका ह...
धरानबाट ब्राउन सुगरसहित सात जना पक्राउ

धरानबाट ब्राउन सुगरसहित सात जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ, ३० बर्षीय मन्दिप मगर, धरान–१९ का २६ बर्षीय जनम मगर, धरान–३ का २० बर्षीय सारङ खड्गी र २२ बर्षीय राजिव मगर छन् । संघीय प्रहरी इकाई कार्यालय र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहर...
‘स्थानीय चुनाव जेठ ७ भित्रै गर्नुपर्ने संवैधानिक बाध्यता’

‘स्थानीय चुनाव जेठ ७ भित्रै गर्नुपर्ने संवैधानिक बाध्यता’

काठमाडौं । संविधानविद्हरूले जेठ ७ भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नैपर्ने ‘संवैधानिक बाध्यता’ रहेको तर्क गरेका छन्। सत्तासीन गठबन्धनले जेठभित्र निर्वाचन गर्ने समझदारी गरे पनि जेठको पहिलो साताभित्र चुनाव सम्पन्न गर्नुपर्ने संविधानविद्हरूको तर्क छ। संविधानविद् डा. विपिन अधिकारी निर्वाचन आयोगले प्रस्ताव गरेको वैशाख महिनामै निर्वाचन गराउनतिर सरकार लाग्नुपर्ने बताउँछन्। ‘आयोगले प्रस्ताव गरेको...
राप्रपामा प्रवक्ता नै चार जना

राप्रपामा प्रवक्ता नै चार जना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ जना पदाधिकारी मनोनीत गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले आइतबार पार्टीको विधानअनुसार पदाधिकारी, विभाग प्रमुख र केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा गरी ३० जना विभिन्न नेतालाई जिम्मेवारी बाँडफाँट गरेका हुन् । पदाधिकारीतर्फ उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरी मनोनीत भएका छन् । यस्तै, महा...
खाडी मुलुकबाट फर्किएकामा देखियो कुष्ठरोग

खाडी मुलुकबाट फर्किएकामा देखियो कुष्ठरोग

झापा । झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८/०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ । नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एक÷एक जना कुष्ठरोगी फेला परेको जानकारी दिए । उनीहरुको रोग पहिचानपछि उपचार सुरुआत भइसकेको छ...
प्रेस सेन्टर मोरङले आश्रमलाई दियो ३ हजार मास्क

प्रेस सेन्टर मोरङले आश्रमलाई दियो ३ हजार मास्क

विराटनगर । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले ३ हजार पिस मास्क वितरण गरेको छ । विराटनगरस्थित मानव सेवा आश्रम र पूर्वाञ्चल बाल आश्रम सेवालाई प्रेस सेन्टरले स्वास्थ्य सामाग्री वितरण गरेको हो । पूर्वाञ्चल बालआश्रममा एक हजार ५ सय मास्क र सेनिटाइजर तथा मानव सेवा आश्रमलाई एक हजार ५ सय मास्क वितरण गरिएको प्रेस सेन्टर मोरङका सचिव हरि अधिकारीले जानकारी दिए । प्रेस सेन्टर प्र...
नोबेल अस्पताल सञ्चालक डा.शर्माले झापाको सहयोगी समाजलाई दिए निःशुल्क एम्बुलेन्स

नोबेल अस्पताल सञ्चालक डा.शर्माले झापाको सहयोगी समाजलाई दिए निःशुल्क एम्बुलेन्स

झापा । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले झापाको विर्तामोड–१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा.शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मुल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गरेका हुन् । विर्तामोडमा शनिवार एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कार्यक्रममा नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले समाजका अध्यक्ष नविन विम...
धनकुटाको विकासका लागि नेताहरुले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई बुझाए ज्ञापनपत्र

धनकुटाको विकासका लागि नेताहरुले मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई बुझाए ज्ञापनपत्र

विराटनगर। धनकुटामा क्रियाशिल गठबन्धन सम्बद्ध दलका नेताहरुले जिल्लाको विकास र समृद्धिका लागि भन्दै १ नम्वर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई ध्यानाकर्षणसहित ११ बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र संघिय लोकतान्त्रिक मञ्चका नेताहरुले विराटनगर पुगेर मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो र सा...
धनकुटामा थपिए १५ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या १६२ पुग्यो

धनकुटामा थपिए १५ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या १६२ पुग्यो

धनकुटा । धनकुटामा शुक्रबार १५ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा चार जना र एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । चार जनाको पीसीआर परीक्षण गर्दा चारै जनामा कोरोना संक्रमण देखिएको छ । यता, १२ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । योसँगै धनकुटामा सक...
ईलाममा पिकअप दुर्घटनाः दुई जनाको मृत्यु, एक घाइते

ईलाममा पिकअप दुर्घटनाः दुई जनाको मृत्यु, एक घाइते

ईलाम । ईलामको रोङ गाउँपालिका–४ मा आज बिहान पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । बिहान पौने ६ बजे झापाबाट ईलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप दुर्घटना हुँदा झापाको मेचिनगर नगरपालिका–४ का ५५ बर्षीय रमेश थापा र ४० बर्षीय सुर्य बहादुर थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । पिकअप सडकबाट करिव ५०० मिटर तल खसेको छ । घटन...
भोजपुरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

भोजपुरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

भोजपुर । भोजपुर नगरपालिका–१० बाट नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केरावारी गाउँपालिका–१० का २९ बर्षीय सुमन तामाङ र धर्मदेवी नगरपालिका–५ का ३७ बर्षीय दल बहादुर तामाङ छन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले उनीहरुलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको ...
घाँटी थिचेर छोराले गरे बुवाको हत्या

घाँटी थिचेर छोराले गरे बुवाको हत्या

विराटनगर । मोरङको बेलवारी नगरपालिका–९ डाँगा बजारमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय जय बहादुर खत्री छन् । गएराती १० बजे खत्रीले आफ्नै बुबा ८० बर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेका हुन् । मादक पदार्थ सेवन गरेर आएका जय बहादुरले घरायशी बिषयमा विवादका क्रममा घाँटी थिच्दा घटनास्थलमै दल बहादुरको मृत्यु भएको थियो । घटनाको जानकारी पाएपछि ईला...
८० वर्षपछि पहिलो पटक जनसंख्या घट्यो

८० वर्षपछि पहिलो पटक जनसंख्या घट्यो

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलो पटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यस पटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । अघिल्लो जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थि...
धनकुटाको करदाता सेवा कार्यालयमा सनराइज बैंकको विस्तारित काउन्टर

धनकुटाको करदाता सेवा कार्यालयमा सनराइज बैंकको विस्तारित काउन्टर

धनकुटा । सनराइज बैंक लिमिटेडले धनकुटा नगरपालिका–५ स्थित करदाता सेवा कार्यालयमा विस्तारित काउन्टर राखेर बैंकिङ्ग सेवा प्रदान गर्न थालेको छ । सन्राइज बैंकले कर कार्यालयको प्रांगणमा आफ्नो १३ औं विस्तारित काउन्टर राखेर सेवा प्रदान गर्न थालेको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले एक कार्यक्रमकाबीच काउन्टर उद्घाटन गरेका छन् । कार्यक्रममा सनराइज बैंकका १ नं. प्रदेश प्रमुख व...
धनकुटामा मोटरसाइकल र स्कुटर जुध्दा दुई जना घाइते

धनकुटामा मोटरसाइकल र स्कुटर जुध्दा दुई जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–६ पात्ले खोला नजिक आज साँझ मोटरसाइकल र स्कुटर आपसमा जुध्दा दुई जना घाइते भएका छन् । धरानबाट धनकुटातर्फ आउँदै गरेको प्र.१०२०४४ प १८२० नम्बरको स्कुटर र विपरित दिसावाट जाँदै गरेको प्र.१०२०४१ प ८४४९ नम्बरको मोटरसाइकल साँझ करिब ७ बजे आपसमा जुधेका हुन् । दुर्घटनामा परी मोटरसाइकलमा सवार धनकुटा नगरपालिका–७ का २२ बर्षीय सोवित राई र स्कुटरमा सवार पाख्रीवास नगरपालिका–७ की २४ बर्ष...
स्थानीय तह निर्वाचन : सरकार र निर्वाचन आयोगबीच द्वन्द्व बढ्ने संकेत

स्थानीय तह निर्वाचन : सरकार र निर्वाचन आयोगबीच द्वन्द्व बढ्ने संकेत

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन गराउने प्रमुख संवैधानिक निकाय निर्वाचन आयोग र सरकारबीच द्वन्द्व सिर्जना हुने देखिएको छ । सरकार र आयोग दुवै पक्षको सहकार्य र समन्वयमा मात्रै निर्वाचन सम्पन्न हुन सक्छ तर स्थानीय तह निर्वाचनको विषयलाई लिएर आयोग र सरकारबीच सहकार्य र समन्वयभन्दा पनि द्वन्द्व र वैमनस्यता बढ्ने देखिएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूसँगको छलफलकै आधारमा स्थानीय तहको...
सहिदभूमिका वडा सदस्यले दिए स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर

सहिदभूमिका वडा सदस्यले दिए स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर

धनकुटा । सहिदभूमि गाउँपालिका वडा नं.–१, का वडा सदस्य बलराम राईले छिन्ताङ्ग धाप स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर प्रदान गरेका छन् । वडा सदस्य राईले स्व.श्रीमती नेत्रसरीको नामबाट स्वास्थ्य चौकीलाई सिलिण्डर प्रदान गरेका हुन् । उनले स्वास्थ्य चौकीका प्रमुख सुमित रामलाई सिलिण्डर हस्तान्तरण गरेका छन् । आपतकालिन समयमा अक्सिजन आवश्यक पर्ने बिरामीहरुलाई सहजताका लागि अक्सिजन सिलिण्डर प्रदान गरेको वडा स...
error: Content is protected !!