संगालोखबर संवाददाता

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन तोलामा दुई सय रुपैयाँ घटेको सुनको भाउ आज फेरी ३ सय रुपैयाँ सस्तो भएको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै, तेजावी सुन तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । आज चाँदी पनि तोलाको ७ सय ६५ रुपैयाँमा कारोवार भइरहेको जनाइएको छ ।

मंगलबार एकै दिन तोलामा एक हजार रुपैयाँ महंगिएको सुनको भाउ बुधबार भने तोलामा २ सय रुपैयाँ सस्तो भएर प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

मंगलबार सुनको भाउ नेपाली बजारमा ५६ हजार ५ सय रुपैयाँ पुगेको थियो । सोमबार ५५ हजार ५ सयमा कारोवार भएको सुनको भाउ एकैदिन एक हजार रुपैयाँ बढेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement