हेटौँडा, ८ चैत । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले प्रदेश नं ३ का सरकारको नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई आज यहाँ एक कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन् ।

सो शपथ ग्रहण समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

Advertisement

मुख्यमन्त्री पौडेलले ६८ वर्षीय कानून व्यवसायी सूर्यचन्द्र न्यौपानेलाई गत फागुन २३ गते प्रदेश सभाको मुख्य न्यायधिवक्तामा नियुक्तिगर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!