सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन

सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन

काठमाडौ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा असन्तुष्ट दलको सहभागिता सुनिश्चित गर्न सत्ता पक्षीय गठबन्धन र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच आज भएको वार्ता पनि बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको दुबै पक्षका शीर्ष नेताको बैठकमा सरकारले राजपा नेपाललाई तत्काल निर्वाचनमा सहभागी बनाउन आवश्यक कानुनको संशोधन गर्ने वचनबद्धता प्रकट गरेको छ । ...
आँप कुहिएर झर्न थालेपछि किसान चिन्तित

आँप कुहिएर झर्न थालेपछि किसान चिन्तित

पाल्पा। आँप कुहिएर झर्न थालेपछि यहाँका किसान चिन्तित छन् । स्थानीय रम्भा गाउँपालिका–१ हुँगीका किसान यसपालि राम्रो फल लाग्ने आशामा रहे पनि आँप झरेर भुइँभरि झर्न थालेपछि किसान समस्यामा परेका हुन् । आँप खेतीका लागि उपयुक्त रहेको हुँगीमा बोटमै रहेको आँपको बीच भाग फुटेर किरा लाग्ने र झर्ने गर्न थालेपछि किसान मर्कामा परेका हुन् । यहाँका २०० भन्दा बढी घरपरिवारले आँप खेती गर्दै आएका छन् । रम्भा गाउँप...
व्यवसायी श्रेष्ठको रिहाइको माग

व्यवसायी श्रेष्ठको रिहाइको माग

दाङ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले शुक्रबार अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको सकुशल रिहाइको माग गरेको छ । सङ्घका अध्यक्ष विमल रिजालले यथाशक्य रिहाइका लागि अपिल एवम् सुरक्षा निकायलाई खोजीकार्यका लागि अनुरोध गर्नुभएको छ । साथै उहाँले व्यावसायिक सुरक्षामा गम्भीर बन्न प्रहरी प्रशासनसँग अनुरोध पनि गर्नुभएको छ । अध्यक्ष रिजालले सत्य तथ्य सूचना प्रहरीलाई उपलब्ध गराई ...
भारतमा भएको सडक दुर्घटनामा १९ को मृत्यु

भारतमा भएको सडक दुर्घटनामा १९ को मृत्यु

नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ । मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुख आदित्य शुक्लाले सञ्चारकर्मीलाई बताउनुभएको छ । यस घटनामा ज्यान गुमाएका मध्ये नौ जना एउटै परिवारका भएको बताइएको छ । उनीहरु...
राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन हुने

राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन हुने

काठमाडौ । सरकारले आगामी असार २४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सबै दललाई सहभागी बनाउन राजनीतिक दल दर्तासम्बन्धी ऐन, २०७३ संशोधन गर्न तयारी थालेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनमा सहभागी गराउन यससम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गर्ने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी यही जेठ ३० गते स्विट्...
ग्रामीण महिला तरकारी खेतीबाट आत्मनिर्भर

ग्रामीण महिला तरकारी खेतीबाट आत्मनिर्भर

बेनी (म्याग्दी)। तीन वर्षअघिसम्म आफूलाई आवश्यक पर्ने रु दुई÷चार सयका लागि श्रीमान् वा माइतीको भर पर्नुपर्ने बेनी नगरपालिका–४ सिङ्गाकी सीता परियारलाई अहिले रु आठ–दश हजारका लागि कसैसँग हात थाप्न नपर्ने भएको छ । पहिले चुरा पोते किन्न र बजार वा आफन्तकहाँ जान श्रीमान्सँग पैसा माग्ने गर्नुभएकी उहाँले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेपछि आफँैले श्रीमान्लाई पैसा दिने गर्न थाल्नुभएको छ । “व्यावसा...
दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा

दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा

इटहरी । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । नेपाली काँग्रेस– ३ नम्बर क्षेत्रीय समितिले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेसबाट दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ वटै वडाका अध्यक्षको उम्मेदवारी घोषणासहित नामावली सार्वजनिक गरेको हो । दुहवी नगरपालिकाका प्रमुखमा गौरीशङ्कर र...
डेढ वर्ष जेल बसेपछि निर्दोष ठहर

डेढ वर्ष जेल बसेपछि निर्दोष ठहर

धनकुटा। जिल्ला कारागार धनकुटामा डेढबर्ष थुनामा बसेपछि निर्दोश सावित भएर पाँच जना थुनुवा जेल मुक्त भएका छन । धनकुटाको फलाटेको एक घरमा लुटपाट गरेको अभियोगमा पक्राउ परी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाईएका तीन पुरुष र दुई महिला १८ महिना कारागारमा बसेपछि निर्दोश साबित भएका हुन । निर्दोश ठहरिएर थुनामुक्त हुनेमा धनकुटाको पाख्रीवास–११ का मोहन बस्नेत, सोही स्थानका मोहन कार्की, ईलाम नयाँ बजार–९ क...
बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान

बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान

चितवन। दुर्लभ वन्यजन्तु पाटेबाघका लागि राम्रो बास्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ । सन् २०१३ मा गरिएको गणनामा यो निकुञ्जमा एक सय २० वटा वयस्क बाघ रहेका थिए । सो अवधिमा देशभर यो सङ्ख्या १९८ रहेको थियो । चितवनबाहेक बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँकेमा पाटेबाघ पाइन्छ । चितवन राष्ट्रिय निकुञ्जभित्र १५ दिनदेखि क्यामरा ¥यापिङ गरेर बाघको अनुगमन...
ट्युबेलको पानीले यसरी नुहायो हात्ती ! तस्वीर हेर्नुहोस्

ट्युबेलको पानीले यसरी नुहायो हात्ती ! तस्वीर हेर्नुहोस्

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको बाबा ताल छेउमा ट्युबेलको पानीले नुहाउँदै हात्ती । तस्वीर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस
झापामा एउटै सहकारीका २८ जना उम्मेदवार

झापामा एउटै सहकारीका २८ जना उम्मेदवार

दमक। झापाको दमकस्थित मेची सहकारी संस्थाका २८ सदस्यले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । संस्थामा आबद्ध सञ्चालक समिति तथा सेयर सदस्य विभिन्न पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका हुन् । एकै सहकारी संस्थाबाट यतिका सङ्ख्यामा उम्मेदवार बनेको यो देशकै पहिलो हुन सक्ने सहकारीको दाबी छ । संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेका अनुसार नेकपा (एमाले)का तर्फबाट दमक...
नेपाली काँग्रेस बाँके शाखाद्वारा उम्मेदवारको टुङ्गो

नेपाली काँग्रेस बाँके शाखाद्वारा उम्मेदवारको टुङ्गो

खजुरा (बाँके) । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको छ । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा सुरेशकुमार कनोडिया र उपप्रमुखमा उमा थापामगरलाई उम्मेदवार बनाइएको पार्टीका जिल्ला सभापति किरण कोइरालाले बताउनुभयो । कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सञ्जु चौधरीलाई उम्मेदवार तोकिएको छ । यसैगरी, पाँचवटै गाउँपालिकाको उ...
अत्याधुनिक कभर्डहलको निर्माण सम्पन्न

अत्याधुनिक कभर्डहलको निर्माण सम्पन्न

पर्वत (फलेवास) । पर्वतमा अत्याधुनिक ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ । पर्वत ब्याडमिन्टन सङ्घको पहलमा रु ५१ लाखको लागतमा उक्त कभर्डहल निर्माण भएको हो । यसअघि विभिन्न खुला चौरमा निर्माण गरिएका कोर्ट र पार्टी प्यालेसलगायतका स्थानमा खेल्दै आएका ब्याडमिन्टन खेलाडी अव भने कभर्डहलमा खेल्न पाउने भएका छन् । करिब ६ महिनामा उक्त कभर्डहलको निर्माण कार्य सम्पन्न भएको हो । कभर्डहल निर्माणका लागि ब...
बैतडीमा चार सय ६४ जनप्रतिनिधि निर्वाचित हुने

बैतडीमा चार सय ६४ जनप्रतिनिधि निर्वाचित हुने

बैतडी । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित हुने छ । बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी कुल १० स्थानीय तह रहेको छ । तीमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । यसैगरी पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा ५५÷५५ जना तथा मेलौली नगरपालिकामा ५० जना जनप्रतिनिधि निर्वा...
कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

दाङ । दाङ कारागारमा रहेका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ । राप्ती आँखा अस्पताल रक्षाचौर दाङको सहयोगमा शनिवार आयोजना गरिएको आँखा परीक्षणमा २० जना महिलासहित एक सय २७ जना कैदीबन्दीले आँखा परीक्षण गराएको अस्पतालका अधिकृत शालिकराम गौतमले जानकारी दिनुभयो । कैदीबन्दीलाई अस्पतालसम्म लैजान कठिनाई हुने भएकाले सहजताका लागि कारागारभित्रै आँखा परीक्षण कार्यक्रम आयोजना गरिएको कारागार प्रशासन...
मोरङ–सुनसरीमा १८ करोडमा जनता आवास

मोरङ–सुनसरीमा १८ करोडमा जनता आवास

पथरी (मोरङ) । मोरङको डाइनियाको प्रगति टोलका २४ वर्षीय ललन सरदार निकै मख्ख हुनुहुन्छ । सरदार नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि मख्ख हुनुभएको हो । डाइनियामात्रै होइन रङ्गेली नगरपालिकाको आँपगाछीका बाँतर समुदायका मानिस पनि निकै मख्ख हुनुहुन्छ । आँपगाछीका बलीतलाल बाँतर सरकारले नयाँ घर बनाउन पैसा दिन थालेपछि मख्ख हुनुहुन्छ । उहाँले भन्नुभयो – “हामी गरिब छौँ, तर सरकारले घर बनाउन पैसो दिन थाले...
दमकमा बालिका हत्या थप रहस्यमय बन्दै, पुरिएको नगद भेटियो

दमकमा बालिका हत्या थप रहस्यमय बन्दै, पुरिएको नगद भेटियो

सुरुङ्गा (झापा) । दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो । “के कारणले बालिकाको हत्या भएको हो सो विषयमा हामी अनुसन्धान गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक राजन लिम्बूले भन्नुभयो – “हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्...
गैँडाले हानेर एक गम्भीर

गैँडाले हानेर एक गम्भीर

रत्ननगर (चितवन)। पश्चिम चितवनको दिव्यनगर र मेघौलीको सिमाना क्षेत्रमा आज गैँडाले हानेर एक पुरुष गम्भीर घाइते भएका छन् । स्थानीय राधाकृष्ण सामुदायिक वनमा घाँस काट्न गएका बेला बिहान ८ बजे गैँडाले हानेर ४५ वर्षीय झक्की भण्डारी क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । गैँडाले हानेर भरतपुर महानगरपालिका वडा नं २७ का भण्डारीको छाती, हातखुट्टा र तिघ्रामा गम्भीर चोट लागे...
दुर्घटनामा परी १० घाइते

दुर्घटनामा परी १० घाइते

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर छ । काठमाडौँबाट कपिलवस्तु हिँडेको लु १ ख ७०४६ नंको बसले सोही दिशाबाट आउँदै गरेको ना ६ प १०९५ नंको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी बसमा सवार १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा रुप...
साँगुरीगढीमा चारदलको चुनावी तालमेल, अध्यक्षमा जितेन्द्र

