संगालोखबर संवाददाता

पोखरा।  जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आर्थिक वर्ष २०७४÷७५ को साउन महिनामा सवारी नियम उल्लङ्घन र मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाही गरी रु २७ लाख ७४ हजार राजश्व संकलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक शिवबहादुर थापाका अनुसार सो अवधिमा मोटरसाइकल, कार–जिप–बस र अन्य गरी तीन हजार ७५० सवारीसाधनका चालक कारबाहीमा परेका थिए ।

Advertisement

सो अवधिमा सवारीसाधन दुर्घटनामा कमी आएको उहाँले बताउनुभयो । साउनमा नौवटा सवारीसाधन दुर्घटना भएकामा चार जनाको मृत्यु भएको थियो । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement