काठमाडौं, ८ चैत । बिहीबारबाट रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको आवेदन खुलेको छ ।

कोरियामा रोजगारीका लागि जान चाहनेहरुले भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था छ । तर, बैंकमा पैसा जम्मा गर्ने आवेदनकर्ताको भने लामो लाइन लागेको छ ।

Advertisement

आवेदन भर्दा २४ डलर शुल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउन सकिन्छ । त्यसैले ग्लोबल आईएमई बैंकका शाखाहरुमा बैंक खुल्नुभन्दा अघिदेखि नै लामो लाइन लागेको देखिन्थ्यो ।

राजधानीमा ईपीएस परीक्षाको आवेदन फारम भर्नेको भीड । तस्वीर: विनोद बिष्ट/संगालोखबर

वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाका अनुसार फारम भर्ने म्याद चैत १७ गतेसम्म छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले भाषा परीक्षाको आवेदन दिन सक्नेछन् ।

भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।

यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!