साँगुरीगढीमा चारदलको चुनावी तालमेल, अध्यक्षमा जितेन्द्र

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिकामा चार राजनीतिक दलले चुनावी तालमेल गरी संयुक्त उम्मेदवार घोषणा गरेका छन् । डाडाबजारमा कार्यक्रम गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघिय समाजवादी फोरम र संघिय लिम्वुवान मञ्चले संयुक्त रुपमा उम्मेदवार घोषणा गरेका हुन् । उनीहरुले साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका १ नम्बर क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली राईलाई उम्मेदवार घोषणा गरेका छन । त...
धनकुटाका सामुदायिक बिद्यालयलाई प्राथमिक उपचार सामग्री वितरण

धनकुटाका सामुदायिक बिद्यालयलाई प्राथमिक उपचार सामग्री वितरण

धनकुटा । धनकुटा नगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयलाई प्राथमिक उपचार सामग्री वितरण गरिएको छ । धनकुटा नगरपालिकाले बालवालिका लक्षित कार्यक्रम अन्र्तगत विद्यालयलाई प्राथमिक उपचार सामग्री वितरण गरेको हो । नगरपालिका क्षेत्र भित्र सञ्चालित २२ वटा सामुदायिक विद्यालयलाई प्राथमिक उपचारका सामग्री वितरण गरिएको धनकुटा नगरपालिकाका प्रवन्धक एवं सुचना अधिकारी नुषराज श्रेष्ठले बताए । विद्यालययका शिक्ष...
२०७४ जेठ २८ गते आइतबारको राशिफल

२०७४ जेठ २८ गते आइतबारको राशिफल

मेष– काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छm, रुपैयापैसाको लेनदेन पनि खासै राम्रो छैन । वृष– काम बन्नाले सुखको अनुभव हुन्छ । पठन–पाठनमा मन जानेछ, घरायसी काममै दिन जाने देखिन्छ । मिथुन– नया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बडने देखिन्छ, आर्थिक लाभ पनि होला । कर्कट– पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला । सिंह– स...
एचआइभी उपचार लिइरहेकाको डाटा लिने कार्य सम्पन्न

एचआइभी उपचार लिइरहेकाको डाटा लिने कार्य सम्पन्न

बुटवल। लुम्बिनी अञ्चल अस्पताल बुटवलको एआरटी (एन्टिरेट्रोभाइरल ट्रिटमेन्ट) केन्द्रबाट एचआइभी उपचार सेवा लिइरहेका १०१४ जनाको भौतिक डाटा अडिट गर्ने कार्य सम्पन्न भएको छ । लुम्बिनी अञ्चल अस्पताल र एएचएफ नेपालको संयुक्त आयोजनामा एचआइभी उपचाररत बिरामीको भौतिक डाटा अडिट कार्य सम्पन्न भएको हो । एचआइभी बिरामीको भौतिक डाटा अडिट गर्ने गर्दा नियमित उपचार सेवामा रहेका सङ्क्रमितमध्ये १७ जनाको अवस्था हाल...
इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने

इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने

इलाम। दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाका ४८ घन्टा बन्द गरिने भएको छ । सुरक्षालाई ध्यानमा राखेर ४८ घन्टा सीमा बन्द गरिने जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । भारतसँग सीमा जोडिएका पूर्वका सीमा नाका दुई दिन बन्द गरिनेछ । निर्वाचनको समयमा सीमा क्षेत्रबाट कुनै पनि अप्रिय घटना नहोस् भनेर निर्वाच...
झापामा राजनीतिक दलको घरदैलो अभियान तीव्र

झापामा राजनीतिक दलको घरदैलो अभियान तीव्र

बनियानी (झापा) । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुन अब १६ दिनमात्र बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै यहाँका क्रियाशील विभिन्न राजनीतिक दलले आआफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गर्ने र मतदाता घरदैलो अभियानलाई तिब्रता दिएको छ । विकास निर्माणलाई नै मुख्य एजेण्डा बनाएर उनीहरु लिखित रुपमै प्रतिबद्धता जाहेर गर्दै मत माग्न घरदैलोमा जान थालेका छन् । मतदाताले पनि भोट माग्न आउने उम्मेद्वारसँग ...
वैद्य र चन्दलाई पार्टी एकतामा आउन अध्यक्ष दाहालको आग्रह

