संगालोखबर संवाददाता

काठमाडौं। मंगलबार एकै दिन तोलामा एक हजार रुपैयाँ महंगिएको सुनको भाउ आज भने तोलामा २ सय रुपैयाँ सस्तो भएको छ ।

Advertisement

अघिल्लो दिन सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोवार भइहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

महासंघका अनुसार मंगलबार सुनको भाउ नेपाली बजारमा ५६ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

सोमबार ५५ हजार ५ सयमा कारोवार भएको सुनको भाउ एकैदिन एक हजार रुपैयाँ बढेको थियो ।

आज बजारमा चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement