काठमाडौंमा ठूलो परिमाणमा लागुऔषसहित साह पक्राउ
काठमाडौँ, ८ चैत । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ठूलो परिमाणमा लागुऔषधसहित एकजनालाई आज पक्राउ गरेको छ ।
प्रभागबाट खटिएको टोलीले बिहान विराटगरबाट काठमाडौँ आउँदै गरेको ना७ख ६३४२ नंको यात्रुवाहक बस चेकजाँच गर्दा विराटनगरका २५ वर्षीय अमितकुमार साहलाई पक्राउ गरेको हो ।
प्रभागका प्रमुख केशवराज भट्टले साहबाट ५०० एम्पुल नुर्फिन, ५०० एम्पुल फेनार्गन, ५०० एम्पुल डाइजेल्याव र २८० ट्याब्लेट नाइट्राज...






