वैद्य र चन्दलाई पार्टी एकतामा आउन अध्यक्ष दाहालको आग्रह

काठमाडौ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत र सङ्गठित बनाउन आफ्नो पार्टीले विशेष पहल गरिरहेको बताउनुभएको छ । आफ्नो निवास लाजिम्पाटमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न समूहमा रहेका कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “अब कुनै पनि ...
मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरे निर्वाचन हुन सक्दैन : महतो

मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरे निर्वाचन हुन सक्दैन : महतो

    राजविराज । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । प्रेस मञ्च नेपालद्वारा आज सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले मधेस आन्दोलनको क्रममा मधेसमा सहिद भएका मधेसी कार्यकर्ता र घाइते भएकाको सपना पूरा गराउन मधेसवादी नेताले त्यसको त्याग र बलिदान...
कमला नहर सिँचाइ निर्माण कार्य सुरु

कमला नहर सिँचाइ निर्माण कार्य सुरु

सिरहा। लामो समयदेखि लथालिङग भएको कमला नहर सिँचाइ योजना निर्माणकार्य दू्रतगतिमा अगाडि बढाइएको छ । सरकारको ढिलासुस्ती र बजेट अभावका कारण २०१७ सालमा तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिँहले शिलान्यास गर्नुभएको कमला नहर उपेक्षित भएको थियो । सिरहाको ४० गाविस र धनुषाका ३६ गाविसमा सिँचाइ गर्ने सरकारी लक्ष्य बजेट अभावका कारण नहर व्यवस्थापन र निर्माण कार्य पूरा नभएको स्थानीय बासिन्दाको भनाइ छ । कमला...
गोसाइँकुण्डमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटना

गोसाइँकुण्डमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटना

रसुवा । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौँबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ । छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ । हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन् । हेलिकप्टर मर्मत गरी काठमाडौँ लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक ...
धनकुटाको रुद्रवारीमा जन्ती बोकेको गाडी दुर्घटना

धनकुटाको रुद्रवारीमा जन्ती बोकेको गाडी दुर्घटना

धनकुटा। धनकुटाको रुद्रवारी नजिक आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन । तेह्रथुमको म्याङलुङ्गबाट जन्ती लिएर झापाको दमक जाँदै गरेको को.१.ज २७९१ नम्बरको बोलेरो जिप बिहान करिव साँढे ८ बजे धनकुटा नगरपालिका–९ रुद्रवारी नजिक खुरिलामा दुर्घटना भएको हो । दुर्घटनामा परी गंभीर घाईते भएका तेह्रथुम म्याङलुङ्गका ४५ बर्षीय नन्दलाल खत्री र ३० बर्षीय सन्तोष बस्नेतलाई उपचारका लागि धरान स...
पाँचथरमा ढुङ्गाले हानेर छिमेकीको हत्या

पाँचथरमा ढुङ्गाले हानेर छिमेकीको हत्या

पाँचथर। फिदिम–१२ भोटेगाउँका ४० वर्षीय मिङ्मा शेर्पाको आफ्नै छिमेकी युमा शेर्पाले हानेको ढुङ्गाले लागेर मृत्यु भएको छ । शुक्रबार साँझ छिमेकीको घरमा मादकपदार्थ सेवन गरेर बसिरहेका बखत आपसी विवाद हुँदा युमाले मिङ्मालाई ढुङ्गाले हानेको प्रहरीले जनाएको छ । टाउकामा ढुङ्गा लागेका मिङ्मालाई उपचारार्थ पाँचथर अस्पताल ल्याउने क्रममा आज बिहान केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना ...
error: Content is protected !!