काठमाडौँ, ८ चैत । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ठूलो परिमाणमा लागुऔषधसहित एकजनालाई आज पक्राउ गरेको छ ।

प्रभागबाट खटिएको टोलीले बिहान विराटगरबाट काठमाडौँ आउँदै गरेको ना७ख ६३४२ नंको यात्रुवाहक बस चेकजाँच गर्दा विराटनगरका २५ वर्षीय अमितकुमार साहलाई पक्राउ गरेको हो ।

Advertisement

प्रभागका प्रमुख केशवराज भट्टले साहबाट ५०० एम्पुल नुर्फिन, ५०० एम्पुल फेनार्गन, ५०० एम्पुल डाइजेल्याव र २८० ट्याब्लेट नाइट्राजेपाम वरामद गरेको जानकारी दिनुभयो । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!