धनकुटा, ७ चैत्र । धनकुटामा पूर्वका पाँच जिल्लाका पत्रकारलाई सुशासन र भ्रष्ट्राचार सम्बन्धि समाचार लेखन तालिम दिईएको छ । धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर र सुनसरीका पत्रकारलाई स्थानीय सरकारको अधिकार, सुशासन र भ्रष्ट्राचार सम्बन्धि विषयमा समाचार संकलन एवं लेखन तालिम दिईएको हो ।
तालिममा राज्य पुन संरचना आयोगका पूर्वअध्यक्ष वालान्नद पौडेलले संघ, प्रदेश तथा स्थानीय तहको अधिकार क्षेत्रसहित संबैधानिक विषय र यसमा पत्रकारले खेल्नुपर्ने भूमिकाको वारेमा जानकारी गराए ।
पत्रकार विमल गौतमले भ्रष्टाचाको समाचार संकलनमा आफ्नो अनुभव सुनाउँदै तरिका सिकाए भने संसदीय मामिला पत्रकार समाजका अध्यक्ष राजेन्द्र फुयालले संसदीय पत्रकारिताको वारेमा जानकारी गराए ।
यता प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जिल्लाको सुशासनको अवस्थाका वारेमा र पत्रकार महसंघका बरिष्ठ उपाध्यक्ष नगेन्द्र राईले खोज पत्रकारिता सम्वन्धि सिप सिकाए । तालिममा सहभागि तेह्रथुमका पत्रकार प्रकाश धौलाकोटीले समाचार लेखनमा तालिमबाट थप क्षमता विकास भएको प्रतिक्रिया दिए ।
तालिम समापनमा विकास सञ्चार समाजको तर्फवाट संयोजक प्रकाश घिमिरेले पत्रकार महासंघ धनकुटाको पत्रकार कल्याणकारी कोषको सहयोगार्थ बरिष्ठ उपाध्यक्ष राईलाई ३ हजार रकम हस्तान्तरण गरेका छन् ।
गभर्नेन्स फेसिलिटीको सहयोगमा विकास संचार समाज नेपाल तथा सेन्टर फर मिडिया फ्रिडमले आयोजना गरेको दुई दिने तालिममा १६ जना पत्रकारलाई प्रशिक्षण दिईएको तालिमका संयोजनकर्ता खगेन्द्र घिमिरेले जानकारी दिएका छन् ।