नवलपरासी, ८ चैत । पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्नका लागि भारत लैजान लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताकावासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय धु्रव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात वर्षीया छोरी नब्या कलवारलाई ललाइफकाइ भारततर्फ लैजान लागेको अवस्थामा स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन् ।

Advertisement

पक्राउ परेका हरिजन बालिकाको घरमा दिनहुँजसो मदिरा सेवनका लागि आउने गर्थे । मदिरा सेवनका नाममा दिनहुँ बालिकाको घरमा आएर चिनजान बढाएपछि मामाघर लैजाने भन्दै मिठाइ दिएर साइकलमा राखेर भारततर्फ लैजान लागेको बालिकाका अभिभावकको आरोप छ ।

बालिका घरमा नदेखिएपछि खोजतलास गर्दा घरपरिवार र गाउँलेले खोजी गरेका थिए । आवतजावत गर्ने यात्रीहरुको उपस्थिति नदेखेपछि बालिकालाई त्रास देखाउँदै आफ्नो गाउँतर्फ लैजानेक्रममा स्थानीयवासीले फेला पारेर प्रहरीलाई बुझाएका थिए ।

आरोपित हरिजनलाई इलाका प्रहरी कार्यालयमा बेलाटारीमा राखेर छानवीन थालिएको बेलटारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवसिंह थापाले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!